धनगढी- कैलालीको गौरीगङ्गामा गौरीगङ्गा गोल्ड कप सुरु हुने भएको छ । गौरीगङ्गा ११ स्पोर्टस क्लबले बुधवार पत्रकार सम्मेलनको आयोजना गर्दै प्रतियोगिताको तयारी सुरु गरेको जनाएको हो । फागुन १९ गते देखी २८ गते सम्म हुने प्रतियोगिताको विजेताले ६ लाख सहित ट्रफि, मेडल पाउने छन् ।
त्यस्तै उपविजेताले ३ लाख ट्रफि, मेडल पाउने आयोजक गौरीगङ्गा ११ स्पोर्टस क्लबका अध्यक्ष दिनेश कलेलले जानकारी दिए । उत्कृष्ट खेलाडीले ५० हजार ,प्रत्येक विधाका उत्कृष्ट खेलाडीलाई १५्१५ हजार पाउने र प्रत्येक खेलका उत्कृष्ट खेलाडीले ५ हजार पाउने अध्यक्ष कलेलले जानकारी दिए ।
उनले चौथो संस्करणको खेलको तयारी सुरु भएको जानकारी दिए । उनका अनुसार खेलाडी उत्पादन र खेल क्षेत्रको विकासका लागि खेलकुद मैदान आवश्यक रहेको बताएका थिए।
गौरीगङ्गा नगरपालिकाका उपप्रमुख भोजबहादुर बमले खेलकुदको विकासका लागि स्थानीय सरकारले सक्दो सहयोग गर्ने बताए । प्रतियोगितामा सुदूरपश्चिम प्रदेशका १० टिमले सहभागिता जनाउने छन् । प्रतियोगिता गौरीगङ्गाको लिक्मा खेलमैदानमा आयोजना हुने छ ।













