• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
बुधबार, कार्तिक ११, २०८३
☰
बुधबार, कार्तिक ११, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै
  • १ दिन 

सहारा होटल म्यानेजमेन्ट र शैलेश्वरीका विद्यार्थीलाई स्वागत, पर्यटन क्षेत्रको व्यावहारिक अनुभव
  • २ हप्ता 

पत्रकार एवम् कथाकार यज्ञराज जोशीसहित दुई श्रष्टा सम्मानित
  • २ हप्ता 

हाम्रो सुदूरपश्चिम, हामी चिनाउँछौं’ अभियानअन्तर्गत २१ वटा बुकलेट विमोचन
  • २ हप्ता 

सीप सिकाउँदै साहरा ट्रेनिङ इन्स्टिच्युट,युवालाई आत्मनिर्भर बनाउने लक्ष्य
  • २ हप्ता 

धनगढीमा जेई खाेप अभियान :५९ हजार ३२५ जनाले लगाए खोप
  • ४ हप्ता 

‘समानता सिकाउने’ विद्यालयमै जातीय विभेदको आरोप, तीन शिक्षक पक्राउ
  • ४ हप्ता 

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • १ महिना 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • १ महिना 

लोकप्रिय समाचार

  • १. धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै

  • २. वाणिज्य कार्यालयद्वारा २ सय ८७ वटा व्यावसायिक फर्मको अनुगमन

  • ३. बझाङमा भिरबाट लडेर वडाध्यक्षको मृत्यु

  • ४. बडादसैँको तेस्रो दिन आज पनि टीका लगाउने क्रम जारी

  • ५. निङ्लासैनी देवी मन्दिरको १९औँ साधारण सभा सम्पन्न, पर्यटन गन्तव्य बनाउने प्रतिबद्धता

  • ६. एक महिनामा लागूऔषधसहित ४१ जना पक्राउ

  • ७. तिब्बतमा ७ म्याग्निच्यूडको भूकम्प : १६ जनाको मृत्यु

  • ८. लागूऔषध मुद्दाका फरार प्रतिवादी पक्राउ

  • ९. टिकटक लाइभबाट मासिक ६ लाखसम्म कमाइ

  • १०. आईसीसीको मान्यता र डीआरएससहित एनपीएल सिजन–३, टुर्नामेन्ट डाइरेक्टरको जिम्मेवारीमा धीरेन्द्र साउद

बैतडीमा स्वास्थ्य बीमामा सर्वसाधारणको पहुँच बढ्दै

  •   शुक्रबार, भदौ २२, २०८० मा प्रकाशित

बैतडी- बैतडीमा स्वास्थ्य बीमा गर्नेको सङ्ख्या बढ्दै गएको छ । स्वास्थ्य बीमाको फाइदाका बारेमा जानकारी प्राप्त भएपछि स्वास्थ्य बीमामा आकर्षण बढ्दै गएको हो । यहाँ सात वर्षको अवधिमा ३३ हजारभन्दा बढी परिवार स्वास्थ्य बीमामा आबद्ध भएका छन् । जिल्लामा विसं २०७३ देखि स्वास्थ्य बीमा कार्यक्रम सुरु भएकामा हालसम्म ३३ हजार दुई सय १७ परिवार आबद्ध भएका हुन् ।

स्वास्थ्य बीमा बोर्ड कार्यालय बैतडीका प्रमुख जमन बडालका अनुसार तीन हजार चार सय ८६ परिवारमात्रै शुल्क तिरेर कार्यक्रममा आबद्ध भएका छन् भने अन्य परिवारको निःशुल्क स्वास्थ्य बीमा गरिएको छ । उनले भने, “निःशुल्क स्वास्थ्य बीमा गरिनेमा ज्येष्ठ नागरिक, एचआइभी सङ्क्रमित, कुष्ठरोगी, अपाङ्गता भएका व्यक्ति, महिला स्वास्थ्य स्वयंसेविका रहेका छन् । उनीहरूको सरकारले नै बीमावापत लाग्ने शुल्क बोर्डलाई तिरिदिन्छ ।”

यस्तै २६ हजार सात सय ४० परिवार ज्येष्ठ नागरिक, (क) वर्गका अपाङ्गता भएका व्यक्ति एक हजार ४४ परिवार, तीन सय एक एचआइभी सङ्क्रमित, ५४ कुष्ठरोगी, एक सय २२ एमडीआर टिभी भएका र सात सय ३५ महिला स्वास्थ्य स्वयंसेविकाका परिवार स्वास्थ्य बीमामा आबद्ध रहेका छन् ।

स्वास्थ्य बीमामा आबद्ध हुन चाहने नागरिकले पाँच जनासम्मको परिवार सदस्यका लागि वार्षिक तीन हजार पाँच सय प्रिमियम तिर्नुपर्ने र त्योवापत एक लाख बराबरको उपचार निःशुल्क पाइने गरेको छ । पाँच जनाभन्दा बढी सदस्य भएको परिवारले प्रतिसदस्य सात सय ५० थप प्रिमियम बुझाउनुपर्ने र उनीहरूले थप २० हजारका दरले उपचार सुविधा पाउने गरेका बोर्डले जनाएको छ ।

स्वास्थ्य बीमामा आबद्ध भएका नागरिकले सूचीकृत स्वास्थ्य संस्थाबाट निःशुल्करूपमा उपचार सेवा पाउने गरेका छन् । बैतडीमा जिल्ला अस्पताल, प्राथमिक स्वास्थ्य केन्द्र पाटन र केशरपुर प्राथमिक स्वास्थ्य केन्द्र सूचीकृत स्वास्थ्य संस्थाका रूपमा रहेका छन् । यी संस्थामा उपचार हुन नसकेमा सिफारिस गरिएका अन्य अस्पतालमा पनि निःशुल्क उपचार हुने गरेको छ ।

गरिब नागरिकको स्वास्थ्य सेवामा पहुँच पुर्याउनका लागि सरकारले स्वास्थ्य बीमा कार्यक्रम सञ्चालनमा ल्याएको प्रमुख बडालले बताए । उनले भने, “सरकारको लक्ष्यअनुसार नै हामीले पनि यो कार्यक्रमलाई प्रभावकारीरूपमा अगाडि बढाइरहेका छौँ । यो आर्थिक वर्षभित्र लक्षित परिवार सबै आबद्ध गराउने योजना बनाएका छौँ ।”

स्थानीय नागरिकमा स्वास्थ्यप्रति भएको जनचेतनाको कमी, भौगोलिक कठिनाइका कारण स्वास्थ्य बीमा कार्यक्रम प्रभावकारीरूपमा अगाडि बढाउन कठिन भएको जनाएको छ । बैतडीमा विसं २०७३ फागुनदेखि स्वास्थ्य बीमाको सेवा सुरु भएको थियो । स्वास्थ्य बीमा कार्यक्रमका लागि यहाँका १० वटै स्थानीय तहमा गरेर हाल ८३ जना दर्ता सहयोगी परिचालित छन् ।

 

  • स्वास्थ्य बीमा
शुक्रबार, भदौ २२, २०८० मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
टीकापुर अस्पतालमा म्याद गुज्रिएका २४ रिएजेन्ट र १३ औषधी फेला
धनगढीको ‘गौशाला मोडल’ : सडकमा चौपाया घटे, किसानलाई राहत
काठ ओसारपसार मुद्दाका एक फरार प्रतिवादी पक्राउ
जबरजस्ती करणीको आरोपमा युवक पक्राउ
चरेशसहित दुई जना पक्राउ
Ambika Prasad Ghimire: A Dedicated Taekwondo Athlete from Nepal

समाचार

सबै

टीकापुर अस्पतालमा म्याद गुज्रिएका २४ रिएजेन्ट र १३ औषधी फेला

धनगढीको ‘गौशाला मोडल’ : सडकमा चौपाया घटे, किसानलाई राहत

काठ ओसारपसार मुद्दाका एक फरार प्रतिवादी पक्राउ

जबरजस्ती करणीको आरोपमा युवक पक्राउ

टीकापुर अस्पतालमा म्याद गुज्रिएका २४ रिएजेन्ट र १३ औषधी फेला

धनगढीको ‘गौशाला मोडल’ : सडकमा चौपाया घटे, किसानलाई राहत

काठ ओसारपसार मुद्दाका एक फरार प्रतिवादी पक्राउ

जबरजस्ती करणीको आरोपमा युवक पक्राउ

विशेष

सबै
धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै
  • १ दिन 

सहारा होटल म्यानेजमेन्ट र शैलेश्वरीका विद्यार्थीलाई स्वागत, पर्यटन क्षेत्रको व्यावहारिक अनुभव
  • २ हप्ता 

पत्रकार एवम् कथाकार यज्ञराज जोशीसहित दुई श्रष्टा सम्मानित
  • २ हप्ता 

हाम्रो सुदूरपश्चिम, हामी चिनाउँछौं’ अभियानअन्तर्गत २१ वटा बुकलेट विमोचन
  • २ हप्ता 

सीप सिकाउँदै साहरा ट्रेनिङ इन्स्टिच्युट,युवालाई आत्मनिर्भर बनाउने लक्ष्य
  • २ हप्ता 

धनगढीमा जेई खाेप अभियान :५९ हजार ३२५ जनाले लगाए खोप
  • ४ हप्ता 

‘समानता सिकाउने’ विद्यालयमै जातीय विभेदको आरोप, तीन शिक्षक पक्राउ
  • ४ हप्ता 

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • १ महिना 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • १ महिना 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • २ महिना 

  • १.
    धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै

  • २.
    वाणिज्य कार्यालयद्वारा २ सय ८७ वटा व्यावसायिक

  • ३.
    बझाङमा भिरबाट लडेर वडाध्यक्षको मृत्यु

  • ४.
    बडादसैँको तेस्रो दिन आज पनि टीका लगाउने

  • ५.
    निङ्लासैनी देवी मन्दिरको १९औँ साधारण सभा सम्पन्न,

  • ६.
    एक महिनामा लागूऔषधसहित ४१ जना पक्राउ

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

सञ्चालक/ कार्यकारी सम्पादक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.