कैलाली । अत्तरिया हस्पिटल प्रालिले बिरामीको अवस्थालाई मध्यनजर गर्दै अत्याधुनिक सेवा विस्तार गरेको छ ।अत्तरियामा रहेको सो अस्पतालले विभिन्न सेवा विस्तार गरी विरामीको उपचारमा सकृय भएको हो ।
अस्पतालले जनरल तथा ल्याप्रोस्कोपिक सर्जरी सेवा,जनरल फिजिसियन सेवा,हाडजोर्नी तथा नसा रोग सेवा दिदै आएको हस्पिटलका प्रशासन प्रमुख डिल्ली पाठकले निशाना न्युजलाई जानकारी दिए ।
त्यस्तै स्त्रीरोग तथा प्रसुती ,बालरोग विशेषज्ञ,नाक कान तथा घाँटी रोग बिशेषज्ञ सेवा पनि अस्पतालले दिदै आएको उनले बताए ।
उनले छाला यौनरोग तथा सौन्दर्य मुटुरोग,भिडियो एक्सरे,मानसिक रोग र युरो तथा मुत्र रोग विशेषज्ञ सेवा पनि रहेको वताए ।
अस्पतालले निकट भविष्यमा सिटीस्क्यान सेवा दिने अन्तिम तयारी भइरहेको उनले वताए । अहिले १२ जना बिशेषज्ञ चिकित्सकले सेवा दिईरहेका छन उनले भने महिनाको एक चोटी मानसिक रोग सम्वन्धी सेवा पनि दिदै छौ ।














