कञ्चनपुर- कञ्चनपुरको गुलरिया बजारमा आगलागी भएको छ । जिल्लाको कृष्णपुर नगरपालिका–५ गुलरियामा रहेको शिवराज बिष्टले सञ्चालन गरेको फेन्सी पसलमा आगलागी भएको हो।
इलाका प्रहरी कार्यालय मालाखेतीले दुई वटा सटरमा सञ्चालित उक्त पसलमा आगलागी हुँदा सबै सामान जलेर नष्ट भएको जनाएको छ। आगलागी अहिले नियन्त्रणमा लिई सकिएको प्रहरीले जनाएको छ।
आगलागी नियन्त्रण गर्न अत्तरिया र झलारीबाट दमकल पुगेका थिए । अहिले प्रहरी घटनास्थलमै रहेको छ। प्रहरीले क्षतिको विवरण संकलन गरिरहेको छ ।













