• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
मङ्गलबार, साउन १२, २०८३
☰
मङ्गलबार, साउन १२, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

सरकार–डा. गोविन्द केसीबीच ७ बुँदे सहमति, केसीद्वारा सत्याग्रह अन्त्य
  • १ दिन 

डा. केसी र सरकारबिचको ७ बुँदे सहमतिपत्रमा के छ ? (पत्रसहित)
  • १ दिन 

गेटामा यसै वर्ष एमबीबीएस सुरु नभए म अनशन बस्छु’ : मेयर हमाल
  • २ दिन 

सरकारद्वारा शिक्षा र स्वाथ्यमा लगाएको कर फिर्ता
  • १ हप्ता 

बेलौरीमा चार विद्यालय समायोजन
  • २ हप्ता 

भानु जयन्तीको अवसरमा चैतन्यद्वारा कविता वाचन प्रतियोगिता आयोजना
  • २ हप्ता 

शुक्लाफाँटाको दश वर्षे नगर शिक्षा योजना : मस्यौदामाथि छलफल
  • ३ हप्ता 

अत्यधिक गर्मीका कारण धनगढीका सबै विद्यालय ४ दिन बन्द हुने
  • १ महिना 

कक्षा १२ को नतिजा सार्वजनिक
  • १ महिना 

लोकप्रिय समाचार

  • १. गेटामा यसै शैक्षिक सत्रबाट एमबीबीएस पढाइ सुरु हुनुपर्छ : नगरप्रमुख हमाल

  • २. नगर प्रमुख हमालको नेतृत्वमा शहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा सरसफाइ

  • ३. सुदूरपश्चिममा एक महिनामा लागूऔषधसहित १७४ जना पक्राउ

  • ४. धनगढीमा आजदेखि भूमि प्रशासन सेवा उपमहानगरपालिकाबाटै

  • ५. स्थगित भएको ‘कोरा धनगढी २०२६’, अब साउन ९ गते हुने

  • ६. विश्वविद्यालय परिसर वरिपरि सरसफाई

  • ७. धर्म मन्दिरमा होइन, निस्वार्थ सेवामा छ’ सरसफाइ अभियानकर्ता खड्का

  • ८. कैलालीमा एक वर्षमा ५ सय ५८ नयाँ उद्योग थपिए

  • ९. २० रुपैयाँमै भरपेट शाकाहारी भोजन

  • १०. एक महिनामा ११० जना फरार प्रतिवादी पक्राउ

बाजुरामा ३३ हजार बिरूवा रोपिए

  •   शुक्रबार, बैशाख ०७, २०८१ मा प्रकाशित

बाजुरा– कृषि ज्ञान केन्द्र बाजुराको सहयोगमा यस आर्थिक वर्ष जिल्लामा ३३ हजार बढी हिउँदे फलफूलका बिरुवा रोपिएको छ । कृषि ज्ञान केन्द्र बाजुराको आर्थिक तथा प्राविधिक सहयोगमा जिल्लाका विभिन्न ठाउँमा ३३ हजार २९५ बिरुवा रोपिएको हो । ३६ वटा हिउँदे फलफुलका बगैचा स्थापना गर्ने उद्देश्यले विभिन्न प्रजातिका ३३ हजार बढी हिउँदे फलफूलका बिरुवा रोपिएको कृषि ज्ञान केन्द्र बाजुराका कार्यालय प्रमुख मीनप्रसाद जैशीले बताए ।

३५० बोटको एउटा किवी बगैंचा, २० हजार १४५ वोटको २३ वटा ओखर बगैंचा, १२ हजार ५५० बोटका ११ वटा स्याउ बगैंचा र ६ सय बोटको एउटा आरु बखडाको बगैंचा स्थापनाका लागि २९ वटा कृषि समूह, सहकारी संस्थाले ज्ञान केन्द्रको अनुदान सहयोग पाएर बिरुवा रोपेका प्रमुख जैशीले बताए । उनका अनुसार जिल्लामा ३६ वटा बगैंचा स्थापना गर्ने उद्देश्यले हिउँदे फलफूलका बिरुवा रोप्ने कार्य सम्पन्न भएको छ । उपयुक्त हावापानी र प्राविधिक ज्ञानअनुसार कृषकले बिरुवा रोप्ने कार्य सम्पन्न गरेका छन् ।

जिल्लाका विभिन्न ठाउँमा कुन विरुवा फल्छ भन्ने प्राविधिक अध्ययनअनुसार बिरुवा रोपिएको छ । हावापानी र मौषमअनुसारको विरुवा रोप्ने कार्य सम्पन्न भएको स्वामीकार्तिक कृषि तथा पशु पंक्षी फर्मका सञ्चालक कपुर शाहीले बताए । उनले पाचँ वर्ष पहिले आठ सय दाँते ओखरका बिरुवा रोपिएको र यस वर्ष थप ८५० गरी १ हजार ६५० बोट रोपिएको बताएका छन् । त्यस्तै कृषि ज्ञान केन्द्र बाजुराको ‘हराभरा कार्यक्रमअन्तर्गत’ पाचँ सय बोट ओखरका बिरुवा रोप्ने कार्य सम्पन्न भएको कालिका वहुउद्देश्यीय कृषि तथा पशु पंक्षी फर्मका सञ्चालक प्रभु कैलाले बताए छन् ।

प्राविधिक मापदण्डअनुसार खाडल र मलको व्यवस्थापन गरी पाँच सय बिरुवामध्ये तीन सय दाँते ओखर र दुई सय बिजु ओखर रोप्ने कार्य सम्पन्न भएको कैलाले बताए । बाजुरालाई तरकारी र फलफूलबाट समृद्ध बनाउनका लागि कृषि ज्ञान केन्द्र बाजुराले वर्षेनी बिरुवा रोपण अभियान सञ्चालन गर्ने गरेको छ । कृषकलाई अनुदान सहयोग दिएर वर्षेनी ३० हजार बढीका बिरुवा रोप्ने गरिएको छ । विगत केही वर्षदेखि निरन्तर रूपमा कृषि ज्ञान केन्द्रले ‘फलफूल रोपौं, कृषक पेन्सन कार्यक्रममा सहभागी बनौं’ भन्ने अभियान सञ्चालन गर्ने गरेको कार्यालय प्रमुख जैशीले बताए ।

सो अभियानमार्फत बिरुवा रोप्ने कार्य सञ्चालन हुँदै आएको छ । यस वर्षमात्रै थप ३३ हजार बढी फलफूलका बिरुवा रोपेर दुई सय हेक्टर क्षेत्रफल थपिएको कार्यालय प्रमुख जैशीले बताए । यसबाट जिल्लामा सामान्यस्तरको उत्पादन भएमा पनि पाँच वर्षपछि १० करोड बराबरको फलफूल उत्पादन हुने अनुमान गरिएको छ । जिल्लामा पछिल्लो समय च्याउदेखि स्याउसम्म, आलुदेखि सुन्तलासम्म, चौरीदेखि मौरीसम्मका व्यावसायिक रूपमा फलफूल खेतीको क्षेत्र विस्तार भइरहेको देखिन्छ ।

बाजुरालाई जहिले पनि गरिबी, रोक, भोक र अभावको जिल्ला भनेर चिनिने गरेको भए पनि पछिल्लो समय कृषि ज्ञान केन्द्र बाजुराको योगदान र कृषकको लगावले कृषिको अवसर र सम्भावनाको रूपमा चिनाउन थालिएको नागरिक अगुवा काशी विकले बताए । बाजुराले सधैं आयातमात्रै होइन निर्यात गर्न पनि सिक्नुपर्छ भन्ने धेयले बाजुरालाई स्थानीय उत्पादनमा आत्मनिर्भर बनाउन कृषि ज्ञान केन्द्रले फलफूल र तरकारीमा लगानी निरन्तर अनुगमन तथा कृषकको मनोबल बृद्धि गर्नसके अझै कृषि ब्यवासाय फस्टान सक्छ नागरिक अगुवा विकले बताए ।

बाजुराको हावापानी सुहाउँदो बालिको विकास गर्न यो वर्षमात्र जिल्लाको करिब दुई सय हेक्टर बांँझो जमिनमा ३३ हजार हिउँदे बिरुवा रोपेका छौं, बिरुवाको संरक्षण सम्वर्द्धन गर्नसके बाजुराका प्रतिपरिवारले चार पाँच लाख रुपैयाँ घरमै बसी बसी कमाउन सक्छन् । बृहत् स्याउ बगैंचाबाट अबको ५र६ वर्षपछि एक बोटबाट ३० किलोग्राम मात्रै स्याउ फलेमा पनि चार हजार पाँच सय क्विन्टल स्याउ उत्पादन भई किलोको एक सयका दरले बिक्री गर्न सकेमा करिब चार करोड ५० लाख रकममा ११५ कृषक परिवारको हातमा पर्ने कृषि ज्ञान केन्द्र बाजुराको अनुमान छ ।

यसले बाजुरा कृषिमा परनिर्भरता हट्ने छ कृषि ज्ञान केन्द्र बाजुराका प्रमुख जैशीको दाबी छ । बाजुरामा रोपिएका सबै बिरुवा हुकार्उन सके जिल्लामा पाँच वर्षपछि १० करोड रुपैयाँ बराबरको फलफूल निर्यात गर्न सकिने छ । फलफूल खेतीलाई व्यावसायिकता बनाउनका लागि बामे सर्न थालेको ग्रामीण सडक गाउँगाउँमा पुगेपछि कृषकले फलफूल नगदे बाली र अन्न बेचेर मनग्य आम्दानी बटुल्न सक्ने कृषिजानकारको भनाइ छ ।

बाजुरालाई जहिले पनि गरिबी र अभावको जिल्ला भनेर चिनिने गरेको भए पनि पछिल्ला समयमा कृषि ज्ञान केन्द्रको पहलकदमीमा कृषकको व्यावसायिक खेतीमा आकर्षण बढ्न थालेको छ । कृषि अवसर र सम्भावनाको जिल्लामा रूपान्तरित हुँदै गएको कृषि जानकार बताउँछन् । यस वर्षमात्रै बाजुराले दुई करोड बढीको कोदो, स्याउ, आलु, सिमि, मकै, भटमास, विभिन्न तरकारी र रैथाले बालि जिल्लाबाहिर निर्यात गर्न सफल भएको कृषि ज्ञान केन्द्र बाजुराले जनाएको छ । कारोबारबाट

  • बिरूवा रोपिए
शुक्रबार, बैशाख ०७, २०८१ मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
थारु समुदायले धनगढीमा ‘गुरही’ पर्व मनाउने
भदौ १७ गते ‘सुदूरपश्चिम गाईजात्रा सिजन-२’ हुने
लघुवित्त पीडितले माइतीघरमा सुरु गरे आमरण अनशन
विधि विज्ञान प्रयोगशालामा ल्याइने अधिकांश नमूना लागुऔषधका
सुनको मूल्य घट्यो
कैलालीमा एक वर्षमा ५ सय ५८ नयाँ उद्योग थपिए

समाचार

सबै

थारु समुदायले धनगढीमा ‘गुरही’ पर्व मनाउने

भदौ १७ गते ‘सुदूरपश्चिम गाईजात्रा सिजन-२’ हुने

लघुवित्त पीडितले माइतीघरमा सुरु गरे आमरण अनशन

विधि विज्ञान प्रयोगशालामा ल्याइने अधिकांश नमूना लागुऔषधका

थारु समुदायले धनगढीमा ‘गुरही’ पर्व मनाउने

भदौ १७ गते ‘सुदूरपश्चिम गाईजात्रा सिजन-२’ हुने

लघुवित्त पीडितले माइतीघरमा सुरु गरे आमरण अनशन

विधि विज्ञान प्रयोगशालामा ल्याइने अधिकांश नमूना लागुऔषधका

विशेष

सबै
सरकार–डा. गोविन्द केसीबीच ७ बुँदे सहमति, केसीद्वारा सत्याग्रह अन्त्य
  • १ दिन 

डा. केसी र सरकारबिचको ७ बुँदे सहमतिपत्रमा के छ ? (पत्रसहित)
  • १ दिन 

गेटामा यसै वर्ष एमबीबीएस सुरु नभए म अनशन बस्छु’ : मेयर हमाल
  • २ दिन 

सरकारद्वारा शिक्षा र स्वाथ्यमा लगाएको कर फिर्ता
  • १ हप्ता 

बेलौरीमा चार विद्यालय समायोजन
  • २ हप्ता 

भानु जयन्तीको अवसरमा चैतन्यद्वारा कविता वाचन प्रतियोगिता आयोजना
  • २ हप्ता 

शुक्लाफाँटाको दश वर्षे नगर शिक्षा योजना : मस्यौदामाथि छलफल
  • ३ हप्ता 

अत्यधिक गर्मीका कारण धनगढीका सबै विद्यालय ४ दिन बन्द हुने
  • १ महिना 

कक्षा १२ को नतिजा सार्वजनिक
  • १ महिना 

माछापुच्छ्रे बैंकद्वारा शैक्षिक सामग्री सहयोग
  • २ महिना 

  • १.
    गेटामा यसै शैक्षिक सत्रबाट एमबीबीएस पढाइ सुरु

  • २.
    नगर प्रमुख हमालको नेतृत्वमा शहिद दशरथ चन्द

  • ३.
    सुदूरपश्चिममा एक महिनामा लागूऔषधसहित १७४ जना पक्राउ

  • ४.
    धनगढीमा आजदेखि भूमि प्रशासन सेवा उपमहानगरपालिकाबाटै

  • ५.
    स्थगित भएको ‘कोरा धनगढी २०२६’, अब साउन

  • ६.
    विश्वविद्यालय परिसर वरिपरि सरसफाई

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

संचालक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.