धनगढी- कैलालीको गौरीगङ्गाका नगरपालिका– ११ की एक किशोरी नदीमा बगेर बेपत्ता भएकी छन्।
बुधवार कान्तिपुर टोल र ऐँठा जोड्ने पुलबाट बगेर स्थानीय २० वर्षीया सुस्मिता चौधरी बेपत्ता भएकी हुन्। चौधरीलाई बिहान ९ बजे काठको पुल तर्ने क्रममा खोलाले बगाएको प्रहरीले जनाएको छ। खोलामा एक्कासी पानी बढेपछि चौधरीलाई बगाएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता कविन्द्रसिंह बोहराले जानकारी दिए। चौधरीको खोजी भइरहेको प्रहरीले जनाएको छ।













