• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
बुधबार, कार्तिक ११, २०८३
☰
बुधबार, कार्तिक ११, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै
  • १ दिन 

सहारा होटल म्यानेजमेन्ट र शैलेश्वरीका विद्यार्थीलाई स्वागत, पर्यटन क्षेत्रको व्यावहारिक अनुभव
  • २ हप्ता 

पत्रकार एवम् कथाकार यज्ञराज जोशीसहित दुई श्रष्टा सम्मानित
  • २ हप्ता 

हाम्रो सुदूरपश्चिम, हामी चिनाउँछौं’ अभियानअन्तर्गत २१ वटा बुकलेट विमोचन
  • २ हप्ता 

सीप सिकाउँदै साहरा ट्रेनिङ इन्स्टिच्युट,युवालाई आत्मनिर्भर बनाउने लक्ष्य
  • २ हप्ता 

धनगढीमा जेई खाेप अभियान :५९ हजार ३२५ जनाले लगाए खोप
  • ४ हप्ता 

‘समानता सिकाउने’ विद्यालयमै जातीय विभेदको आरोप, तीन शिक्षक पक्राउ
  • ४ हप्ता 

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • १ महिना 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • १ महिना 

लोकप्रिय समाचार

  • १. धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै

  • २. वाणिज्य कार्यालयद्वारा २ सय ८७ वटा व्यावसायिक फर्मको अनुगमन

  • ३. बझाङमा भिरबाट लडेर वडाध्यक्षको मृत्यु

  • ४. बडादसैँको तेस्रो दिन आज पनि टीका लगाउने क्रम जारी

  • ५. निङ्लासैनी देवी मन्दिरको १९औँ साधारण सभा सम्पन्न, पर्यटन गन्तव्य बनाउने प्रतिबद्धता

  • ६. एक महिनामा लागूऔषधसहित ४१ जना पक्राउ

  • ७. तिब्बतमा ७ म्याग्निच्यूडको भूकम्प : १६ जनाको मृत्यु

  • ८. लागूऔषध मुद्दाका फरार प्रतिवादी पक्राउ

  • ९. टिकटक लाइभबाट मासिक ६ लाखसम्म कमाइ

  • १०. आईसीसीको मान्यता र डीआरएससहित एनपीएल सिजन–३, टुर्नामेन्ट डाइरेक्टरको जिम्मेवारीमा धीरेन्द्र साउद

खेलकुदमा सुदूरपश्चिम अब्बल

  •   शुक्रबार, बैशाख ०७, २०८१ मा प्रकाशित

कञ्चनपुर- बझाङ्ग, बाजुरा र अछामलगायत सुदूरपश्चिमका केही पहाडी जिल्लाका खेलकुद विकास समितिका कार्यालय भाडाकै भवनबाटै सञ्चालन भइरहेका छन्। यहाँका अधिकांश स्थानमा खेलकुदका लागि पर्याप्त सुविधा छैन। कतिपय स्थानमा त आधारभूत सुविधा पनि उपलब्ध हुन नसकेको अवस्था छ।

यद्यपि खेलकुदमा आवश्यक लगानी र भौतिक पूर्वाधार अभावका बीच पनि यहाँका खेलाडीले आफूहरुलाई राष्ट्रियस्तरमा अब्बल सावित गरिरहेका छन्। उनीहरुले खेलमार्फत सुदूरपश्चिम प्रदेशको नाम उँचो बनाएका छन्। पालिका हुँदै जिल्ला र प्रदेशबाट छनौट भएका उनीहरुले १४औं केन्द्रस्तरीय राष्ट्रपति रनिङ प्रतियोगितामा सुदूरपश्चिमलाई प्रथम बनाए।

पर्याप्त खेल संचरना र प्रशिक्षक नहुँदा पनि यहाँका खेलाडीहरुको गरेको उच्च प्रर्दशनबाट सुदूरपश्चिम खेलकुद परिषद्का सदस्यसचिव दीपकबहादुर सिंहले खुसी व्यक्त गरे। १३औं राष्ट्रपति रनिङ सिल्डमा सात स्वर्णमै सीमित सुदूरपश्चिम यसपटक भने राष्ट्रपति रनिङ सिल्डमा १९ स्वर्ण, १२ रजत र १८ कास्य गरी ४९ पदकसहित शीर्ष स्थानमा रहेको भन्दै खेलाडीको प्रशंसा गरे।

प्रदेशमा ठूला खेल संचरनाका नाममा कञ्चनपुरको महेन्द्रनगरमा बहुउद्देश्यीय कबर्डहल, कैलालीको टीकापुरमा स्पोर्टस एकेडेमी र डडेल्धुरामा सुदूरपश्चिम प्रदेश सरकारको लगानीमा मिनी कवर्डहल बन्दैछन्। त्यसबाहेक पहाडी जिल्लामा खेलकुदको विकासमा आवश्यक लगानी हुन नसकेको जानकारहरु बताउँछन्।

‘सुदूरपश्चिम खेलकुदको हब भएको कुरा अहिलेको नतिजाबाट पनि प्रस्ट भएको छ’, सदस्यसचिव सिंहले भने, ‘केही खेलमा प्रशिक्षक उत्पादन र खेलकुदको समग्र विकासमा सरकारले लगानी बढाउने हो भने सुदूरपश्चिम अन्य प्रदेशको तुलनामा अझै अब्बल हुनेछ।’

हाँले महेन्द्रनगर र टीकापुरमा प्रदेश सरकारको १४÷१४ करोडको लगानीमा दुई ठूला खेलकुद संरचना बनेपछि खेलकुदको माहोल थप सशक्त हुनेमा विश्वास व्यक्त गरे। ‘एथ्लेटिक्स, कबड्डी, उसु, तेक्वान्दोलगायतका खेलमा हाम्रो राम्रो प्रर्दशन रह्यो’, उनले भने। उनले प्रतियोगिता अघि प्रदेशभरिका सबै खेलाडीलाई एक महिना बन्द प्रशिक्षणमा राखेर प्रशिक्षण दिइएको बताए।

उनका अनुसार सुदूरपश्चिमबाट ९८ जना खेलाडीका साथै प्रशिक्षक र व्यवस्थापक गरी एक सय १५ जना रनिङ सिल्डमा सहभागी भएका थिए। उनले लगातार रुपमा भइरहेका खेलकुद गतिविधिका कारण खेलाडीको प्रदर्शन सुधारिएको र सकारात्मक नतिजा आइरहेको बताए।

‘सुदूरपश्चिममा धनगढी र महेन्द्रनगरमा रङ्गशालासहित खेल संरचना व्यवस्थापन गर्न सके अझ बढी फड्को मार्न सकिन्छ’, उनले भने, ‘अझै १०÷१५ जना प्रदेशका खेल प्रशिक्षक थप आवश्यक छ।’

उनले यहाँका पहाडी जिल्लामा खेलकुद समिति नै भाडामा रहेको अवस्थामा प्रशिक्षकलगायत अन्य व्यवस्थापन पनि गर्न राज्यको ध्यान नपुगेको बताए। यति हुँदाहुँदै पनि राम्रो खेलाडी उत्पादन हुनु राम्रो भएको उनको बुझाइ छ। बक्सिङ्ग ओलम्पियन डम्बरदत्त भट्टले राष्ट्रपति रनिङ सिल्डमा सुदूरपश्चिमले ल्याएको नतिजाबाट प्रदेश खेलकुदमा अब्बल रहेको प्रष्ट भएको बताए

‘वीरेन्द्र सिल्डदेखि राष्ट्रपति सिल्ड पुग्दासम्म सुदूरपश्चिम प्रदेश राष्ट्रिय स्तरका खेलाडी उत्पादनमा अगाडि देखिएको छ’, भट्टले भने, ‘खेलाडीहरु सेवा सुविधाको अभाव र भविष्यको सुनिश्चितताको अन्यौलबीच उत्कृष्ट प्रर्दशन गरेका छन्। उनीहरुलाई जोगाउनका लागि सरकारको ध्यान दिनुपर्छ।’

उनले पनि खेलाडीहरुले एकपछि अर्को प्रतियोगितामा ल्याइरहेको सकारात्मक नतिजा सुरक्षित राख्न प्रदेश र स्थानीय सरकारले ध्यान दिनुपर्नेमा जोड दिए। ‘सुदूरपश्चिमको खेलकुद जगत्का लागि अहिलेको नतिजा ऐतिहासिक हो’, उनले भने, ‘अझै पनि नयाँ खेलाडीहरुको तन र मन खेलप्रति छ भन्ने पनि यसबाट देखिएको छ।’

केही समयअघि बाग्मती प्रदेश खेलकुद विकास समितिले आयोजना गरेको प्रथम अन्तर प्रदेशस्तरीय खेलकुद प्रतियोगितामा पनि सुदूरपश्चिमले उत्कृष्ट प्रर्दशन गरेको थियो। सो अन्तर प्रदेशस्तरीय खेलकुद प्रतियोगितामा सुदूरपश्चिमले २१ स्वर्ण, २९ रजत र २१ कास्यसहित दोस्रो स्थान ओगटेको थियो। –रासस

 

  • सुदूरपश्चिम अब्बल
शुक्रबार, बैशाख ०७, २०८१ मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
काठ ओसारपसार मुद्दाका एक फरार प्रतिवादी पक्राउ
जबरजस्ती करणीको आरोपमा युवक पक्राउ
चरेशसहित दुई जना पक्राउ
Ambika Prasad Ghimire: A Dedicated Taekwondo Athlete from Nepal
कैलालीमा भन्सार छलीको सामानसहित एक जना पक्राउ
कस्तो रहनेछ आजको मौसम ?

समाचार

सबै

काठ ओसारपसार मुद्दाका एक फरार प्रतिवादी पक्राउ

जबरजस्ती करणीको आरोपमा युवक पक्राउ

चरेशसहित दुई जना पक्राउ

Ambika Prasad Ghimire: A Dedicated Taekwondo Athlete from Nepal

काठ ओसारपसार मुद्दाका एक फरार प्रतिवादी पक्राउ

जबरजस्ती करणीको आरोपमा युवक पक्राउ

चरेशसहित दुई जना पक्राउ

Ambika Prasad Ghimire: A Dedicated Taekwondo Athlete from Nepal

विशेष

सबै
धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै
  • १ दिन 

सहारा होटल म्यानेजमेन्ट र शैलेश्वरीका विद्यार्थीलाई स्वागत, पर्यटन क्षेत्रको व्यावहारिक अनुभव
  • २ हप्ता 

पत्रकार एवम् कथाकार यज्ञराज जोशीसहित दुई श्रष्टा सम्मानित
  • २ हप्ता 

हाम्रो सुदूरपश्चिम, हामी चिनाउँछौं’ अभियानअन्तर्गत २१ वटा बुकलेट विमोचन
  • २ हप्ता 

सीप सिकाउँदै साहरा ट्रेनिङ इन्स्टिच्युट,युवालाई आत्मनिर्भर बनाउने लक्ष्य
  • २ हप्ता 

धनगढीमा जेई खाेप अभियान :५९ हजार ३२५ जनाले लगाए खोप
  • ४ हप्ता 

‘समानता सिकाउने’ विद्यालयमै जातीय विभेदको आरोप, तीन शिक्षक पक्राउ
  • ४ हप्ता 

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • १ महिना 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • १ महिना 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • २ महिना 

  • १.
    धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै

  • २.
    वाणिज्य कार्यालयद्वारा २ सय ८७ वटा व्यावसायिक

  • ३.
    बझाङमा भिरबाट लडेर वडाध्यक्षको मृत्यु

  • ४.
    बडादसैँको तेस्रो दिन आज पनि टीका लगाउने

  • ५.
    निङ्लासैनी देवी मन्दिरको १९औँ साधारण सभा सम्पन्न,

  • ६.
    एक महिनामा लागूऔषधसहित ४१ जना पक्राउ

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

सञ्चालक/ कार्यकारी सम्पादक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.