काठमाडौँ । कोपा–अमेरिका फुटबलमा उरुग्वेलाई हराउँदै कोलम्बिया फाइनल प्रवेश गरेको छ । प्रतियोगिताको ४८औँ संस्करणमा आज बिहान भएको दोस्रो सेमिफाइनल खेलमा कोलम्बियाले १–० गोलअन्तरले उरुग्वेलाई हराएको हो ।
कोलम्बियाको जितमा जेफरसन लेर्माले ३९ मिनेटमा गरेको गोल नै निर्णायक बन्यो । अव उपाधिको लागि कोम्बियाले अर्जेन्टिनाको सामना गर्नेछ । कोलम्बिया समूह ‘डी’ को विजेता बन्दै नकआउट चरणमा पुगेको थियो ।
कोलम्बियाले तीनमध्ये दुई खेलमा जित र एक खेलमा बराबरीको नतिजा निकाल्यो ।














