धनगढी । कैलाली र कंञ्चनपुरका बिभिन्न स्थानबाट प्रहरीले भन्सार छलिका ९ लाख बढीको सामान बरामद गरेको छ । मंगलबार साँझ कैलालीको धनगढी ४ बसपार्क, ७ देवरीया, ९ जुगेडागाँउ र १८ लुक्लीपुरबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु १,४७,५०० बराबरको चिनी, सुर्ती, मटर, पापड, सुपारी, बोईलर कुखुरा, मोटरसाइकल थान १ लगायतका सामानहरु जिल्ला प्रहरीकार्यालय
कैलाली तथा मातहत कार्यालयबाट खटिएको प्रहरी गस्ती टोलीले फेला पारी नियन्त्रणमा लिएको जनाएको छ । त्यसैगरी कञ्चनपुरको भिमदत्त ४ , १० तिनताराबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु ८,२४,९००।– बराबरको एयर फोन, डाटा केबल, मोबाइल ग्लास, चार्जर, पङ्खाका पत्ता, ब्रेक तार, साईकल ट्युब, साईकल घण्टी, पंखा, हार्डवरका समान, कुरकुरे, चुरोट, नमकिन, तरकारी
लगायतका सामानहरु जिल्ला प्रहरी कार्यालय कञ्चनपुर तथा मातहत कार्यालयबाट खटिएको प्रहरी गस्ती टोलीले फेला पारी नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
अबैध भन्सार छलिका ९ लाख बढीको सामान बरामद
अबैध भन्सार छलिका ९ लाख बढीको सामान बरामद
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार













