अशोक ज्वाला
धनगढी । सेती प्रादेशिक अस्पताल धनगढीले थप सेवा बिस्तार गरेको छ । अस्पतालले एमआरआई, आइसियु अब्जरबेशन ,इमरेजेन्सी वार्ड लगाएतका सेवा बिस्तार गरेको हो ।
त्यस्तै ल्याब,फार्मेसी, एकद्धार संकट ब्यबस्थापन,जनशक्ती ब्यबसथापन, ओपिडी, अप्रेसन थेयटर, सर्जिकल वार्ड र बिस्तारित स्वास्थ्य सेवा प्रदान गरेको सेती प्रादेशिक अस्पतालका ब्यबस्थापन समितीका अध्यक्ष नर बहादुर शाह निर्मलले निशाना न्युजलाई जानकारी दिए ।
खानेपानी फोहर , शौचालय बाथरुमको समेत ब्यबस्थापन गरिएको उनले बताए । साईकेट्रिक,नेप्रोलोजिष्ट,हेपाटोलोजिष्ट बिशेषज्ञ सेवा बाहेक अन्य सबेै बिशषज्ञ सेवा अस्पतालले दिदै आएको उनको भनाइ छ ।













