कैलाली र कंञ्चनपुरका बिभिन्न स्थानबाट अबैध भन्सार छलीका सामान बरामद गरेको छ ।
धनगढी २ ट्राफिक चौराहा र पुरानो भन्सार रोड, १० सालघारी ,१२ जुगेडाबाट अबैंध रुपमा
भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु३५,०१०।– बराबरको चिनी, पास्ता, साबुन, सुर्ती, बिडी, प्लाष्टिक झिल्ली, बोईलर कुखुरा लगायतका सामानहरु जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत कार्यालयबाट खटिएको प्रहरी गस्ती टोलीले सो सामान फेला पारी बरामद गरेको हो ।
त्यस्तै कञ्चनपुर भिमदत्त १७ बाँसखेडा र पुनर्वास ६ “ङ’ गाउ बाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएक अन्दाजी मूल्य रु३४,४००।– बराबरको पेय पदार्थ, मोवाइल चार्जर, डाटाकेवल, मोवाइल ग्लास लगायतका सामानहरु जिल्ला प्रहरी कार्यालय कञ्चनपुर मातहत कार्यालयबाट खटिएको प्रहरीगस्ती टोलीले फेला पारी नियन्त्रणमा लिई बरामद गरिएको जनाएको छ ।













