धनगढी- बझाङ प्रदेशसभा १ मा शनिबार भएको उपनिर्वाचनको पछिल्लो मत परिणाम अनुसार एमालेलाई पछि पार्दै कांग्रेसका उम्मेदवारले अग्रता बनाएका छन् । २० हजार ३३ मत गणना हुँदा नेकपा एमालेलाई उछिन्दै नेपाली कांग्रेसले अग्रता बनाएको हो ।
नेपाली कांग्रेसका अभिषेकबहादुर सिंहले ७ हजार ४ सय ९२ मत ल्याएर अग्रस्थानमा छन् । एमालेका उम्मेदवार दमनबहादुर भण्डारीले ७ हजार २ सय २८ मत ल्याएर दोस्रो स्थानमा छन् । त्यस्तै नेकपा (माओवादी केन्द्र)का जनकबहादुर बुढाले २ हजार ८ सय ९५ मत ल्याएर तेस्रो स्थानमा छन् । नेकपा एकीकृत समाजवादीका दिलबहादुर सिंहले २ हजार १ सय २ मत प्राप्त गरेका छन् ।













