धनगढी- कैलालीका सहायक प्रमुख जिल्ला अधिकारी यज्ञराज जोशी दार्चुलाका प्रमुख जिल्ला अधिकारी बनेका छन्। जोशीको आज (आइतबार) जिल्ला प्रशासन कार्यालय कैलालीले विदाई गरेको छ। कैलालीमा भने सहायक प्रमुख जिल्ला अधिकारीको रुपमा दार्चुलाका प्रमुख जिल्ला अधिकारी किरण जोशी आउने भएका छन् ।
















