• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
बुधबार, कार्तिक ११, २०८३
☰
बुधबार, कार्तिक ११, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै
  • १ दिन 

सहारा होटल म्यानेजमेन्ट र शैलेश्वरीका विद्यार्थीलाई स्वागत, पर्यटन क्षेत्रको व्यावहारिक अनुभव
  • २ हप्ता 

पत्रकार एवम् कथाकार यज्ञराज जोशीसहित दुई श्रष्टा सम्मानित
  • २ हप्ता 

हाम्रो सुदूरपश्चिम, हामी चिनाउँछौं’ अभियानअन्तर्गत २१ वटा बुकलेट विमोचन
  • २ हप्ता 

सीप सिकाउँदै साहरा ट्रेनिङ इन्स्टिच्युट,युवालाई आत्मनिर्भर बनाउने लक्ष्य
  • २ हप्ता 

धनगढीमा जेई खाेप अभियान :५९ हजार ३२५ जनाले लगाए खोप
  • ४ हप्ता 

‘समानता सिकाउने’ विद्यालयमै जातीय विभेदको आरोप, तीन शिक्षक पक्राउ
  • ४ हप्ता 

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • १ महिना 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • १ महिना 

लोकप्रिय समाचार

  • १. धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै

  • २. वाणिज्य कार्यालयद्वारा २ सय ८७ वटा व्यावसायिक फर्मको अनुगमन

  • ३. बझाङमा भिरबाट लडेर वडाध्यक्षको मृत्यु

  • ४. बडादसैँको तेस्रो दिन आज पनि टीका लगाउने क्रम जारी

  • ५. निङ्लासैनी देवी मन्दिरको १९औँ साधारण सभा सम्पन्न, पर्यटन गन्तव्य बनाउने प्रतिबद्धता

  • ६. एक महिनामा लागूऔषधसहित ४१ जना पक्राउ

  • ७. तिब्बतमा ७ म्याग्निच्यूडको भूकम्प : १६ जनाको मृत्यु

  • ८. लागूऔषध मुद्दाका फरार प्रतिवादी पक्राउ

  • ९. टिकटक लाइभबाट मासिक ६ लाखसम्म कमाइ

  • १०. आईसीसीको मान्यता र डीआरएससहित एनपीएल सिजन–३, टुर्नामेन्ट डाइरेक्टरको जिम्मेवारीमा धीरेन्द्र साउद

अछाममा ज्येष्ठ नागरिक सम्मान अभियान सुरु

  •   आइतबार, मङि्सर ०३, २०८० मा प्रकाशित

अछाम- ‘आमाबुबा हाम्रा भगवान् हुन्, उनीहरूलाई स्याहार गरौँ,’ भन्ने सन्देश दिन अछाममा ज्येष्ठ नागरिक सम्मान अभियान सुरु गरिएको छ। ज्येष्ठ नागरिकहरू आफ्नै परिवारबाट अपहेलित भइरहेका घटना बढ्दै गएको वेला उनीहरूलाई घामपानी छेक्न र लौरो टेक्न मिल्ने छाता तथा कम्बल वितरण गरेर अभियान सुरु भएको हो।

सदरमुकाम मंगलसेनमा आयोजित समारोहमा पूर्वश्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री तथा प्रतिनिधिसभा सदस्य शेरबहादुर कुँवर, प्रतिनिधिसभा सदस्य पुष्पबहादुर शाह र सुदूरपश्चिम प्रदेश सभा सदस्य मेघराज खड्काले अभियानको उद्घाटन गरेका हुन्।

जिल्लाका दशवटै स्थानीय तहका जनप्रतिनिधिहरूको उपस्थितिमा गरिएको अभियानको उद्घाटन समारोहमा बोल्दै पूर्वश्रममन्त्री कुँवरले यो अभियानले ज्येष्ठ नागरिकहरूलाई घर, समाज र सरकारबाट सुरक्षासहितको स्याहार दिनुपर्छ भन्ने सन्देश दिने बताए।

समारोहमा बोल्दै अछाम क्षेत्र नम्बर २ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य पुष्पबहादुर शाहले ज्येष्ठ नागरिकाका लागि राज्यले कैयौँ नियम कानुन बनाए पनि त्यो कार्यान्वयन नहुनु दुःखद भएको बताए। त्यसको कार्यान्वयन गरी यस्ता रचनात्मक अभियानमा हातेमालो गर्न उनले जिल्लाका सबै स्थानीय तहलाई सुझाव दिए।

सुदूरपश्चिम प्रदेश सभा सदस्य मेघराज खड्काले सम्पत्ति कमाएर पनि बाआमाप्रति वास्ता नगर्ने सन्तान बढेको भन्दै चिन्ता व्यक्त गरे। यो समस्या गाउँसहर दुवैतिर देखिएकाले यस्ता अभियानले त्यो प्रवृत्ति अन्त्य गर्न सहयोग पुग्ने उनको विश्वास छ।

अभियानप्रति जिल्ला समन्वय समिति अछामका प्रमुख ललितबहादुर कुँवर, मंगलसेनका नगरप्रमुख पदमबहादुर बोहोरा, साँफेबगरका नगरप्रमुख राजेन्द्रबहादुर कुँवर र ढकारी गाउँपालिकका अध्यक्ष प्रकाशबहादुर साउदले पनि ऐक्यबद्धता जनाएका छन्।

बान्नीगढी जयगढ गाउँपालिकाका उपाध्यक्ष बिन्दु रावल, तुर्माखाँदका उपाध्यक्ष विमला शाही र चौरपाटीका उपाध्यक्ष सरदेवी खड्काले पनि यो अभियान गाउँस्तरमा अझ प्रभावकारी ढंगले कार्यान्वयन गराउने प्रतिबद्धता जनाएका छन्। जिल्लाका दशवटै स्थानीय तहसँगको समन्वयमा गरिने यो अभियानको नेतृत्व अछामको सामुदायिक रेडियो सोसाइटी एफएमले गरिरहेको छ।

अभियानको उद्घाटनमा प्रमुख जिल्ला अधिकारी शरदकुमार पोखरेल, नेपाली कांग्रेसका उपसभापति नयाँराम बजगाईं, नेकपा एमालेका अध्यक्ष चन्द्र बोहोरा, नेकपा माओवादी केन्द्रका प्रदेश सदस्य शिवबहादुर बोगटी, राष्ट्रिय स्वतन्त्र पार्टीका जिल्ला संयोजक ओमप्रकाश रावल, नेकपा एकीकृत समाजवादीका उपसचिव नयन सोडारी, ज्येष्ठ नागरिक जिल्ला संघका अध्यक्ष तेजबहादुर विष्ट, स्वास्थ्य कार्यालय अछामका प्रमुख झनकराज ढुंगाना र अछाम बहुमुखी क्याम्पसका प्रमुख छत्र विष्टलगायतले समेत ज्येष्ठ नागरिक सम्मान अभियानप्रति एकबद्धता जनाएका छन्।

  • ज्येष्ठ नागरिक
आइतबार, मङि्सर ०३, २०८० मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
टीकापुर अस्पतालमा म्याद गुज्रिएका २४ रिएजेन्ट र १३ औषधी फेला
धनगढीको ‘गौशाला मोडल’ : सडकमा चौपाया घटे, किसानलाई राहत
काठ ओसारपसार मुद्दाका एक फरार प्रतिवादी पक्राउ
जबरजस्ती करणीको आरोपमा युवक पक्राउ
चरेशसहित दुई जना पक्राउ
Ambika Prasad Ghimire: A Dedicated Taekwondo Athlete from Nepal

समाचार

सबै

टीकापुर अस्पतालमा म्याद गुज्रिएका २४ रिएजेन्ट र १३ औषधी फेला

धनगढीको ‘गौशाला मोडल’ : सडकमा चौपाया घटे, किसानलाई राहत

काठ ओसारपसार मुद्दाका एक फरार प्रतिवादी पक्राउ

जबरजस्ती करणीको आरोपमा युवक पक्राउ

टीकापुर अस्पतालमा म्याद गुज्रिएका २४ रिएजेन्ट र १३ औषधी फेला

धनगढीको ‘गौशाला मोडल’ : सडकमा चौपाया घटे, किसानलाई राहत

काठ ओसारपसार मुद्दाका एक फरार प्रतिवादी पक्राउ

जबरजस्ती करणीको आरोपमा युवक पक्राउ

विशेष

सबै
धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै
  • १ दिन 

सहारा होटल म्यानेजमेन्ट र शैलेश्वरीका विद्यार्थीलाई स्वागत, पर्यटन क्षेत्रको व्यावहारिक अनुभव
  • २ हप्ता 

पत्रकार एवम् कथाकार यज्ञराज जोशीसहित दुई श्रष्टा सम्मानित
  • २ हप्ता 

हाम्रो सुदूरपश्चिम, हामी चिनाउँछौं’ अभियानअन्तर्गत २१ वटा बुकलेट विमोचन
  • २ हप्ता 

सीप सिकाउँदै साहरा ट्रेनिङ इन्स्टिच्युट,युवालाई आत्मनिर्भर बनाउने लक्ष्य
  • २ हप्ता 

धनगढीमा जेई खाेप अभियान :५९ हजार ३२५ जनाले लगाए खोप
  • ४ हप्ता 

‘समानता सिकाउने’ विद्यालयमै जातीय विभेदको आरोप, तीन शिक्षक पक्राउ
  • ४ हप्ता 

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • १ महिना 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • १ महिना 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • २ महिना 

  • १.
    धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै

  • २.
    वाणिज्य कार्यालयद्वारा २ सय ८७ वटा व्यावसायिक

  • ३.
    बझाङमा भिरबाट लडेर वडाध्यक्षको मृत्यु

  • ४.
    बडादसैँको तेस्रो दिन आज पनि टीका लगाउने

  • ५.
    निङ्लासैनी देवी मन्दिरको १९औँ साधारण सभा सम्पन्न,

  • ६.
    एक महिनामा लागूऔषधसहित ४१ जना पक्राउ

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

सञ्चालक/ कार्यकारी सम्पादक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.