• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
मङ्गलबार, साउन १२, २०८३
☰
मङ्गलबार, साउन १२, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

सरकार–डा. गोविन्द केसीबीच ७ बुँदे सहमति, केसीद्वारा सत्याग्रह अन्त्य
  • १ दिन 

डा. केसी र सरकारबिचको ७ बुँदे सहमतिपत्रमा के छ ? (पत्रसहित)
  • १ दिन 

गेटामा यसै वर्ष एमबीबीएस सुरु नभए म अनशन बस्छु’ : मेयर हमाल
  • २ दिन 

सरकारद्वारा शिक्षा र स्वाथ्यमा लगाएको कर फिर्ता
  • १ हप्ता 

बेलौरीमा चार विद्यालय समायोजन
  • २ हप्ता 

भानु जयन्तीको अवसरमा चैतन्यद्वारा कविता वाचन प्रतियोगिता आयोजना
  • २ हप्ता 

शुक्लाफाँटाको दश वर्षे नगर शिक्षा योजना : मस्यौदामाथि छलफल
  • ४ हप्ता 

अत्यधिक गर्मीका कारण धनगढीका सबै विद्यालय ४ दिन बन्द हुने
  • १ महिना 

कक्षा १२ को नतिजा सार्वजनिक
  • १ महिना 

लोकप्रिय समाचार

  • १. गेटामा यसै शैक्षिक सत्रबाट एमबीबीएस पढाइ सुरु हुनुपर्छ : नगरप्रमुख हमाल

  • २. नगर प्रमुख हमालको नेतृत्वमा शहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा सरसफाइ

  • ३. सुदूरपश्चिममा एक महिनामा लागूऔषधसहित १७४ जना पक्राउ

  • ४. स्थगित भएको ‘कोरा धनगढी २०२६’, अब साउन ९ गते हुने

  • ५. धनगढीमा आजदेखि भूमि प्रशासन सेवा उपमहानगरपालिकाबाटै

  • ६. विश्वविद्यालय परिसर वरिपरि सरसफाई

  • ७. धर्म मन्दिरमा होइन, निस्वार्थ सेवामा छ’ सरसफाइ अभियानकर्ता खड्का

  • ८. कैलालीमा एक वर्षमा ५ सय ५८ नयाँ उद्योग थपिए

  • ९. २० रुपैयाँमै भरपेट शाकाहारी भोजन

  • १०. एक महिनामा ११० जना फरार प्रतिवादी पक्राउ

डोटीमा रोकिएन असुरक्षित गर्भपतन, ५१ जना २० वर्षमुनिका

  •   बिहिबार, साउन ०५, २०७९ मा प्रकाशित

डोटी– डोटीको आदर्श गाउँपालिकाकी मन्धरी (नाम परिवर्तन) केही दिनअघि डोटी जिल्ला अस्पतालमा पुगिन् । उनले आफूले गर्भपतन गराउने औषधि सेवन गरेको तर रक्तश्राव नरोकिएको समस्या सुनाइन् । अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा निरञ्जन श्रेष्ठले उनलाई चेकजाँच गर्दा उनको शरीरमा होमोग्लोविनको मात्रा धेरै कम भएको पाइयो । ‘उहाँलाई तत्काल रगत दिनु पर्ने भयो । रक्तदाता कोही नपाईएपछि हामी स्वास्थ्यकर्मी आफैले रगत दियौं’ श्रेष्ठले आफ्नो अनुभव सुनाए । उनले महिलाको बच्चा पूर्ण रुपमा नखसेको कारण समस्या भएको बताए ।

उनले औषधि पसलबाट औषधि किनेर खाएकी थिइन् । जब उनलाई समस्या पर्‍यो उनी अस्पताल आइन् । मन्धरी मात्रै हैन यस्ता धेरै महिलाहरु अस्पताल आउने गरेको डा श्रेष्ठ बताउँछन् । प्रजनन् उमेरका महिलाहरुलाई उचित चेतना र परामर्श नभएका कारण असुरक्षित गर्भपतन हुने गरेको उनको बुझाइ छ । सुरक्षित मातृत्व तथा प्रजनन् स्वास्थ्य अधिकार ऐन, २०७५ अनुसार गर्भवती महिलाले चाहेमा १२ हप्तासम्मको गर्भ सुरक्षित रुपमा गर्भपन गराउन पाउने व्यवस्था छ । त्यसका लागि डोटी जिल्लामा २१ वटा स्वास्थ्य संस्थाहरू सूचीकृत रहेका र तालिम प्राप्त स्वास्थ्यकर्मीहरू पनि रहेका स्वास्थ्य कार्यालय डोटीका प्रमुख डिल्लीरमण जोशी बताउँछन् ।

जिल्ला अस्पताल डोटीलाई १२ हप्तासम्मको गर्भ पतन गराउने अधिकार छ भने अन्य स्वास्थ्य संस्थाहरूमा १० हप्तासम्मको गर्भपतन गराउने अधिकार रहेको छ । तर पनि असुरक्षित गर्भपतन रोकिएको छैन । ‘पहिलेको तुलनामा धेरै सुधार भएको छ, पहिलेको जस्तो परम्परगत हानिकारक अभ्यास गरेर गर्भपतन गराउँदैनन्’ स्वास्थ्य कार्यालय प्रमुख जोशी भन्छन् ‘तर अहिले पनि अवधि लुकाउने, बाहिरबाट औषधि किनेर खाने घटनाहरु छन् ।’ उनले स्वास्थ्यमा जटिल समस्या आएपछि मात्रै स्वास्थ्य संस्था आउने गरेको बताए ।

परिवार नियोजनका स्थायी र अस्थायी साधनहरूको बारेमा समुदायमा नकारात्मक धारणा रहेका कारण पनि असुरक्षित गर्भपतन गराउने गरेको जोशी बताउँछन् । उनी भन्छन्, ‘सुरक्षित यौन सम्पर्क गर्दैनन्, अनिच्छित गर्भ रहन्छ ।’ सुरक्षित गर्भपतन सेवा लिन लाज लागेपछि असुरक्षित उपाय अपनाउने गरेको जोशीले बताए ।

प्रजनन् स्वास्थ्यको बिषयमा महिलाहरूले अहिले पनि खुलेर कुरा गर्न नसकेका कारण यस्तो समस्या आइरहेको बताउँछिन् सुरक्षित गर्भपतन सेवाको क्षेत्रमा काम गरिरहेको संस्था सामुदायिक विकास मञ्चका कार्यक्रम संयोजक मधु पोखरेल । उनी भन्छिन्, ‘अहिले पनि गाउँतिर परिवार नियोजनका अस्थायी साधनहरूको विषयमा कुरा गर्दा लजाउने, कार्यक्रमबाटै भाग्ने गर्छन् ।’

उनले श्रीमान्लेसमेत महिलाहरूलाई अस्थायी साधनहरूको प्रयोग गर्न नदिएको बताइन् । उनी थप्छिन्, ‘विभिन्न निकायले चेतनामूलक कार्यक्रम सञ्चालन गर्दा बिगतको भन्दा अलि सहज भएका छ ।’ डोटीमा आर्थिक वर्ष २०७८/७९ को ११ महिनामा ८४३ जनाले सुरक्षित गर्भपतन सेवा लिएको स्वास्थ्य कार्यालय डोटीका सूचना अधिकारी महेश बोहराले जानकारी दिए । जिल्लाका सूचीकृत स्वास्थ्य संस्थाबाट उक्त संख्याले गर्भपतन सेवा लिएको बोहराले बताए । गर्भपतन गराउनेहरूमा ५१ जना २० वर्षमुनिका रहेका समेत बोहराले बताए ।

  • गर्भपतन
बिहिबार, साउन ०५, २०७९ मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
थारु समुदायले धनगढीमा ‘गुरही’ पर्व मनाउने
भदौ १७ गते ‘सुदूरपश्चिम गाईजात्रा सिजन-२’ हुने
लघुवित्त पीडितले माइतीघरमा सुरु गरे आमरण अनशन
विधि विज्ञान प्रयोगशालामा ल्याइने अधिकांश नमूना लागुऔषधका
सुनको मूल्य घट्यो
कैलालीमा एक वर्षमा ५ सय ५८ नयाँ उद्योग थपिए

समाचार

सबै

थारु समुदायले धनगढीमा ‘गुरही’ पर्व मनाउने

भदौ १७ गते ‘सुदूरपश्चिम गाईजात्रा सिजन-२’ हुने

लघुवित्त पीडितले माइतीघरमा सुरु गरे आमरण अनशन

विधि विज्ञान प्रयोगशालामा ल्याइने अधिकांश नमूना लागुऔषधका

थारु समुदायले धनगढीमा ‘गुरही’ पर्व मनाउने

भदौ १७ गते ‘सुदूरपश्चिम गाईजात्रा सिजन-२’ हुने

लघुवित्त पीडितले माइतीघरमा सुरु गरे आमरण अनशन

विधि विज्ञान प्रयोगशालामा ल्याइने अधिकांश नमूना लागुऔषधका

विशेष

सबै
सरकार–डा. गोविन्द केसीबीच ७ बुँदे सहमति, केसीद्वारा सत्याग्रह अन्त्य
  • १ दिन 

डा. केसी र सरकारबिचको ७ बुँदे सहमतिपत्रमा के छ ? (पत्रसहित)
  • १ दिन 

गेटामा यसै वर्ष एमबीबीएस सुरु नभए म अनशन बस्छु’ : मेयर हमाल
  • २ दिन 

सरकारद्वारा शिक्षा र स्वाथ्यमा लगाएको कर फिर्ता
  • १ हप्ता 

बेलौरीमा चार विद्यालय समायोजन
  • २ हप्ता 

भानु जयन्तीको अवसरमा चैतन्यद्वारा कविता वाचन प्रतियोगिता आयोजना
  • २ हप्ता 

शुक्लाफाँटाको दश वर्षे नगर शिक्षा योजना : मस्यौदामाथि छलफल
  • ४ हप्ता 

अत्यधिक गर्मीका कारण धनगढीका सबै विद्यालय ४ दिन बन्द हुने
  • १ महिना 

कक्षा १२ को नतिजा सार्वजनिक
  • १ महिना 

माछापुच्छ्रे बैंकद्वारा शैक्षिक सामग्री सहयोग
  • २ महिना 

  • १.
    गेटामा यसै शैक्षिक सत्रबाट एमबीबीएस पढाइ सुरु

  • २.
    नगर प्रमुख हमालको नेतृत्वमा शहिद दशरथ चन्द

  • ३.
    सुदूरपश्चिममा एक महिनामा लागूऔषधसहित १७४ जना पक्राउ

  • ४.
    स्थगित भएको ‘कोरा धनगढी २०२६’, अब साउन

  • ५.
    धनगढीमा आजदेखि भूमि प्रशासन सेवा उपमहानगरपालिकाबाटै

  • ६.
    विश्वविद्यालय परिसर वरिपरि सरसफाई

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

संचालक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.