• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
बुधबार, असोज १४, २०८३
☰
बुधबार, असोज १४, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • ३ दिन 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • १ हप्ता 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • ३ हप्ता 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ३ हप्ता 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • ४ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • ४ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • ४ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • ४ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • १ महिना 

लोकप्रिय समाचार

  • १. जंक फुडको बढ्दो मोह : नयाँ पुस्ताको स्वास्थ्यमा मडारिँदै नसर्ने रोगको जोखिम

  • २. धनगढीमा ‘अल–न्यू हुन्डाई भेन्यु’ सार्वजनिक

  • ३. विपद् जोखिम न्यूनीकरणमा प्रदेश सरकार ‘हाई अलर्ट’मा छ : मुख्यमन्त्री भट्ट

  • ४. धनगढीमा जेईविरुद्ध खोप अभियान सुरु, प्रमुख कुँवरले लगाए खोप सेतीमा

  • ५. मनोकामना पूरा हुने विश्वास : १०८ फिटे शिवलिंगमुनि हुर्कँदै कल्पवृक्ष

  • ६. कैलालीकाे दुई पालिकामा जेई खोप अभियानको अन्तिम दिन : ५५ हजार बढीले लगाए खोप

  • ७. कैलालीमा जेई खोप अभियान : हालसम्म ६३ हजार ४८२ जनाले लगाए खोप

  • ८. सुदूरपश्चिममा विपद् प्रतिकार्यका लागि हेलिकप्टर तयारी अवस्थामा

  • ९. कैलालीमा जेई खोप अभियान : ८६ हजार ८६८ जनाले लगाए खोप

  • १०. कैलालीमा जेई खोप अभियान : ७१ हजार ५५४ जनाले लगाए खोप

राजाले दाइजोका रुपमा भित्र्याइएको अछामी ‘होरी’

  •   आइतबार, चैत ११, २०८० मा प्रकाशित

कैलाली- समुदायअनुसार फरकफरक शैलीमा मनाइने होली र सुदूरपश्चिम प्रदेशको अछामी समुदायले मनाउने ‘होरी’ ९होली० को इतिहास भने फरक छ । विसं १७५० मा अछामको कालीमाटी गडीका राजा भान शाहले भारतको कुमाउ गडुवालबाट विवाह गर्दा होरी दाइजोका रुपमा अछाम भित्र्याइएको मानिन्छ । त्यसबेला राजा भान शाहलाई दाइजो के लिने भन्ने कुरामा उनले नमर्ने कृति दाइजो मागेका थिए ।

कुमाउ गडुवालबाट होरी दाइजोका रुपमा ल्याएर अछाम पुगेका राजा भानले त्यसमा प्रयोग हुने ढोल, टाम्को, झ्याली, होरीको बही र बाजा बजाउने जिताउरे दमाईलाई समेत सँगै लिएर आएका थिए । रानीको मन बहलाउन त्यहाँबाट ल्याएको होरी खेल्न सुरु भएको जनविश्वास छ । शिवरात्रिका दिन वैजनाथ धाममा सुरु गर्ने होरी पछि शिवालयबाट सुरु गर्ने चलन चल्यो । अष्टमीदेखि पूर्णिमासम्म बहीअनुसार बर्ज भाषामा खेल्न थालिएको होरी समयसँगै अछाममा विभिन्न स्थानमा खेल्न थालिएको इतिहासका जानकार पदमबहादुर रावलले बताए ।

समयको परिवर्तनसँगै विसं १९५०÷६० को दशकमा कस्मिरे पण्डितको नामले परिचित केवलानन्द डण्डी स्वामीले त्यो बर्ज भाषाको होरीलाई अछामको संस्कृतिअनुसार परिमार्जन गरेको पाइन्छ । “स्वामीले १९६० को दशकमा होरी संगित किताब लेख्नुभएको थियो । उहाँले पुरानो बर्ज शैलीलाई परिमार्जन गर्दै त्यसमा रामलीला र कृष्ण चरित्रमा आधारित रहेर होरीमा गाउने डेउडा (डेबरा) लेखेका थिए ।

डेबरालाई धार्मिक आस्थासँग ढाल्ने काम भयो’’, रावलले भने, “त्यतिमात्र नभई होरीलाई तालबद्ध र छन्दबद्ध गर्ने काम पनि स्वामीले गर्नुभएको थियो । उहाँले लेखेको पुस्तकमा होरीलाई १६ छन्दमा परिमार्जन गरेको पाइन्छ ।’’ त्यसमा प्रयोग हुने ढोल, ट्याम्को र झ्याली बजाउन साइमले दमाईलाई स्वामीले नै सिकाएको रावलले बताए ।

स्वामीले लेखेको पुस्तकमा ७४ डेबरा छन् । डेबरा रामलीलामा आधारित छन् । श्रीकृष्ण चरित्रमा आधारित ३९ वटा डेबरा लेखिएका छन् भने एउटा वंशावलीमा आधारित डेबरा लेखिएको छ । सुगाली बढिगाउँबाट रुपान्तरण भएको होरी त्यसपछि अछाम जिल्लाभर विस्तार भयो । अछामी समुदायको बाहुल्यता रहेको कैलालीको टीकापुरको होरीलाई विशेष महत्वका साथ हेरिने गरेको छ ।

महाशिवरात्रिको दिन होरीको उद्घाटन गरिन्छ । सेतो दाउरा सुरुवाल अथवा सेतो पाइजामा र पगरीमा सजिएर डेउडा शैलीमा अछामी होरी खेल्ने गरिन्छ । खलिफाले भनेको डेबरालाई लयमा ढाल्दै खुट्टाको पैताला मिलाउँदै खेलिन्छ । होरी खेल्नेहरु दुई भागमा विभाजन भएर एकले भनेको अर्को पछ्याउँदै होरी खेल्ने चलन अछामी समुदायमा छ ।

अष्टमीबाट खेल्न सुरु हुने होरी मङ्गला चरण डेबराबाट सुरु हुन्छ । स्वामीले तीनवटा मङ्गला चरण डेबरा बनाएका छन् । “नाचे सदा शिव बम भोला, नाचे सदा शिव बम भोला । “शङ्कर खेल त होरी रे लाल, शङ्कर खेल त होरी रे लाल’’, श्लोकबाट होरीको सुरुआत हुन्छ । त्यसपछि रामलीला र श्रीकृष्ण चरित्रमा रहेर डेबरा प्रस्तुत हुन्छन् ।

होरी खेल्दा डेबरा भन्नेलाई खलिफा भनिन्छ । बाजा बजाउनेलाई ताइपो भनिन्छ । देउडा शैली खुट्टाका पैताला मिलाउँदै खेलिने होरी फागुपूर्णिमाको दिन समापन गरिन्छ । “समापनको दिन चिर पोल्ने गरिन्छ । चिर पोलेको खरानीको टीका लगाएपछि होरी समापन भएको मानिन्छ । होरीका अर्का जानकार तपेन्द्रबहादुर रावलले भने, “पहिले चिर पोल्दा बलि दिने चलन भएपनि अहिले त्यो चलन छैन ।’’ चिर जलाइसकेपछि ‘रंगिलो होरी गैजान लाग्यो भटकिन लाग्यो छाती रे’ भन्दै अन्तिम डेबरा गाउँदै होरी समापन गरिन्छ ।

होरी लोप हुने खतरा बढ्दै

नयाँ पुस्ताले होरीमा चासो नदिएका कारण होरी लोप हुँदै जाने चिन्ता बढ्दै गएको छ । नयाँ पुस्तालाई होरीमा जोड्न नसकिए विस्तारै यो पर्व हराउँदै जानसक्ने बताइएको छ । त्यसबेलाको भाषा शैली अहिलेको युवा पुस्ताका लागि बुझ्न कठिन हुने बताउँदै रावलले त्यसलाई वर्तमान परिवेश सुहाउँदो परिमार्जन गर्नुपर्नेमा जोड दिए ।

अछामी होरीको विषयमा विद्यावारधि गरेको डा देवेन्द्र भट्टले लोक भाषा, लोक संस्कृतिलाई परिमार्जन गर्न नसकिने बताउँदै पुस्ता हस्तान्तरणमा पुरानो पिंढी सचेत बन्नुपर्ने बताए । ‘अछामी होरी’ नामक पुस्तकसमेत लेखेका भट्टले अछाममा होरी राजा भान शाहले ल्याएको भन्ने भएपनि होली प्राचीन समयदेखि नै खेलिँदै आएको पर्व भएको बताए ।

पुस्ता हस्तान्तरण हुन नसक्दा युवाहरूमा होरीप्रति आकर्षण बढ्न नसकेको पाइन्छ । स्थानीय युवा झनकराज तिमिल्सिना पुस्ता हस्तान्तरण हुन नसके केही वर्षपछि होरीको इतिहास सङ्कटमा पर्न सक्ने चिन्ता व्यक्त गर्छन् । उनले भने, “यहाँ सिकाउनेको अभाव छ । होरी खेल्दा पनि सिकाइको भावना नेतृत्वमा छैन । बिग्रेपछि हात समातेर खेलबाट निकाल्ने चलन छ ।’’

पुराना संस्कार र संस्कृतिको जगेर्ना गर्नका लागि युवाहरूलाई नेतृत्वमा ल्याउनुपर्ने स्थानीय समाजसेवी भानुभक्त जैशीले बताए । उनले संस्कृतिसँग जोडिएका संघसंस्थाहरुमा युवाहरूको सहभागिता नहुनुले पनि पुराना कुराहरू युवाहरू आकर्षणमा पर्न नसकेको बताए । रासस

  • राजाले दाइजो
आइतबार, चैत ११, २०८० मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
कांग्रेस कैलाली-५ को क्षेत्रीय सभापतिमा पडाल,सचिवमा सुवेदी
विपद्बाट ३५ जनाको मृत्यु
आज यी ६ प्रदेशमा वर्षाको सम्भावना
धनगढीमा जेई खोप अभियान : ४३ हजार ८७६ जनाले लगाए खोप
धनगढीका नगरप्रमुख गोपाल हमालले लगाए जेई रोग विरुद्धको खोप
असोज १७ देखि भीषण वर्षा हुने हल्लाकोपछि नलाग्न विभागको आग्रह

समाचार

सबै

कांग्रेस कैलाली-५ को क्षेत्रीय सभापतिमा पडाल,सचिवमा सुवेदी

विपद्बाट ३५ जनाको मृत्यु

आज यी ६ प्रदेशमा वर्षाको सम्भावना

धनगढीमा जेई खोप अभियान : ४३ हजार ८७६ जनाले लगाए खोप

कांग्रेस कैलाली-५ को क्षेत्रीय सभापतिमा पडाल,सचिवमा सुवेदी

विपद्बाट ३५ जनाको मृत्यु

आज यी ६ प्रदेशमा वर्षाको सम्भावना

धनगढीमा जेई खोप अभियान : ४३ हजार ८७६ जनाले लगाए खोप

विशेष

सबै
विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • ३ दिन 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • १ हप्ता 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • ३ हप्ता 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ३ हप्ता 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • ४ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • ४ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • ४ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • ४ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • १ महिना 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • १ महिना 

  • १.
    जंक फुडको बढ्दो मोह : नयाँ पुस्ताको

  • २.
    धनगढीमा ‘अल–न्यू हुन्डाई भेन्यु’ सार्वजनिक

  • ३.
    विपद् जोखिम न्यूनीकरणमा प्रदेश सरकार ‘हाई अलर्ट’मा

  • ४.
    धनगढीमा जेईविरुद्ध खोप अभियान सुरु, प्रमुख कुँवरले

  • ५.
    मनोकामना पूरा हुने विश्वास : १०८ फिटे

  • ६.
    कैलालीकाे दुई पालिकामा जेई खोप अभियानको अन्तिम

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

सञ्चालक/ कार्यकारी सम्पादक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.