• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
बुधबार, साउन १३, २०८३
☰
बुधबार, साउन १३, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

सरकार–डा. गोविन्द केसीबीच ७ बुँदे सहमति, केसीद्वारा सत्याग्रह अन्त्य
  • २ दिन 

डा. केसी र सरकारबिचको ७ बुँदे सहमतिपत्रमा के छ ? (पत्रसहित)
  • २ दिन 

गेटामा यसै वर्ष एमबीबीएस सुरु नभए म अनशन बस्छु’ : मेयर हमाल
  • २ दिन 

सरकारद्वारा शिक्षा र स्वाथ्यमा लगाएको कर फिर्ता
  • १ हप्ता 

बेलौरीमा चार विद्यालय समायोजन
  • २ हप्ता 

भानु जयन्तीको अवसरमा चैतन्यद्वारा कविता वाचन प्रतियोगिता आयोजना
  • ३ हप्ता 

शुक्लाफाँटाको दश वर्षे नगर शिक्षा योजना : मस्यौदामाथि छलफल
  • ४ हप्ता 

अत्यधिक गर्मीका कारण धनगढीका सबै विद्यालय ४ दिन बन्द हुने
  • १ महिना 

कक्षा १२ को नतिजा सार्वजनिक
  • १ महिना 

लोकप्रिय समाचार

  • १. गेटामा यसै शैक्षिक सत्रबाट एमबीबीएस पढाइ सुरु हुनुपर्छ : नगरप्रमुख हमाल

  • २. नगर प्रमुख हमालको नेतृत्वमा शहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा सरसफाइ

  • ३. स्थगित भएको ‘कोरा धनगढी २०२६’, अब साउन ९ गते हुने

  • ४. वनको अवरोधले सडक निर्माण रोकियो : हिलाम्मे बाटोले चुरेवासीलाई सास्ती

  • ५. धर्म मन्दिरमा होइन, निस्वार्थ सेवामा छ’ सरसफाइ अभियानकर्ता खड्का

  • ६. कैलालीमा एक वर्षमा ५ सय ५८ नयाँ उद्योग थपिए

  • ७. एक महिनामा ११० जना फरार प्रतिवादी पक्राउ

  • ८. स्वास्थ्य बिग्रिएपछि डा. गोविन्द केसी सेती अस्पतालको आईसीयूमा भर्ना

  • ९. सुदूरपश्चिमको सपना बोकेको गेटा विश्वविद्यालय परिसरमा धनगढी उपमहानगरले गर्‍यो सरसफाइ

  • १०. गेटामा यसै वर्ष एमबीबीएस सुरु नभए म अनशन बस्छु’ : मेयर हमाल

१४ बुँदे घोषणापत्र जारी गर्दै धनगढीमा सकियो धामी–झाँक्री सम्मेलन

  •   आइतबार, साउन ०८, २०७९ मा प्रकाशित

धनगढी– कैलालीको धनगढीमा सम्पन्न मर्यादित महिनावारीको लागि तीनदिने धामी–झाँक्री सम्मेलन १४ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न भएको छ । सम्मेलनले मर्यादित महिनावारीको वातावरण निर्माण गर्न धामी–झाँक्रीले महत्वपूर्ण भूमिका खेल्न सक्ने तथ्यलाई मध्यनजर गरी महिनावारीमा भेदभाव गर्ने, छुवाछुत गर्ने कु–प्रथाको अन्त्य गरी महिनावारीलाई मर्यादित बनाउनुपर्ने घोषणा गरेको छ ।

महिनावारी सृष्टिको आधार भएकाले यसलाई मर्यादित बनाउनुपर्छ भन्ने कुराको बोध भएको भन्दै धामी झाँक्रीले महिनावारी अवस्थामा रहेका किशोरी र महिलालाई छुवाछुत नगरी उचित सम्मान प्रकट गर्दै महिनावारीलाई मर्यादित बनाउन विशेष पहल गर्ने प्रतिबद्धता गरेका छन् ।समाजमा हरेक किशोरी र महिलालाई सम्मानपूर्वक जीवन यापन गर्ने वातावरण सिर्जना गर्न उनीहरुलाई कुनै पनि किसिमको लैंगिक भेदभाव नगरी मर्यादित महिनावारीमैत्री पारिवारिक वातावरण तयार गर्दै जाने अग्रसरता लिने बताइएको छ ।

घर–परिवारमा मर्यादित महिनावारी मैत्री बनाउन किशोरी, महिलाहरुलाई महिनावारी हुने ५ दिन र महिनावारी नहुने २५ दिन समान व्यवहार कार्यान्वयन गर्नुपर्ने उनीहरुको घोषणापत्रमा उल्लेख छ । धामी–झाँक्रीसँग हेराउन आएका व्यक्तिहरुमा आत्मविश्वास बढाउनको लागि मर्यादित महिनावारीको बारेमा सू–सुचित गर्ने र घरमा मर्यादित महिनावारी सम्बन्धी सूचना तथा सन्देशहरु टाँस गर्ने उनहहरुको प्रतिबद्धता छ ।

महिनावारीको समयमा पोषण, आवास, सरसफाइ, स्वास्थ्य, शिक्षा, सहभागिताको लागि सकारात्मक सहयोग गर्नुपर्ने, विद्यालयलाई मर्यादित बनाउन गाउँपालिका तथा नगरपालिकासँग समन्वय गरेर जनचेतनामूलक क्रियाकलाप गर्ने तथा महिनावारी भएको समयमा पनि किशोरीहरुलाई विद्यालय जान प्रोत्साहित गर्नुपर्ने घोषणापत्रमा उल्लेख छ ।

विद्यालयहरुलाई महिनावारी मर्यादित विद्यालय बनाउन महिनावारी मैत्री चर्पी, पानी तथा महिनावारी सामग्री व्यवस्था गर्न पालिकालाई अनुरोध गर्ने, प्रदेश तथा पालिकासँग समन्वय गरेर समुदायमा मर्यादित महिनवारीसम्बन्धी जनचेतना जगाउने, तालिम, गोष्ठी, सडकनाटक, पोस्टर, पम्प्लेट आदिका लागि बजेट व्यवस्थापन गर्नुपर्ने उनीहरुको सुझाब छ ।

पालिकाले धामी–झाँक्री, अभियन्ता, पत्रकार आदि हरुलाई मर्यादित महिनावारीको प्रचार प्रसार गर्न परिचालन गर्नुपर्ने, समाजमा आध्यात्मिक, धार्मिक गुरुका रुपमा पहिचान पाएका धामी–झाँक्रीमध्ये मर्यादित महिनावारीलाई प्रोत्साहन, प्रवर्द्धन गर्नेहरुका लागि उचित पुरस्कार र सम्मानको व्यवस्था गर्नुपर्ने । त्यसका लागि सरकारी, गैर सरकारी तथा निजी क्षेत्रलाई समेत विशेष अनुरोध गरिने उनीहरुले बताएका छन् ।

समुदायमा मर्यादित महिनावारी प्रवर्द्धन गर्न दिवसहरु जस्तैः महिनावारी व्यवस्थापन दिवस, मे २८ तथा मर्यादित महिनावारी दिवस, डिसेम्बर ८ अन्तरराष्ट्रिय महिला दिवस तथा १६ दिने लैंगिक हिंसाविरुद्धको अभियान आदिलाई विशेष महत्वका साथ मनाउने, महिनावारी कानुन ९३ महिना जेल वा ३००० जरिवाना वा दुवै०को पालना गर्न गराउन प्रचार–प्रसार गर्ने उनीहरुको प्रतिबद्धता छ ।

बिहीबार देखि सुरु भएको मर्यादित महिनावारीका लागि धामी झाँक्री सम्मेलन शनिबार सुदूरपश्चिम प्रदेशका आर्थिक मामिला राज्यमन्त्री अमरबहादुर साउदले समापन गरेका हुन् । समापन कार्याक्रममा राज्यमन्त्री साउदले मर्यादित महिनावारीका लागि धामी झाँक्री सम्मेलनले जारी गरेको घोषणापत्र​पत्र कार्यान्वयन गर्नका लागि प्रदेश सरकारको सहयोग रहने प्रतिबद्धता जनाए । उनले महिनावारी भएको वेला हुने विभेद विस्तारै कम हुँदै गएको बताए ।

कोइका परियोजना सल्लाहकार जोङ हा ली ले छाउपडी प्रथालाई व्यवस्थित गर्नका लागि नै आफू कोरियाबाट नेपाल पुगेको बताइन् । उनले छाउपडी अर्थात् महिनावारीप्रति समाजले हेर्ने दृष्टिकोण फेर्नका लागि कुनै एक व्यक्ति लाग्नुभन्दा पनि सबैको भूमिका रहने बताइन् ।

यस्तै, कार्यक्रममा पिसपिन बाजुराका सल्लाहकार लालबहादुर ओलीले धामी झाँक्रीहरुको विश्वास समाजमा धेरै भएको बताउँदै उनीहरुले पनि सन्देशमूलक कार्य गर्न सक्ने धारणा व्यक्त गरे । उनले छाउपडी भन्ने शब्दलाई रुपान्तरण गर्न आवश्यक रहेको बताए ।

कार्यक्रममा खत्याड गाउँपालिका मुगुका उपाध्यक्ष सरिता रोकायाले महिनावारी भएको वेला हुने विभेदको अन्त्यका लागि पालिका लेभलबाट हुने आफ्नो पूर्ण सहयोग रहने प्रतिबद्धता जनाइन् । आफू पहिलोपटक महिनावारी हुँदा ९ दिनसम्म गोठमा बस्नुपरेको पीडा सुनाउँदै उनले अब त्यस्तो अवस्था सिर्जना हुने नदिने गरी काम गर्ने धारणा व्यक्त गरेकी थिइन् ।

कार्यक्रममा सहभागी धामी झाँक्रीहरुले महिनावारीको बारेमा समाजमा भएको अन्धविश्वास तोड्न आफ्नो सहयोग रहने बताए । अछामबाट आएका धामी डिल्लीराज आउजीले तालिमका क्रममा महिनावारीका बारेमा सिकेका कुरा कार्यान्वयनमा ल्याउने बताए । यस्तै, बाजुराको बडीमालिका नगरपालिकाबाट आएका धामी देवराज जोशीले तालिमले महिनावारीका बारेमा सिकेका कानुनी कुरा सिकाएको बताए ।

‘कुनै समय थियो । महिनावारी हुँदा घरभन्दा टाढा अर्थात् अलग्गै बस्नुपर्ने बाध्यता, तर अब त्यस्तो छैन । समय फेरिएको छ । कानुन फेरिएका छन्’ जोशीले भने, ‘त्यसले गर्दा कानुनको दायराभन्दा बाहिर जाने छुट कसैलाई पनि छैन । हामी पनि त्यहीँभित्र रहर बस्नेछौँ ।’

तीन दिनसम्म भएको तालिमको महिला अधिकारकर्मी राधा पौडेलले सहजीकरण गरेकी हुन् । तालिममा सुदूरपश्चिमको बाजुरा, डोटी, कैलाली, अछाम र कर्णाली प्रदेशको मुगु जिल्लाका धामी झाँक्री तथा जनप्रतिनिधिको सहभागिता रहेको थियो ।

  • १४ बुँदे
आइतबार, साउन ०८, २०७९ मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
देशभरका ओपीडी दोस्रो दिन पनि ठप्प
सुनसरी घटनामा संयमता अपनाउन प्रचण्डको आग्रह
सरकार परिवर्तनको तयारीमा जुटे दलहरू खगराज भट्ट मुख्यमन्त्री बन्ने पक्का
लागूऔषधसहित ४ जना पक्राउ
भन्सार छलीका सामान नियन्त्रणमा
धनगढीमा ‘राष्ट्रपति होइन, राजा चाहिन्छ’ भन्दै हस्ताक्षर अभियान सुरु

समाचार

सबै

देशभरका ओपीडी दोस्रो दिन पनि ठप्प

सुनसरी घटनामा संयमता अपनाउन प्रचण्डको आग्रह

सरकार परिवर्तनको तयारीमा जुटे दलहरू खगराज भट्ट मुख्यमन्त्री बन्ने पक्का

लागूऔषधसहित ४ जना पक्राउ

देशभरका ओपीडी दोस्रो दिन पनि ठप्प

सुनसरी घटनामा संयमता अपनाउन प्रचण्डको आग्रह

सरकार परिवर्तनको तयारीमा जुटे दलहरू खगराज भट्ट मुख्यमन्त्री बन्ने पक्का

लागूऔषधसहित ४ जना पक्राउ

विशेष

सबै
सरकार–डा. गोविन्द केसीबीच ७ बुँदे सहमति, केसीद्वारा सत्याग्रह अन्त्य
  • २ दिन 

डा. केसी र सरकारबिचको ७ बुँदे सहमतिपत्रमा के छ ? (पत्रसहित)
  • २ दिन 

गेटामा यसै वर्ष एमबीबीएस सुरु नभए म अनशन बस्छु’ : मेयर हमाल
  • २ दिन 

सरकारद्वारा शिक्षा र स्वाथ्यमा लगाएको कर फिर्ता
  • १ हप्ता 

बेलौरीमा चार विद्यालय समायोजन
  • २ हप्ता 

भानु जयन्तीको अवसरमा चैतन्यद्वारा कविता वाचन प्रतियोगिता आयोजना
  • ३ हप्ता 

शुक्लाफाँटाको दश वर्षे नगर शिक्षा योजना : मस्यौदामाथि छलफल
  • ४ हप्ता 

अत्यधिक गर्मीका कारण धनगढीका सबै विद्यालय ४ दिन बन्द हुने
  • १ महिना 

कक्षा १२ को नतिजा सार्वजनिक
  • १ महिना 

माछापुच्छ्रे बैंकद्वारा शैक्षिक सामग्री सहयोग
  • २ महिना 

  • १.
    गेटामा यसै शैक्षिक सत्रबाट एमबीबीएस पढाइ सुरु

  • २.
    नगर प्रमुख हमालको नेतृत्वमा शहिद दशरथ चन्द

  • ३.
    स्थगित भएको ‘कोरा धनगढी २०२६’, अब साउन

  • ४.
    वनको अवरोधले सडक निर्माण रोकियो : हिलाम्मे

  • ५.
    धर्म मन्दिरमा होइन, निस्वार्थ सेवामा छ’ सरसफाइ

  • ६.
    कैलालीमा एक वर्षमा ५ सय ५८ नयाँ

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

संचालक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.