• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
बुधबार, असोज १४, २०८३
☰
बुधबार, असोज १४, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • ४ दिन 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • १ हप्ता 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • ३ हप्ता 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ३ हप्ता 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • ४ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • ४ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • ४ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • ४ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • १ महिना 

लोकप्रिय समाचार

  • १. विपद् जोखिम न्यूनीकरणमा प्रदेश सरकार ‘हाई अलर्ट’मा छ : मुख्यमन्त्री भट्ट

  • २. धनगढीमा जेईविरुद्ध खोप अभियान सुरु, प्रमुख कुँवरले लगाए खोप सेतीमा

  • ३. मनोकामना पूरा हुने विश्वास : १०८ फिटे शिवलिंगमुनि हुर्कँदै कल्पवृक्ष

  • ४. कैलालीमा जेई खोप अभियान : हालसम्म ६३ हजार ४८२ जनाले लगाए खोप

  • ५. कैलालीमा जेई खोप अभियान : ८६ हजार ८६८ जनाले लगाए खोप

  • ६. कैलालीमा जेई खोप अभियान : ७८ हजार ११० जनाले लगाए खोप

  • ७. सुदूरपश्चिममा विपद् प्रतिकार्यका लागि हेलिकप्टर तयारी अवस्थामा

  • ८. धनगढीको बजार क्षेत्रमा हट्यो डुबानको समस्या, सडक र ढल व्यवस्थापनले दियो राहत

  • ९. मस्टा-१ लाछीगाडमा ४ करोड ४५ लाखमा निर्माण भएको पक्की पुल उद्घाटन

  • १०. कैलालीमा जेई खोप अभियान : ७१ हजार ५५४ जनाले लगाए खोप

शुक्लाफाँटाका बासिन्दाको स्वास्थ्य सेवामा सहज पहुँच

  •   बिहिबार, बैशाख १३, २०८१ मा प्रकाशित

कञ्चनपुर- शुक्लाफाँटा नगरपालिकाका बासिन्दाको स्वास्थ्य सेवामा सहज रूपमा पहुँच पुगेको छ । वडा–वडामा स्वास्थ्य संस्था स्थापना भई सञ्चालनमा आएपछि स्थानीय बासिन्दाले घरदैलोमै स्वास्थ्य सेवा पाएका हुन् । नगरपालिकाका १२ वटै वडामा स्वास्थ्य संस्था स्थापना गरी सेवा सञ्चालन हुँदै आएको नगरपालिकाको स्वास्थ्य शाखाका प्रमुख परमाननद भट्टले बताए ।

उनका अनुसार स्वास्थ्य चौकी तीन, सहरी स्वास्थ्य केन्द्र दुई, आधारभूत स्वास्थ्य केन्द्र नौ गरी १४ स्वास्थ्य संस्था नगरपालिकामा सञ्चालनमा रहेका छन् । स्वास्थ्य संस्थासँगै खोप क्लिनिक २१, गाउँघर क्लिनिक दुई र माइक्रोस्कोपी केन्द्र चार रहेका छन् ।

“सबै स्वास्थ्य संस्थामा दक्ष स्वास्थ्यकर्मीको व्यवस्था गरिएको छ”, उनले भने, “बिरामीको अवस्था हेरी निःशुल्क रूपमा औषधि उपलब्ध गराउने व्यवस्था मिलाएका छौँ ।” सुरक्षित प्रसूतिका लागि पहिले महेन्द्रनगर, धनगढी लगायतका अस्पताल जानुपर्ने बाध्यता रहेको थियो । हाल चार स्वास्थ्य संस्थामा चौबीस घण्टे बर्थिङ सेन्टर सञ्चालनमा ल्याइएको छ ।

बर्थिङ सेन्टरमा रहेका तालिम प्राप्त दक्ष स्वाथ्यकर्मीले सुरक्षित रुपमा प्रसूति गराउँदै आएका छन् । चार स्वास्थ्य संस्थामा न्यून शुःल्कमा प्रयोगशाला सेवा उपलब्ध गराइँदै आएको शाखा प्रमुख भट्टको भनाइ छ ।

नगरपालिकाकै पुरानो वडा नं ४ असैनामा रहेको पिपलाडी स्वास्थ्य चौकीमा चिकित्सकीय सेवा उपलब्ध हुदै आएको छ । “चिकित्सकीय सेवा नहुँदा नगरपालिका क्षेत्रका बासिन्दाले टाढा जानुपर्ने अवस्था विगतमा थियो”, वडा नं ४ का वडाध्यक्ष कमल ठकुल्लाले भने, “त्यसै समस्यालाई मध्यनजर गरी नगरपालिकाबाटै तलब व्यहोर्ने गरी चिकित्सकको व्यवस्था गरिएपछि स्थानीयले सहज रुपमा सेवा लिँदै आएका छन् ।”

झलारी स्वास्थ्य चौकी र वडा नं ५ मा रहेको आधारभूत स्वास्थ्य संस्थालाई छाडेर अन्य वडामा रहेका स्वास्थ्य संस्थामा पक्की भवन निर्माण गरिएका छन् । स्वास्थ्य संस्थामा कार्यक्रम सञ्चालनका लागि मात्रै नगरपालिकाले आव २०८०/८१ मा रु ९८ लाख २२ हजार बजेट विनियोजन गरेकामा हालसम्म रु ४६ लाख ३१ हजार ७३ रकम खर्च गरेको छ ।

औषधी खरिदका लागि रु ४२ लाख रकम विनियोजन गरिएकामा रु १४ लाख ९५ हजार चार सय ८८ को औषधी खरिद गरिएको छ । चालु आवको हालसम्म स्वास्थ्य संस्थाबाट ३१ हजार सात सय ८९ जनाले उपचार सेवा पाएका छन् । खोप सेवा पाएका बालबालिका पाँच हजार एक सय चार, परिवार नियोजन सेवा तीन हजार एक सय ६१, सुरक्षित मातृत्व सेवाअन्तर्गत बर्थिङ सेन्टरमा तीन सय ५५ महिलाले सुत्केरी सेवा लिएका छन् ।

सुरक्षित गर्भपतन सेवा एक सय ८१ र घरमै पुगेर सुत्केरी भएका पाँच सय सात महिलालाई सेवा उपलब्ध गराइएको छ । एक हजार तीन सय ४२ जनाको गर्भजाँच गरिएको छ । छ हजार सात सय ६३ बालबालिकालाई पोषण सेवा उपलब्ध गराइएको छ । क्षयरोग कार्यक्रम सेवा ४७, कुष्ठरोग सेवा दुई र एचआइभी एड्स जाँच सेवा तीन सय ८० महिलालाई उपलब्ध गराइएको छ ।

“प्रदेश आपूर्ति व्यवस्थापन केन्द्र धनगढीमा आवश्यक समन्वय गरी अत्यावश्यक स्वास्थ्य उपकरण तथा औषधी व्यवस्थापनको कार्य गरेका छौँ”, शाखा प्रमुख भट्टले भने, “पिपलाडी स्वास्थ्य चौकीलाई एआरभी साइटमा दर्ता गरी रेबिज भ्याक्सिन सेवा सुरु गरेका छौँ, योसँगै सर्पदंश उपचार केन्द्र अर्जुनीमा मागबमोजिमको औषधी र उपकरण उपलब्ध गराउने कार्य हुँदै आएको छ ।” रासस

 

  • सेवामा सहज पहुँच
बिहिबार, बैशाख १३, २०८१ मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
धनगढीमा जेई खोप अभियान: ४९ हजार ९१४ जनाले लगाए खाेप
चाडपर्वअघि अत्तरिया बजारमा अनुगमन तीव्र
डोटीमा शौचालयमा स्वास्थ्यकर्मी मृत फेला
सदनमा उठ्यो दोधारा चाँदनी झोलुङ्गे पुल क्षतिको विषय
निर्माणाधीन दार्चुला अस्पताल पुस मसान्तमा सम्पन्न हुने
सरकारी अस्पताल वरिपरि निजी स्वास्थ्य संस्था सञ्चालनमा रोक लगाउन ताकेता

समाचार

सबै

धनगढीमा जेई खोप अभियान: ४९ हजार ९१४ जनाले लगाए खाेप

डोटीमा शौचालयमा स्वास्थ्यकर्मी मृत फेला

सदनमा उठ्यो दोधारा चाँदनी झोलुङ्गे पुल क्षतिको विषय

निर्माणाधीन दार्चुला अस्पताल पुस मसान्तमा सम्पन्न हुने

धनगढीमा जेई खोप अभियान: ४९ हजार ९१४ जनाले लगाए खाेप

डोटीमा शौचालयमा स्वास्थ्यकर्मी मृत फेला

सदनमा उठ्यो दोधारा चाँदनी झोलुङ्गे पुल क्षतिको विषय

निर्माणाधीन दार्चुला अस्पताल पुस मसान्तमा सम्पन्न हुने

विशेष

सबै
विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • ४ दिन 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • १ हप्ता 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • ३ हप्ता 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ३ हप्ता 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • ४ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • ४ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • ४ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • ४ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • १ महिना 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • १ महिना 

  • १.
    विपद् जोखिम न्यूनीकरणमा प्रदेश सरकार ‘हाई अलर्ट’मा

  • २.
    धनगढीमा जेईविरुद्ध खोप अभियान सुरु, प्रमुख कुँवरले

  • ३.
    मनोकामना पूरा हुने विश्वास : १०८ फिटे

  • ४.
    कैलालीमा जेई खोप अभियान : हालसम्म ६३

  • ५.
    कैलालीमा जेई खोप अभियान : ८६ हजार

  • ६.
    कैलालीमा जेई खोप अभियान : ७८ हजार

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

सञ्चालक/ कार्यकारी सम्पादक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.