डडेल्धुरा- बिहीबार डडेल्धुरामा प्रदेशका चार जिल्लाको प्रदेश स्तरीय महिला क्रिकेटको छनौट प्रतियोगिता सञ्चालन हुने सुदूरपश्चिम पश्चिम प्रदेश क्रिकेट संघका अध्यक्ष वासुदेव चटौतले बताए ।
चटौतका अनुसार उक्त प्रतियोगितामा डडेल्धुरा लगायत दार्चुला अछाम र डोटीका महिला खेलाडीहरूको छनौट प्रतियोगिता डडेल्धुरामा र प्रदेशका कैलाली कञ्चनपुर, बैतडी, अछाम, बाजुराको खेल कैलालीस्थित तेरी सैनिक विद्यालयमा प्रधानमन्त्री कप महिला टी –२० राष्ट्रिय प्रतियोगिताको प्रदेश स्तरीय छनौट प्रतियोगिता सुदूरपश्चिम प्रदेश क्रिकेट सङ्घको आयोजना मङ्सिर २४ गतेदेखी छनौट प्रतियोगिता आयोजना हुनेछ ।
खेलाडीहरूको क्षमताका आधारमा वर्गीकरण गरि छनौट गर्न लागिएको प्रदेश क्रिकेट सङ्घले जनाएको छ । डडेल्धुरा क्रिकेट संघका अध्यक्ष हरि उप्रेतीले डडेल्धुरामा हुन लागेको छनौट प्रतियोगिता बिहीबार बिहान ८ बजे अमरगढी नगरपालिका वडा नं ३ मा रहेको रामलिला मैदानमा सम्पन्न हुने बताए ।
राष्ट्रिय खेलकुद परिषद्को कार्यक्रम अनुसार नेपाल क्रिकेट सङ्घको आयोजनामा सञ्चालन हुने प्रधानमन्त्री कप महिला टी –२० राष्ट्रिय प्रतियोगितामा सहभागिताका लागि छनौट प्रतियोगिता आयोजना गरिन लागेको हो ।













