• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
बुधबार, असोज १४, २०८३
☰
बुधबार, असोज १४, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • ३ दिन 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • १ हप्ता 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • ३ हप्ता 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ३ हप्ता 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • ४ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • ४ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • ४ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • ४ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • १ महिना 

लोकप्रिय समाचार

  • १. विपद् जोखिम न्यूनीकरणमा प्रदेश सरकार ‘हाई अलर्ट’मा छ : मुख्यमन्त्री भट्ट

  • २. धनगढीमा जेईविरुद्ध खोप अभियान सुरु, प्रमुख कुँवरले लगाए खोप सेतीमा

  • ३. मनोकामना पूरा हुने विश्वास : १०८ फिटे शिवलिंगमुनि हुर्कँदै कल्पवृक्ष

  • ४. कैलालीमा जेई खोप अभियान : हालसम्म ६३ हजार ४८२ जनाले लगाए खोप

  • ५. कैलालीकाे दुई पालिकामा जेई खोप अभियानको अन्तिम दिन : ५५ हजार बढीले लगाए खोप

  • ६. कैलालीमा जेई खोप अभियान : ८६ हजार ८६८ जनाले लगाए खोप

  • ७. सुदूरपश्चिममा विपद् प्रतिकार्यका लागि हेलिकप्टर तयारी अवस्थामा

  • ८. कैलालीमा जेई खोप अभियान : ७८ हजार ११० जनाले लगाए खोप

  • ९. धनगढीको बजार क्षेत्रमा हट्यो डुबानको समस्या, सडक र ढल व्यवस्थापनले दियो राहत

  • १०. कैलालीमा जेई खोप अभियान : ७१ हजार ५५४ जनाले लगाए खोप

सुदूरपश्चिम मुख्यमन्त्रीमा नाउपाकै दुई सांसदको दाबी पेस

  •   आइतबार, बैशाख ०२, २०८१ मा प्रकाशित

काठमाडौं- सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीका निम्ति नागरिक उन्मुक्ति पार्टीकै दुई प्रदेशसभा सदस्यले दाबी पेस गरेका छन् । प्रदेश प्रमुख नाजिर मियाँले समय दिएको अन्तिम दिन सो पार्टीकै दुई सांसदले मुख्यमन्त्रीमा दाबी पेस गरेका हुन् । उन्मुक्तिका संरक्षक रेशम चौधरीपक्षीय लक्ष्मणकिशोर चौधरी र अध्यक्ष रन्जीता श्रेष्ठ पक्षका कैलाश चौधरीले मुख्यमन्त्रीमा दाबी पेस गरेका छन् ।

सत्ता गठबन्धनमा सुदूरपश्चिमको मुख्यमन्त्री नागरिक उन्मुक्तिले लिने सहमति भएसँगै यसकै एक घटक नेकपा (एकीकृत समाजवादी) चिढिएको थियो । आफ्नो भागमा परेको मुख्यमन्त्री उन्मुक्तिलाई दिन खोजिएपछि चिढिएको एकीकृत समाजवादीले सुदूरपश्चिममा नेपाली कांग्रेसले समर्थन गरेका लक्ष्मणकिशोरलाई साथ दिएको छ । सत्ता गठबन्धनको निर्णयविरुद्ध एकीकृत समाजवादी सुदूरपश्चिम प्रदेश संसदीय दलले लक्ष्मणकिशोरलाई समर्थन जनाएको हो ।

एकीकृत समाजवादी संसदीय दलका नेता दीर्घ सोडारीले लक्ष्मणकिशोरलाई समर्थन जनाउँदै हस्ताक्षर गरेका छन् । लक्ष्मणकिशोरको समर्थनमा कांग्रेस दलका नेता कमलबहादुर शाह र नागरिक उन्मुक्ति दलका नेता घनश्याम चौधरीले पनि हस्ताक्षर गरेका छन् । उनीहरूले दाबी पेससँगै लक्ष्मणकिशोर मुख्यमन्त्री बन्ने जिकिर पनि गरेका छन् ।

यता, नागरिक उन्मुक्तिकै कैलाश चौधरीले पनि मुख्यमन्त्रीमा दाबी पेस गरेका छन् । पार्टीविरुद्ध लागेको भन्दै अध्यक्ष रन्जीता श्रेष्ठले घनश्याम चौधरीलाई हटाउँदै दलको नेतामा कैलाशलाई नियुक्त गरेकी थिइन् । आफू दलको नेता रहेको भन्दै कैलाशले नागरिक उन्मुक्तिका ६, नेकपा (माओवादी केन्द्र) र नेकपा (एमाले)का १०/१० र एक स्वतन्त्र गरी २७ सांसदको समर्थनसहित प्रदेश प्रमुखसमक्ष दाबी पेस गरेका हुन् ।

कैलाशले प्रदेशसभामा दलको विधान दर्ता नभएको अवस्थामा पार्टीकै विधानले काम गर्ने भएका कारण आफू आधिकारिक दलको नेता रहेको जिकिर गरे । आफू मुख्यमन्त्रीमा नियुक्त हुने उनको भनाइ छ । मुख्यमन्त्रीमा दुईजनाको दाबी पेस भएपछि प्रदेश प्रमुख नाजिर मियाँले कुनै निर्णय लिइसकेका छैनन् । मियाँ कानुनी तथा राजनीतिक सल्लाह लिएर निर्णय लिने पक्षमा छन् ।

“दुईजनाको दाबी पेस भएको छ । कुन विधिबाट निर्णय गर्ने भनेर अहिले केही भन्न सकिने अवस्था छैन,” प्रदेश प्रमुखको कार्यालयका निमित्त सचिव शैलेन्द्रराज ढुंगेलले भने, “प्रदेश प्रमुखले निर्णय लिनका लागि विधि निर्धारण गर्नुहुनेछ ।”

उनले प्रदेश प्रमुखले सनाखत लिने वा अरू कुनै निर्णय गरेमा कार्यान्वयनको जिम्मेवारी पूरा गर्ने बताए । दोहोरो दाबी हुँदा यसअघि कोसी प्रदेशमा सनाखतका निम्ति प्रदेशसभा सदस्यहरूलाई उपस्थित गराइएको थियो । माओवादी केन्द्रका इन्द्र आङबो र कांग्रेसका केदार कार्कीको दाबीपछि प्रदेश प्रमुखले प्रदेशसभा सदस्यहरूलाई बोलाएर सनाखत गराएका थिए । पहिलो चरणमा कांग्रेसका कार्की पक्षको सनाखतको बहुमत पुगेपछि प्रदेश प्रमुख परशुराम खापुङले उनलाई मुख्यमन्त्री नियुक्त गरेका थिए ।

सुदूरपश्चिम प्रदेशसभामा ११ सांसद रहेको माओवादी केन्द्रका तर्फबाट सभामुख बनेकाले ऊसँग १० प्रदेशसभा सदस्य छन् । त्यसमा एमालेसँग १० सांसद जोड्दा २० हुन्छ । एक स्वतन्त्र सांसद थपिँदा उनीहरूसँग २१ पुग्छ । त्यसबाहेक कम्तीमा पाँच सांसद नागरिक उन्मुक्तिबाट कैलाशको समर्थनमा नउभिए उनको बहुमत पुग्दैन ।

उता, मुख्यमन्त्री दाबी गरेका लक्ष्मणकिशोरका पक्षमा कांग्रेसका १८, एकीकृत समाजवादीका चार र राप्रपाका एक सांसदको समर्थन रहेकाले २३ प्रदेशसभा सदस्यको समर्थन निश्चित भएको छ । त्यसबाहेक उनले आफ्नो पार्टीका कम्तीमा तीन सांसद उपस्थित गराउन नसके बहुमत पुग्दैन ।

अहिले प्रदेश प्रमुखले संविधानको धारा १६८ (२) अनुसार एकभन्दा बढी दलको समर्थनसहित बहुमत पु¥याएर मुख्यमन्त्रीमा दाबी गर्न आह्वान गरेका हुन् । यसमा दलको निर्णय महत्त्वपूर्ण हुन्छ । तर, अरूलाई समर्थन गर्न गएको नभई संसदीय दलका नेतासहित नाउपाले नै दाबी गरेको हुँदा केन्द्रीय समिति र संसदीय दलको मध्ये कुन निर्णयले वैधानिकता पाउँछ भन्ने प्रश्न छ ।

नागरिक उन्मुक्ति पार्टीको विधानमा संसदीय दलको विधान पार्टीको केन्द्रीय समिति बैठकबाट अनुमोदन गरिएपछि लागु हुने व्यवस्था छ । तर, अहिलेसम्म प्रदेशसभा संसदीय दलको विधान केन्द्रीय समिति बैठकबाट अनुमोदन नगरेकाले मस्यौदाबाटै चलेको पाइएको छ । यस्तोमा संसदीय दल र पार्टीको मध्ये कुन निर्णय लागु हुने भन्ने निर्क्योल गर्न न्यायिक निरूपणमा पुग्नुपर्ने अवस्था आउन सक्छ ।

  • सांसदको दाबी
आइतबार, बैशाख ०२, २०८१ मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
चाडपर्वअघि अत्तरिया बजारमा अनुगमन तीव्र
डोटीमा शौचालयमा स्वास्थ्यकर्मी मृत फेला
सदनमा उठ्यो दोधारा चाँदनी झोलुङ्गे पुल क्षतिको विषय
निर्माणाधीन दार्चुला अस्पताल पुस मसान्तमा सम्पन्न हुने
सरकारी अस्पताल वरिपरि निजी स्वास्थ्य संस्था सञ्चालनमा रोक लगाउन ताकेता
दोधारा-चाँदनी झोलुङ्गे पुल चुँडियो

समाचार

सबै

डोटीमा शौचालयमा स्वास्थ्यकर्मी मृत फेला

सदनमा उठ्यो दोधारा चाँदनी झोलुङ्गे पुल क्षतिको विषय

निर्माणाधीन दार्चुला अस्पताल पुस मसान्तमा सम्पन्न हुने

सरकारी अस्पताल वरिपरि निजी स्वास्थ्य संस्था सञ्चालनमा रोक लगाउन ताकेता

डोटीमा शौचालयमा स्वास्थ्यकर्मी मृत फेला

सदनमा उठ्यो दोधारा चाँदनी झोलुङ्गे पुल क्षतिको विषय

निर्माणाधीन दार्चुला अस्पताल पुस मसान्तमा सम्पन्न हुने

सरकारी अस्पताल वरिपरि निजी स्वास्थ्य संस्था सञ्चालनमा रोक लगाउन ताकेता

विशेष

सबै
विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • ३ दिन 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • १ हप्ता 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • ३ हप्ता 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ३ हप्ता 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • ४ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • ४ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • ४ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • ४ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • १ महिना 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • १ महिना 

  • १.
    विपद् जोखिम न्यूनीकरणमा प्रदेश सरकार ‘हाई अलर्ट’मा

  • २.
    धनगढीमा जेईविरुद्ध खोप अभियान सुरु, प्रमुख कुँवरले

  • ३.
    मनोकामना पूरा हुने विश्वास : १०८ फिटे

  • ४.
    कैलालीमा जेई खोप अभियान : हालसम्म ६३

  • ५.
    कैलालीकाे दुई पालिकामा जेई खोप अभियानको अन्तिम

  • ६.
    कैलालीमा जेई खोप अभियान : ८६ हजार

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

सञ्चालक/ कार्यकारी सम्पादक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.