महेन्द्रनगर- कञ्चनपुरको सदरमुकाम महेन्द्रनगरमा तेस्रो मुख्यमन्त्री कप पुरुष राष्ट्रिय भलिबल प्रतियोगिता अन्तरगत खेल सुरु भएको छ । लिग चरणको पहिलो खेल नेपाल पुलिस क्लब र लुम्बिनी प्रदेशबीच सुरु भएको छ ।
परराष्ट्र मन्त्री एनपी साउँदले प्रतियोगिता उद्घाटन गर्ने छन् । उद्घाटन समारोहमा मन्त्रीसहित जनप्रतिनिधि, राजनीतिक दल, सरकारी तथा गैर सरकारी संस्था, खेलाडी सहभागी हुने कञ्चनपुर जिल्ला भलिबल संघका अध्यक्ष श्याम सिंह मौनीले बताए ।
उद्घाटन समारोहमा सुदूरपश्चिमको सँस्कृति झल्किने विभिन्न झाँक सहित नृत्य प्रस्तुत गर्ने कार्यक्रम छ । सुदूरपश्चिम खेलकूद परिषद्ले कञ्चनपुर जिल्ला भलिबल संघको सहकार्य तथा व्यवस्थापनमा गरेको प्रतियोगितामा तीन विभागीय सहित सात प्रदेशका गरी १० टीम सहभागी भएका छन् प्रतियोगिता माघ २० गते समापन हुनेछ ।













