धनगढी– धनगढीबाट एक युवक लागुऔषधसहित पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले धनगढी उपमहानगरपालिका वडा नम्बर ३ बाट डोटीको बडिकेदार गाउँपालिका १ बस्ने २८ वर्षीय बसन्त मौनीलाई पक्राउ गरेको हो ।
उनको साथबाट ३ ग्राम २०० मिलिग्राम ब्राउन सुगरसहित बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक वेदप्रकाश जोशीले बताए । उनलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको उनले बताए ।














