काठमाडौं- शुक्रबार नेपाली बजारमा सुनको मूल्यले रेकर्ड कायम गरेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन तोलाको १ लाख ४२ हजार २ सय रूपैयाँ कारोबार हुँदै रेकर्ड बनाएको हो । शुक्रबार छापावाल सुन तोलामा १ हजार ७ सय रूपैयाँले बढेको छ ।
यता, तेजाबी सुनको मूल्य तोलाको १ लाख ४१ हजार ५ सय रूपैयाँ कायम भएको छ । शुक्रबार चाँदीको मूल्य भने तोलामा १५ रूपैयाँले घटेर प्रतितोला १ हजार ८ सय ८५ रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।













