धनगढी । नेपाली कांग्रेसको १५औँ महाधिवेशनका लागि कैलाली क्षेत्र नं. ५ बाट केन्द्रीय महाधिवेशन प्रतिनिधिमा युवा नेतृ प्रमिला लम्साल निर्वाचित भएकी छन् ।
लम्साल खुला महिलातर्फ उम्मेदवार बनेकि थिइन् । निर्वाचनमा उनी विजयी हुँदै महाधिवेशन प्रतिनिधि चयन भएकी हुन् ।
निर्वाचित भएपछि लम्सालले आफूलाई विश्वास गरी मतदान गर्ने कांग्रेसका नेता–कार्यकर्ता तथा शुभेच्छुकप्रति धन्यवाद व्यक्त गरेकी छन् ।
उनले पार्टीलाई थप सुदृढ र एकताबद्ध बनाउन आफूले प्रभावकारी भूमिका निर्वाह गर्ने प्रतिबद्धता पनि जनाएकी छन् ।













