• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
बुधबार, साउन १३, २०८३
☰
बुधबार, साउन १३, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

सरकार–डा. गोविन्द केसीबीच ७ बुँदे सहमति, केसीद्वारा सत्याग्रह अन्त्य
  • २ दिन 

डा. केसी र सरकारबिचको ७ बुँदे सहमतिपत्रमा के छ ? (पत्रसहित)
  • २ दिन 

गेटामा यसै वर्ष एमबीबीएस सुरु नभए म अनशन बस्छु’ : मेयर हमाल
  • २ दिन 

सरकारद्वारा शिक्षा र स्वाथ्यमा लगाएको कर फिर्ता
  • १ हप्ता 

बेलौरीमा चार विद्यालय समायोजन
  • २ हप्ता 

भानु जयन्तीको अवसरमा चैतन्यद्वारा कविता वाचन प्रतियोगिता आयोजना
  • ३ हप्ता 

शुक्लाफाँटाको दश वर्षे नगर शिक्षा योजना : मस्यौदामाथि छलफल
  • ४ हप्ता 

अत्यधिक गर्मीका कारण धनगढीका सबै विद्यालय ४ दिन बन्द हुने
  • १ महिना 

कक्षा १२ को नतिजा सार्वजनिक
  • १ महिना 

लोकप्रिय समाचार

  • १. गेटामा यसै शैक्षिक सत्रबाट एमबीबीएस पढाइ सुरु हुनुपर्छ : नगरप्रमुख हमाल

  • २. वनको अवरोधले सडक निर्माण रोकियो : हिलाम्मे बाटोले चुरेवासीलाई सास्ती

  • ३. नगर प्रमुख हमालको नेतृत्वमा शहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा सरसफाइ

  • ४. स्थगित भएको ‘कोरा धनगढी २०२६’, अब साउन ९ गते हुने

  • ५. कैलालीमा एक वर्षमा ५ सय ५८ नयाँ उद्योग थपिए

  • ६. धर्म मन्दिरमा होइन, निस्वार्थ सेवामा छ’ सरसफाइ अभियानकर्ता खड्का

  • ७. एक महिनामा ११० जना फरार प्रतिवादी पक्राउ

  • ८. स्वास्थ्य बिग्रिएपछि डा. गोविन्द केसी सेती अस्पतालको आईसीयूमा भर्ना

  • ९. चालकको लापरबाहीका कारण सवारी दुर्घटना बढ्दै

  • १०. गेटामा यसै वर्ष एमबीबीएस सुरु नभए म अनशन बस्छु’ : मेयर हमाल

‘आमा बचाउ’ अभियानबाट लाभान्वित हुँदै महिला

  •   शुक्रबार, चैत २३, २०८० मा प्रकाशित

अत्तरिया(कैलाली)- कैलालीको धनगढी उपमहानगरपालिकाले सञ्चालनमा ल्याएकोे ‘आमा बचाउ’ अभियानबाट ग्रामीण क्षेत्रका महिला लाभान्वित हुन थालेका छन् ।

अभियानअन्तर्गत रहेको निःशुल्क एम्बुलेन्स सेवाबाट ग्रामीण क्षेत्रका महिला लाभान्वित हुन थालेका हुन् । आमा र शिशुको स्वास्थ्यलाई मध्यनजर गर्दै गत आव २०७९र८० को मङ्सिर २१ गतेदेखि सुरु गरिएको ‘आमा बचाउ’ अभियानमा गर्भवती, प्रसव र सुत्केरीलाई निःशुल्क एम्बुलेन्स सेवा दिइँदै आएको उपमहानगरपालिकाका स्वास्थ्य शाखा प्रमुख योगेश अवस्थीले जानकारी दिए ।

उनका अनुसार अभियानमा सो अवस्थाका महिलालाई अस्पतालसम्म पु¥याउन उपमहानगरले हाल चार एम्बुलेन्सबाट सेवा दिइरहेको छ । एम्बुलेन्स प्रयोग गरेबापत कुनै शुल्क नलाग्ने उनले बताए । एउटा एम्बुलेन्स उपमहानगर आफैँले सञ्चालन गरिरहेको तथा तीन एम्बुलेन्स वडा नं १६, १८ र १९ बाट सञ्चालनमा रहेको उनले जानकारी दिए ।

‘आमा बचाउ’ अभियानमा चालु आवको फागुन मसान्तसम्म उपमहानगर क्षेत्रका तीन सय २२ गर्भवती, प्रसव र सुत्केरी अवस्थाका महिलाले निःशुल्क एम्बुलेन्स सेवा लिएको स्वास्थ्य शाखा प्रमुख अवस्थीले जानकारी दिए ।

निःशुल्क एम्बुलेन्स सेवा भएपछि प्रसूति सेवाका लागि अस्पताल लैजानुपर्ने महिलालाई निकै सहज भएको वडा नं १६ का वडाध्यक्ष रामलाल चौधरीले बताए । ‘ग्रामीण क्षेत्र भएकाले अन्य सवारीसाधन पाउन पनि कठिन हुन्छ’, उनले भने, ‘अहिले निःशुल्क एम्बुलेन्स सेवा हुँदा धेरै सहज भएको छ, आर्थिक अवस्था कमजोर भएकालाई झनै सहज भएको छ ।’

ग्रामीण क्षेत्रका महिलाको स्वास्थ्यावस्थालाई ध्यानमा राखेर ‘आमा बचाउ’ अभियान सुरु गरिएको नगरप्रमुख गोपाल हमालले बताए । ‘ग्रामीण क्षेत्रमा सवारीसाधन नपाउने, प्रसूति सेवाका लागि गोरुगाडा, ट्र्याक्टरमा अस्पताल ल्याउनुपर्ने अवस्था छ’, उनले भने, “त्यसले गर्दा आमा र शिशुको ज्यान जोखिममा हुने भएकाले उहाँहरुको स्वास्थ्यलाई मध्यनजर गर्दै ‘आमा बचाउ’ अभियान सञ्चालन गरिएको हो ।’

उपमहानगरपालिकाले आफूसँग भएका एम्बुलेन्सलाई आमा बचाउ अभियानमा प्रयोग गरेको नगरप्रमुख हमालले बताए । अभियानलाई वडाको मागअनुसार विस्तार गर्दै लैजाने उनको भनाइ छ । गत आव २०७९र८० मा ‘आमा बचाउ’ अभियानबाट उपमहानगर क्षेत्रका दुई सय ५८ महिलाले निःशुल्क एम्बुलेन्स सेवा लिएको उपमहानगरपालिकाले जनाएको छ । रासस

  • ‘आमा बचाउ’
शुक्रबार, चैत २३, २०८० मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
धनगढीमा युवती मृत्यु प्रकरण : ५ जनाविरुद्ध किटानी जाहेरी,श्रीमान पक्राउ
भारतले धौलीगङ्गा बाँध खोल्ने,महाकाली तटीय क्षेत्रमा सतर्क रहन आग्रह
देशभरका ओपीडी दोस्रो दिन पनि ठप्प
सुनसरी घटनामा संयमता अपनाउन प्रचण्डको आग्रह
सरकार परिवर्तनको तयारीमा जुटे दलहरू खगराज भट्ट मुख्यमन्त्री बन्ने पक्का
लागूऔषधसहित ४ जना पक्राउ

समाचार

सबै

धनगढीमा युवती मृत्यु प्रकरण : ५ जनाविरुद्ध किटानी जाहेरी,श्रीमान पक्राउ

भारतले धौलीगङ्गा बाँध खोल्ने,महाकाली तटीय क्षेत्रमा सतर्क रहन आग्रह

देशभरका ओपीडी दोस्रो दिन पनि ठप्प

सुनसरी घटनामा संयमता अपनाउन प्रचण्डको आग्रह

धनगढीमा युवती मृत्यु प्रकरण : ५ जनाविरुद्ध किटानी जाहेरी,श्रीमान पक्राउ

भारतले धौलीगङ्गा बाँध खोल्ने,महाकाली तटीय क्षेत्रमा सतर्क रहन आग्रह

देशभरका ओपीडी दोस्रो दिन पनि ठप्प

सुनसरी घटनामा संयमता अपनाउन प्रचण्डको आग्रह

विशेष

सबै
सरकार–डा. गोविन्द केसीबीच ७ बुँदे सहमति, केसीद्वारा सत्याग्रह अन्त्य
  • २ दिन 

डा. केसी र सरकारबिचको ७ बुँदे सहमतिपत्रमा के छ ? (पत्रसहित)
  • २ दिन 

गेटामा यसै वर्ष एमबीबीएस सुरु नभए म अनशन बस्छु’ : मेयर हमाल
  • २ दिन 

सरकारद्वारा शिक्षा र स्वाथ्यमा लगाएको कर फिर्ता
  • १ हप्ता 

बेलौरीमा चार विद्यालय समायोजन
  • २ हप्ता 

भानु जयन्तीको अवसरमा चैतन्यद्वारा कविता वाचन प्रतियोगिता आयोजना
  • ३ हप्ता 

शुक्लाफाँटाको दश वर्षे नगर शिक्षा योजना : मस्यौदामाथि छलफल
  • ४ हप्ता 

अत्यधिक गर्मीका कारण धनगढीका सबै विद्यालय ४ दिन बन्द हुने
  • १ महिना 

कक्षा १२ को नतिजा सार्वजनिक
  • १ महिना 

माछापुच्छ्रे बैंकद्वारा शैक्षिक सामग्री सहयोग
  • २ महिना 

  • १.
    गेटामा यसै शैक्षिक सत्रबाट एमबीबीएस पढाइ सुरु

  • २.
    वनको अवरोधले सडक निर्माण रोकियो : हिलाम्मे

  • ३.
    नगर प्रमुख हमालको नेतृत्वमा शहिद दशरथ चन्द

  • ४.
    स्थगित भएको ‘कोरा धनगढी २०२६’, अब साउन

  • ५.
    कैलालीमा एक वर्षमा ५ सय ५८ नयाँ

  • ६.
    धर्म मन्दिरमा होइन, निस्वार्थ सेवामा छ’ सरसफाइ

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

संचालक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.