• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
बिहिबार, असोज १५, २०८३
☰
बिहिबार, असोज १५, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • ४ दिन 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • १ हप्ता 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • ३ हप्ता 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ३ हप्ता 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • ४ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • ४ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • ४ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • ४ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • १ महिना 

लोकप्रिय समाचार

  • १. विपद् जोखिम न्यूनीकरणमा प्रदेश सरकार ‘हाई अलर्ट’मा छ : मुख्यमन्त्री भट्ट

  • २. पत्रिकाको हकरदेखि सफल खसीबोका व्यवसायीसम्म लोकेश बोहरा

  • ३. कैलालीमा जेई खोप अभियान : हालसम्म ६३ हजार ४८२ जनाले लगाए खोप

  • ४. कैलालीमा जेई खोप अभियान : ८६ हजार ८६८ जनाले लगाए खोप

  • ५. कैलालीमा जेई खोप अभियान : ७८ हजार ११० जनाले लगाए खोप

  • ६. सुदूरपश्चिममा विपद् प्रतिकार्यका लागि हेलिकप्टर तयारी अवस्थामा

  • ७. मस्टा-१ लाछीगाडमा ४ करोड ४५ लाखमा निर्माण भएको पक्की पुल उद्घाटन

  • ८. धनगढीको बजार क्षेत्रमा हट्यो डुबानको समस्या, सडक र ढल व्यवस्थापनले दियो राहत

  • ९. कांग्रेस महाधिवेशन प्रतिनिधिमा सुनार ५७ प्रतिशत मतसहित निर्वाचित

  • १०. कैलालीमा जेई खोप अभियान : ७१ हजार ५५४ जनाले लगाए खोप

शुक्लाफाँटामा कृष्णसारको संख्या तीन सय ११ पुग्याे

  •   शुक्रबार, जेठ ०४, २०८१ मा प्रकाशित

कञ्चनपुर- शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको हिरापुरफाँटामा संरक्षित कृष्णसारको सङ्ख्यामा वृद्धि भएको छ। बाह्य संरक्षण क्षेत्रबाट स्थानान्तरण गरेर ल्याइएका १२ वर्षको अवधिमा लोपोन्मुख प्रजातिका कृष्णसारको सङ्ख्या ४२ बाट बढेर तीन सय ११ पुगेको छ।

निकुञ्जमा वयस्क भाले ८१, अर्धवयस्क भाले ३१, वयस्क पोथी एक सय दुई, अर्धवयस्क पोथी ३८ र भर्खरै जन्मेका लिङ्ग पहिचान नभएका ३९ कृष्णसार संरक्षित रहेका छन्। हिरापुर फाँटाको ५८ दशमलव आठ हेक्टर क्षेत्रको चारैतिर हिंस्रक जनावरबाट जोगाउनका लागि तारजाली लगाएर कृष्णसारका लागि सुरक्षित बासस्थान बनाइएको छ।

‘निकुञ्जको संरक्षित क्षेत्रमा कृष्णसारको सङ्ख्या उत्साहजनक रुपमा बढेको छ’, निकुञ्जका सहायक संरक्षण अधिकृत तथा सूचना अधिकारी मनोज ऐरले भने, ‘संरक्षणकर्मीका लागि यो खुसीको कुरा हो, स्थानान्तरणको अभ्यास सफल भएको छ, निकै उत्साहित छौँ।’ उनका अनुसार चार वर्ष लगाएर बासस्थानको गहन रुपमा अध्ययनपश्चात् स्थानान्तरणको कार्य गरिएको थियो।

निश्चित क्षेत्रमा राखेर संरक्षण गरिएका कृष्णसारलाई प्राकृतिक बासस्थानमा छाड्नका लागि अध्ययनको कार्य भइरहेको छ। ‘प्राकृतिक क्षेत्रमा कृष्णसारलाई छाड्नका लागि उपयुक्त स्थान छनोटका लागि छलफलको कार्य भइरहेको छ’, अधिकृत ऐरले भने, ‘निकुञ्जले उपलव्ध गराउँदै आएको चना, मटर, मकैलगायत खुवाउने कार्य घटाउँदै लगेको छ।’

आफ्नै तरिकाले चर्नका लागि आत्मनिर्भर बनाउने प्रयास जारी रहेको जनाउँदै उनले हाल घाँसमा मात्रै निर्भर हुने तरिकाले चरन क्षेत्रको विस्तार गरिएको बताए। विस्तृत अध्ययनको कार्यपछि सन् २०१२ मा पहिलो पटक नेपालगञ्जको मिनी चिडियाखानाबाट दुई वयस्क, एक अर्धवयस्क भाले, चार वयस्क र एक अर्धवयस्क पोथी गरी आठ कृष्णसार स्थानान्तरण गरी हिरापुरफाँटामा ल्याइएको थियो।

त्यसको पाँच दिनपछि मिनी चिडियाखानाबाट अर्धवयस्क भाले तीन, वयस्क पोथी आठ र अर्धवयस्क पोथी तीन गरी १४ कृष्णसार स्थानान्तरण गरी ल्याइएको थियो। त्यसपछि सन् २०१२ कै अक्टुबर महिनामा जाउलाखेल सदरचिडियाखानाबाट तीन वयस्क भाले, दुई वयस्क पोथी र एक वर्ष नपुगेका बच्चा गरी छवटा कृष्णसार निकुञ्जको संरक्षित क्षेत्रमा ल्याइएको थियो।

सन् २०१५ मा कृष्णसार संरक्षित क्षेत्र खैरापुर बर्दियाबाट तीन वयस्क भाले, एक अर्धवयस्क भाले र १० वयस्क पोथी गरी १४ कृष्णसार स्थानान्तरण गरी ल्याइएको थियो। निकुञ्जमा कृष्णसार अघि विसं २०५८ मा चितवन राष्ट्रिय निकुञ्जबाट चार गैँडा स्थानान्तरण गरेर ल्याइएको थियो। यस वर्ष चितवनबाटै घडियाल गोही स्थानान्तरण गरेर ल्याइएको छ। स्थानान्तरण गरेर ल्याइएकामध्ये कृष्णसार र गैँडाको सङ्ख्या निकुञ्जमा उत्साहजनक रुपमा बढेको संरक्षण अधिकृत ऐरको भनाइ छ।

निकुञ्जको पूर्व पश्चिम राजमार्गको अर्जुनीफाँटाभन्दा उत्तर झन्डै चार किलोमिटरको दूरीमा कृष्णसारलाई संरक्षित गरिएको छ। संरक्षित क्षेत्रमा कृष्णसारका लागि खानेपानीका पोखरी, छहारीमा बस्न सेड हाउस ९छहारी घर०, चर्न घाँसेमैदान निर्माण गरिएका छन्। कृष्णसार अवलोकनका लागि पुग्ने पर्यटकको सुविधाका लागि मचानको व्यवस्था गरिएको छ। संरक्षित क्षेत्रमा पुग्ने सडकमा ग्राभेल राखेर पर्यटकको आवागमन सहज बनाइएको छ।

कृष्णसार संरक्षणमा खटिएका कर्मचारीका लागि सौर्य बत्ती जडान गरिएका आवास निर्माण गरिएका छन्। राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु ऐन २०२९ अनुसार कृष्णसारलाई संरक्षित वन्यजन्तुको सूचीमा सूचीकृत गरिएको छ। हाल बर्दियाको खैरापुर र शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको हिरापुरफाँटामा मात्रै कृष्णसारलाई संरक्षित गरेर राखिएको छ। रासस

 

  • कृष्णसारको संख्या
शुक्रबार, जेठ ०४, २०८१ मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
शनिवारीय महिला उद्यम बजार असोज २४ गतेदेखि पुनः सञ्चालन हुने
खोलामा पुल बन्यो, जाने बाटो छैन
देउवा पक्षको वडा अधिवेशन आज
कांग्रेस महाधिवेशन प्रतिनिधिमा सुनार ५७ प्रतिशत मतसहित निर्वाचित
पत्रिकाको हकरदेखि सफल खसीबोका व्यवसायीसम्म लोकेश बोहरा
लागूऔषधसहित ५ जना पक्राउ

समाचार

सबै

शनिवारीय महिला उद्यम बजार असोज २४ गतेदेखि पुनः सञ्चालन हुने

खोलामा पुल बन्यो, जाने बाटो छैन

देउवा पक्षको वडा अधिवेशन आज

कांग्रेस महाधिवेशन प्रतिनिधिमा सुनार ५७ प्रतिशत मतसहित निर्वाचित

शनिवारीय महिला उद्यम बजार असोज २४ गतेदेखि पुनः सञ्चालन हुने

खोलामा पुल बन्यो, जाने बाटो छैन

देउवा पक्षको वडा अधिवेशन आज

कांग्रेस महाधिवेशन प्रतिनिधिमा सुनार ५७ प्रतिशत मतसहित निर्वाचित

विशेष

सबै
विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • ४ दिन 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • १ हप्ता 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • ३ हप्ता 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ३ हप्ता 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • ४ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • ४ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • ४ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • ४ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • १ महिना 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • १ महिना 

  • १.
    विपद् जोखिम न्यूनीकरणमा प्रदेश सरकार ‘हाई अलर्ट’मा

  • २.
    पत्रिकाको हकरदेखि सफल खसीबोका व्यवसायीसम्म लोकेश बोहरा

  • ३.
    कैलालीमा जेई खोप अभियान : हालसम्म ६३

  • ४.
    कैलालीमा जेई खोप अभियान : ८६ हजार

  • ५.
    कैलालीमा जेई खोप अभियान : ७८ हजार

  • ६.
    सुदूरपश्चिममा विपद् प्रतिकार्यका लागि हेलिकप्टर तयारी अवस्थामा

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

सञ्चालक/ कार्यकारी सम्पादक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.