धनगढी- सुदूरपश्चिम प्रदेशका निबर्तमान मुख्यमन्त्री कमल बहादुर शाहले दक्षिण एसियाली कराँतेमा सफलता प्राप्त गरि आएपछि आफ्नो भत्ताबाट आउने १ लाख खेलाडीलाई पुरस्कार दिने घोषणा गरेका छन ।
शुक्रबार धनगढीमा आयोजित सुदूरपश्चिम प्रदेश स्तरिय कराँते छनोट प्रतियोगिताको उद्घाटन गर्दै निबर्तमान मुख्यमन्त्री शाहले सफलता प्राप्त गरि फर्के लगत्तै १ लाख दिने घोषणा गरेका हुन ।
आठौ दक्षिण एसियाली कराते प्रतियोगिताका लागि सुप कराँते महासंघले आज र भोली धनगढीमा संचालन गरेको प्रदेश स्तरिय छनोट प्रतियोगिता उद्घाटनमा निबर्तमान मुख्यमन्त्री शाहले आफू मुख्यमन्त्री हुदा खेलकुद क्षेत्रमा ठुलो बजेट छुट्याएको बताए ।
उनले अझै पनि आफू खेल क्षेत्रको विकासका लागि प्रतिबद्द रहेको बताए । शाहले अनुसाशन सबै भन्दा ठुलो कुरा रहेकाले अनुशासन कायम राख्न खेलाडीलाई आग्रह गरे । शाहले भने-अहिले नेपालको राजनितिमा अनुशासनको खडेरी देखिएको छ, राजनितिक दलले खेलाडीबाट अनुशासन सिक्न जरुरी छ ।













