धनगढी- सुदूरपश्चिमको प्रदेश नीति तथा योजना आयोगको उपाध्यक्षमा गणेश बिके नियुक्त भएका छन् । मुख्यमन्त्री दीर्घबहादुर सोडारीले बिकेलाई आइतबार पद तथा गोपनीयताको शपथ गराएका छन् । झण्डै अढाइ दशकदेखि मानवधिकारको क्षेत्रमा क्रियाशील रहेका विक नेपाल कम्युनिष्ट पार्टी समाजवादीका पोलिटब्यूरो सदस्य हुन् ।













