• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
बुधबार, कार्तिक ११, २०८३
☰
बुधबार, कार्तिक ११, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै
  • १ दिन 

सहारा होटल म्यानेजमेन्ट र शैलेश्वरीका विद्यार्थीलाई स्वागत, पर्यटन क्षेत्रको व्यावहारिक अनुभव
  • २ हप्ता 

पत्रकार एवम् कथाकार यज्ञराज जोशीसहित दुई श्रष्टा सम्मानित
  • २ हप्ता 

हाम्रो सुदूरपश्चिम, हामी चिनाउँछौं’ अभियानअन्तर्गत २१ वटा बुकलेट विमोचन
  • २ हप्ता 

सीप सिकाउँदै साहरा ट्रेनिङ इन्स्टिच्युट,युवालाई आत्मनिर्भर बनाउने लक्ष्य
  • २ हप्ता 

धनगढीमा जेई खाेप अभियान :५९ हजार ३२५ जनाले लगाए खोप
  • ४ हप्ता 

‘समानता सिकाउने’ विद्यालयमै जातीय विभेदको आरोप, तीन शिक्षक पक्राउ
  • ४ हप्ता 

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • १ महिना 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • १ महिना 

लोकप्रिय समाचार

  • १. धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै

  • २. वाणिज्य कार्यालयद्वारा २ सय ८७ वटा व्यावसायिक फर्मको अनुगमन

  • ३. बझाङमा भिरबाट लडेर वडाध्यक्षको मृत्यु

  • ४. बडादसैँको तेस्रो दिन आज पनि टीका लगाउने क्रम जारी

  • ५. निङ्लासैनी देवी मन्दिरको १९औँ साधारण सभा सम्पन्न, पर्यटन गन्तव्य बनाउने प्रतिबद्धता

  • ६. एक महिनामा लागूऔषधसहित ४१ जना पक्राउ

  • ७. तिब्बतमा ७ म्याग्निच्यूडको भूकम्प : १६ जनाको मृत्यु

  • ८. लागूऔषध मुद्दाका फरार प्रतिवादी पक्राउ

  • ९. टिकटक लाइभबाट मासिक ६ लाखसम्म कमाइ

  • १०. आईसीसीको मान्यता र डीआरएससहित एनपीएल सिजन–३, टुर्नामेन्ट डाइरेक्टरको जिम्मेवारीमा धीरेन्द्र साउद

सुदूरपश्चिम प्रदेशलाई हराउँदै फाइनलमा पुग्यो आर्मी

  •   शुक्रबार, चैत ०२, २०८० मा प्रकाशित

काठमाडौँ- विभागीय टोली त्रिभुवन आर्मी क्लब विराटनगरमा जारी ‘कोशी प्रदेश ट्रफी राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगिता’ को फाइनलमा पुगेको छ । आर्मी क्लब शुक्रबार खेलिएको पहिलो सेमिफाइनल खेलमा सुदूरपश्चिम प्रदेशलाई पाँच विकेटले हराउँदै फाइनलमा प्रवेश गरेको हो ।

टस हारी पहिले ब्याटिङको निम्तो पाएको सुदूरपश्चिम प्रदेशले निर्धारित २० ओभरमा नौ विकेट गुमाएर एक सय ६३ रन बनाएको थियो । जवाफी ब्याटिङमा ओर्लिएको आर्मी क्लबले भने १९।१ ओभरमा पाँच विकेट गुमाएर विजय लक्ष्य पुरा गर्यो । आर्मी क्लबको जितमा बसिर अहमदले अर्धशतकीय योगदान गरे । पाँचौँ नम्बरमा क्रिज समाल्न आएका उनले अविजित ५० रन बनाए । आक्रामक पाली खेलेका बसिरले केवल २८ बलको सामना गरी दुई छक्का र पाँच चौका पनि हिर्काए ।

आर्मी क्लबका लागि ओपनर ब्याट्सम्यान सन्तोष कार्कीले पनि ३१ रनको योगदान गरे । विकेटकिपर ब्याट्सम्यान सन्तोषले २९ बलमा पाँच चौका पनि प्रहार गरे । अर्का ओपनर इमरान शेख भने शून्य रनमै पेभेलियन फर्किएका थिए । तेस्रो नम्बरका ब्याट्सम्यान तृतराज दासले पनि टोलीको खातामा ३८ रन थपे । उनले ३२ बलमा सात चौका हिर्काएका थिए । सन्दीप रजाली १६ बलमा एक छक्काको मद्दतले १७ रन बनाउँदै आउट भए । तुल थापा १० रनमा अविजित रहे ।

आर्मी क्लबले अतिरिक्त रुपमा १३ रन पाएको थियो । सुदूरपश्चिम प्रदेशका बलर दीपक बोहराले दुई विकेट लिए । उनले चार ओभरमा ३३ रन खर्चिएका थिए । नरेन साउद र हेमन्त धामीले पनि एक–एक विकेट हात पारे । त्यसअघि पहिले ब्याटिङ गरेको सुदूरपश्चिम प्रदेशका लागि तल्लो क्रमका ब्याट्सम्यान नारायण जोशीले अर्धशतकीय पाली खेलेका थिए । आठौँ नम्बरमा क्रिज समाल्न आएका नारायणले ५९ रन बनाए । आक्रामक रुपमा प्रस्तुत भएका उनले केवल २२ बलको सामना गरी ६ छक्का र चार चौका पनि हिर्काए ।

सुदूरपश्चिमको खातामा किरण ठगुन्नाले पनि ४३ रन थपे । छैटौँ नम्बरमा क्रिज समाल्न आएका किरणले ३२ बलको सामना गरी तीन छक्का र तीन चौका हिर्काए । नरेन भट्टले १५, दीपक बोहराले १४ र खड्क बोहराले ११ रन जोडे ।

सुदूरपश्चिमका अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन् । सुदूरपश्चिम प्रदेशले अतिरिक्त रुपमा केवल दुई रन पाएको थियो । आर्मी क्लबका बलर बसिर अहमदले चार विकेट लिए । उनले चार ओभरमा २३ रन खर्चिए । नितेश पटेलले पनि तीन विकेट हात पारे । उनले चार ओभरमा ३३ रन खर्चिए । सुमित श्रेष्ठले एक विकेट लिए ।

आर्मी क्लब समूह ‘ए’ को विजेता बन्दै प्रतियोगिताको सेमिफाइनलमा पुगेको हो । समूहगत चरणमा आर्मीले आफूले खेलेको चारवटै खेलमा जित हासिल गरेको थियो । समूहगत चरणमा आफूले खेलेको सबै खेल जित्ने आर्मी एकमात्र टोली पनि हो । उक्त समूहबाट कर्णाली प्रदेश उपविजेताका रुपमा सेमिफाइनलमा पुगेको छ ।

यसैगरी समूह ‘बी’ बाट लुम्बिनी विजेता र सुदूरपश्चिम प्रदेश उपविजेता बन्दै प्रतियोगिताको सेमिफाइनलमा पुगेका हुन् । समूहगत चरणमा लुम्बिनी र सुदूरपश्चिम प्रदेशले तीन–तीन खेलमा जित हात पारेका थिए ।

 

  • फाइनलमा पुग्यो आर्मी
शुक्रबार, चैत ०२, २०८० मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
टीकापुर अस्पतालमा म्याद गुज्रिएका २४ रिएजेन्ट र १३ औषधी फेला
धनगढीको ‘गौशाला मोडल’ : सडकमा चौपाया घटे, किसानलाई राहत
काठ ओसारपसार मुद्दाका एक फरार प्रतिवादी पक्राउ
जबरजस्ती करणीको आरोपमा युवक पक्राउ
चरेशसहित दुई जना पक्राउ
Ambika Prasad Ghimire: A Dedicated Taekwondo Athlete from Nepal

समाचार

सबै

टीकापुर अस्पतालमा म्याद गुज्रिएका २४ रिएजेन्ट र १३ औषधी फेला

धनगढीको ‘गौशाला मोडल’ : सडकमा चौपाया घटे, किसानलाई राहत

काठ ओसारपसार मुद्दाका एक फरार प्रतिवादी पक्राउ

जबरजस्ती करणीको आरोपमा युवक पक्राउ

टीकापुर अस्पतालमा म्याद गुज्रिएका २४ रिएजेन्ट र १३ औषधी फेला

धनगढीको ‘गौशाला मोडल’ : सडकमा चौपाया घटे, किसानलाई राहत

काठ ओसारपसार मुद्दाका एक फरार प्रतिवादी पक्राउ

जबरजस्ती करणीको आरोपमा युवक पक्राउ

विशेष

सबै
धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै
  • १ दिन 

सहारा होटल म्यानेजमेन्ट र शैलेश्वरीका विद्यार्थीलाई स्वागत, पर्यटन क्षेत्रको व्यावहारिक अनुभव
  • २ हप्ता 

पत्रकार एवम् कथाकार यज्ञराज जोशीसहित दुई श्रष्टा सम्मानित
  • २ हप्ता 

हाम्रो सुदूरपश्चिम, हामी चिनाउँछौं’ अभियानअन्तर्गत २१ वटा बुकलेट विमोचन
  • २ हप्ता 

सीप सिकाउँदै साहरा ट्रेनिङ इन्स्टिच्युट,युवालाई आत्मनिर्भर बनाउने लक्ष्य
  • २ हप्ता 

धनगढीमा जेई खाेप अभियान :५९ हजार ३२५ जनाले लगाए खोप
  • ४ हप्ता 

‘समानता सिकाउने’ विद्यालयमै जातीय विभेदको आरोप, तीन शिक्षक पक्राउ
  • ४ हप्ता 

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • १ महिना 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • १ महिना 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • २ महिना 

  • १.
    धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै

  • २.
    वाणिज्य कार्यालयद्वारा २ सय ८७ वटा व्यावसायिक

  • ३.
    बझाङमा भिरबाट लडेर वडाध्यक्षको मृत्यु

  • ४.
    बडादसैँको तेस्रो दिन आज पनि टीका लगाउने

  • ५.
    निङ्लासैनी देवी मन्दिरको १९औँ साधारण सभा सम्पन्न,

  • ६.
    एक महिनामा लागूऔषधसहित ४१ जना पक्राउ

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

सञ्चालक/ कार्यकारी सम्पादक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.