धनगढी- काठमाडौँबाट महेन्द्रनगरका लागि छुटेको यात्रुवाहक बस बर्दियामा दुर्घटना भएको छ। बारबर्दिया नगरपालिका–९ मा ना ६ ख ७४४२ नम्बरको महाकाली यातायातको बस शनिबार बिहान दुर्घटनामा परेको हो।
दुर्घटनामा ८ जना सामान्य घाइते भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय बर्दियाले जनाएको छ। बसमा २५ जना सवार रहेकोमा अन्य सकुशल रहेको प्रहरीले बताएको छ।














