धनगढी- विश्व नो टोबाको डेको अवसरमा मैत्रीपूर्ण फुटसल प्रतियोगिता सम्पन्न भएको छ। प्रादेशिक स्वास्थ्य प्रवर्द्धन केन्द्र धनगढी कैलालीको आयोजनामा आज फुटसल प्रतियोगिता सम्पन्न भएको हो ।
स्वास्थ्यकर्मी र खेलकुद पत्रकार मञ्च कैलाली बीच भएको मैत्रीपूर्ण फुटसल प्रतियोगितामा खेलकुद पत्रकार मञ्च कैलालीले जित हात पारेको छ । खेलकुद पत्रकार मञ्च १४-७ गोल अन्तरले विजयी भएको छ । पछिल्लो समय धुम्रपान मध्यपानकै कारण मानिसहरू क्यान्सर हुँदै मृत्युको मुखमा पुगिरहेको प्रादेशिक स्वास्थ्य प्रवद्र्धन केन्द्रका प्रमुख हेमराज खड्काले बताए । पछिल्लो युवा पुस्ता पनि धुम्रपानको कुलतमा फसिरहेका कारण यसको न्यूनीकरण गर्ने उद्देश्य सहित आज मैत्रीपूर्ण फुट्सल प्रतियोगिता आयोजना गरिएको खड्काले बताए । प्रादेशिक स्वास्थ्य प्रवर्द्धन केन्द्रले धुम्रपान मध्यपान सेवन नगर्न जनचेतना जगाउँदै आएको छ ।














