• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
मङ्गलबार, साउन १२, २०८३
☰
मङ्गलबार, साउन १२, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

सरकार–डा. गोविन्द केसीबीच ७ बुँदे सहमति, केसीद्वारा सत्याग्रह अन्त्य
  • १ दिन 

डा. केसी र सरकारबिचको ७ बुँदे सहमतिपत्रमा के छ ? (पत्रसहित)
  • १ दिन 

गेटामा यसै वर्ष एमबीबीएस सुरु नभए म अनशन बस्छु’ : मेयर हमाल
  • २ दिन 

सरकारद्वारा शिक्षा र स्वाथ्यमा लगाएको कर फिर्ता
  • १ हप्ता 

बेलौरीमा चार विद्यालय समायोजन
  • २ हप्ता 

भानु जयन्तीको अवसरमा चैतन्यद्वारा कविता वाचन प्रतियोगिता आयोजना
  • २ हप्ता 

शुक्लाफाँटाको दश वर्षे नगर शिक्षा योजना : मस्यौदामाथि छलफल
  • ३ हप्ता 

अत्यधिक गर्मीका कारण धनगढीका सबै विद्यालय ४ दिन बन्द हुने
  • १ महिना 

कक्षा १२ को नतिजा सार्वजनिक
  • १ महिना 

लोकप्रिय समाचार

  • १. गेटामा यसै शैक्षिक सत्रबाट एमबीबीएस पढाइ सुरु हुनुपर्छ : नगरप्रमुख हमाल

  • २. नगर प्रमुख हमालको नेतृत्वमा शहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा सरसफाइ

  • ३. सुदूरपश्चिममा एक महिनामा लागूऔषधसहित १७४ जना पक्राउ

  • ४. स्थगित भएको ‘कोरा धनगढी २०२६’, अब साउन ९ गते हुने

  • ५. धनगढीमा आजदेखि भूमि प्रशासन सेवा उपमहानगरपालिकाबाटै

  • ६. विश्वविद्यालय परिसर वरिपरि सरसफाई

  • ७. धर्म मन्दिरमा होइन, निस्वार्थ सेवामा छ’ सरसफाइ अभियानकर्ता खड्का

  • ८. कैलालीमा एक वर्षमा ५ सय ५८ नयाँ उद्योग थपिए

  • ९. २० रुपैयाँमै भरपेट शाकाहारी भोजन

  • १०. एक महिनामा ११० जना फरार प्रतिवादी पक्राउ

कैलालीमा सिकलसेलका बिरामी बढ्दै

  •   बिहिबार, फागुन ०३, २०८० मा प्रकाशित

धनगढी- कैलालीमा सिकलसेल एनिमिया रोगका बिरामी बढ्न थालेका छन् । प्रायः चौधरी थारु समुदायमा देखिने यो रोगका बिरामी जिल्लामा वर्षेनी बढ्दै गएको स्वास्थ्य कार्यालय कैलालीले जनाएको छ । चालु आवको हालसम्म थारु बाहुल्य क्षेत्रमा शिविरमार्फत तीन हजार ७ सय २६ जनाको रगत परीक्षण गर्दा ३४ जनामा सिकलसेल र ३ सय ८१ जनामा बाहक(ट्रेड) देखा परेको स्वास्थ्य कार्यालय कैलालीका नसर्ने तथा सिकलसेल सम्बन्धि रोगका श्रोत व्यक्ति मीनबहादुर धामीले जानकारी दिए । जिल्लाका पाँचवटा पालिकाका १० ठाउँमा शिविरमार्फत थारु समुदाय बाहुल्य क्षेत्रमा निःशुल्क रगत जाँच गरिएको र प्रदेश जनस्वास्थ्य प्रयोगशालामा कन्फर्म परीक्षण गरिएको उनले बताए ।

भजनी नगरपालिकामा एक हजार ९६ जनामा परीक्षण गर्दा ८ जनामा सिकलसेल,५७ जनामा बाहक(ट्रेड),जोशीपुर गाउँपालिकामा नौ सय २५ जनामा रगत परीक्षण गर्दा ७ जनामा सिकलसेल,७७ जनामा बाहक(ट्रेड),जानकी गाउँपालिकामा सात सय ५८ जनामा रगत परीक्षण गर्दा ७ जनामा सिकलसेल,९० जनामा बाहक (ट्रेड),बर्दगोयिा गाउँपालिकामा छ सय ५३ जनामा परीक्षण गर्दा पाँच जनामा सिकलसेल,६४ जनामा बाहक(टे«ड) र घोडाघोडी नगरपालिकामा ३ सय २४ जनामा रगत परीक्षण गर्दा ७ जनामा सिकसेल तथा ४१ जनामा बाहक (ट्रेड) देखा परेको उनले बताए ।

‘सिकलसेल पुष्टि भएकाले जीवनभर उपचार गर्नुपर्र्ने हुन्छ । बाहक (ट्रेड) देखा परेकाले रोग सार्न सक्ने भएकाले महिला र पुरुषले विवाह गर्नुभन्दा पहिले रगत परीक्षण गर्नुपर्ने हुन्छ ।’ उनले भने ‘महिला र पुरुष दुबै जना बाहक(ट्रेड) देखा परेकाले विवाह गर्दा बच्चाहरु रोगी जन्मन सक्छन् ।’

यो बंशानुगत रोग भएकाले सिकलसेल भएका आमा बुवाबाट जन्मेको सन्तानमा सर्ने बढी सम्भावना रहने स्वास्थ्य कार्यालय कैलालीका प्रमुख आशुतोष श्रेष्ठले बताए । ‘यो प्रायः चौधरी थारु समुदायमा देखिने गरेको छ ।’ उनले भने ‘बंशानुगत रोग भएकाले दुबै जनामा सिकलसेल छ भने उहाँहरुबाट जन्मिने सन्ततीमा रोग सर्ने सम्भाना बढी हुन्छ ।’

‘सिकलसेल भएका बिरामीको पूर्णरुपमा उपचार हुँदैन् । जीवनभर उपचार गर्नुपर्ने हुन्छ । रगत रिफ्रेसमेन्ट गरिराख्नु पर्ने हुन्छ ।’ उनले भने ‘सिकलसेल रोग लागेमा हाडजोर्नी दुख्ने,थकाइ लाग्ने,रक्त अल्पता हुने जस्ता समस्या हुने गर्दछन् । बाहक(ट्रेड) भएका व्यक्तिमा खासै समस्या नदेखिने र देखिए पनि सामान्य हुने गर्छ ।’

चालु आवमै चौधरी थारु बाहुल्य क्षेत्र भएकाका अन्य पालिकामा पनि सिकलसेलको स्किनिङ्ग शिविर सञ्चालन गरिने उनले बताए । ‘यो रोगबाट चौधरी थारु समुदाय नै बढी प्रभावित छन् । जिल्लामा चौधरी थारु बाहुल्य क्षेत्रमा यो वर्ष ११ वटा पालिकामा स्किनिङ्ग गर्ने योजना हो ।’ उनले भने ‘हाल बजेट अभावका कारण ५ वटा पालिकामा मात्रै स्किनिङ्ग गरेका छौँ । सामाजिक विकास मन्त्रालयसँग बजेट माग गरेको छौँ । बजेट आउने वित्तिकै अन्य पालिकामा पनि शिविर सञ्चालन गर्छौँ ।’

परीक्षण र निदान हुन थालेपछि जिल्लामा सिकलसेलका बिरामीको सङ्ख्या बढ्दै गएको उनको भनाइ थियो । सरकारले सिलकलेल भएका बिरामीलाई १ लाखसम्मको उपचार गर्ने गरेको उनले बताए । उनले भने ‘बिरामीले जीवनभर उपचार गर्नुपर्ने भएकोले एक लाखले नपुग्ने बताउने गरेको र सीपमुलक तालीम दिएर आयआर्जनका कार्यक्रम गरिदिएको भए उपचारसँगै जीविकोपार्जमा सहज हुने बिरामीले बताउने गरेका छन् ।’ गत वर्ष जिल्लाका विभिन्न पालिकामा शिविरमार्फत २२ हजार ३ सय १९ जनाको रगत परीक्षण गर्दा ६ सय ७७ जनामा सिकलसेल र ३ हजार ७५ जनामा बाहक(ट्रेड) देखा परेको स्वास्थ्य कार्यालय कैलालीले जनाएको छ ।

 

  • सिकलसेलका बिरामी बढ्दै
बिहिबार, फागुन ०३, २०८० मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
थारु समुदायले धनगढीमा ‘गुरही’ पर्व मनाउने
भदौ १७ गते ‘सुदूरपश्चिम गाईजात्रा सिजन-२’ हुने
लघुवित्त पीडितले माइतीघरमा सुरु गरे आमरण अनशन
विधि विज्ञान प्रयोगशालामा ल्याइने अधिकांश नमूना लागुऔषधका
सुनको मूल्य घट्यो
कैलालीमा एक वर्षमा ५ सय ५८ नयाँ उद्योग थपिए

समाचार

सबै

थारु समुदायले धनगढीमा ‘गुरही’ पर्व मनाउने

भदौ १७ गते ‘सुदूरपश्चिम गाईजात्रा सिजन-२’ हुने

लघुवित्त पीडितले माइतीघरमा सुरु गरे आमरण अनशन

विधि विज्ञान प्रयोगशालामा ल्याइने अधिकांश नमूना लागुऔषधका

थारु समुदायले धनगढीमा ‘गुरही’ पर्व मनाउने

भदौ १७ गते ‘सुदूरपश्चिम गाईजात्रा सिजन-२’ हुने

लघुवित्त पीडितले माइतीघरमा सुरु गरे आमरण अनशन

विधि विज्ञान प्रयोगशालामा ल्याइने अधिकांश नमूना लागुऔषधका

विशेष

सबै
सरकार–डा. गोविन्द केसीबीच ७ बुँदे सहमति, केसीद्वारा सत्याग्रह अन्त्य
  • १ दिन 

डा. केसी र सरकारबिचको ७ बुँदे सहमतिपत्रमा के छ ? (पत्रसहित)
  • १ दिन 

गेटामा यसै वर्ष एमबीबीएस सुरु नभए म अनशन बस्छु’ : मेयर हमाल
  • २ दिन 

सरकारद्वारा शिक्षा र स्वाथ्यमा लगाएको कर फिर्ता
  • १ हप्ता 

बेलौरीमा चार विद्यालय समायोजन
  • २ हप्ता 

भानु जयन्तीको अवसरमा चैतन्यद्वारा कविता वाचन प्रतियोगिता आयोजना
  • २ हप्ता 

शुक्लाफाँटाको दश वर्षे नगर शिक्षा योजना : मस्यौदामाथि छलफल
  • ३ हप्ता 

अत्यधिक गर्मीका कारण धनगढीका सबै विद्यालय ४ दिन बन्द हुने
  • १ महिना 

कक्षा १२ को नतिजा सार्वजनिक
  • १ महिना 

माछापुच्छ्रे बैंकद्वारा शैक्षिक सामग्री सहयोग
  • २ महिना 

  • १.
    गेटामा यसै शैक्षिक सत्रबाट एमबीबीएस पढाइ सुरु

  • २.
    नगर प्रमुख हमालको नेतृत्वमा शहिद दशरथ चन्द

  • ३.
    सुदूरपश्चिममा एक महिनामा लागूऔषधसहित १७४ जना पक्राउ

  • ४.
    स्थगित भएको ‘कोरा धनगढी २०२६’, अब साउन

  • ५.
    धनगढीमा आजदेखि भूमि प्रशासन सेवा उपमहानगरपालिकाबाटै

  • ६.
    विश्वविद्यालय परिसर वरिपरि सरसफाई

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

संचालक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.