• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
बिहिबार, साउन १४, २०८३
☰
बिहिबार, साउन १४, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

सरकार–डा. गोविन्द केसीबीच ७ बुँदे सहमति, केसीद्वारा सत्याग्रह अन्त्य
  • ३ दिन 

डा. केसी र सरकारबिचको ७ बुँदे सहमतिपत्रमा के छ ? (पत्रसहित)
  • ३ दिन 

गेटामा यसै वर्ष एमबीबीएस सुरु नभए म अनशन बस्छु’ : मेयर हमाल
  • ३ दिन 

सरकारद्वारा शिक्षा र स्वाथ्यमा लगाएको कर फिर्ता
  • १ हप्ता 

बेलौरीमा चार विद्यालय समायोजन
  • २ हप्ता 

भानु जयन्तीको अवसरमा चैतन्यद्वारा कविता वाचन प्रतियोगिता आयोजना
  • ३ हप्ता 

शुक्लाफाँटाको दश वर्षे नगर शिक्षा योजना : मस्यौदामाथि छलफल
  • ४ हप्ता 

अत्यधिक गर्मीका कारण धनगढीका सबै विद्यालय ४ दिन बन्द हुने
  • १ महिना 

कक्षा १२ को नतिजा सार्वजनिक
  • १ महिना 

लोकप्रिय समाचार

  • १. वनको अवरोधले सडक निर्माण रोकियो : हिलाम्मे बाटोले चुरेवासीलाई सास्ती

  • २. गेटामा यसै शैक्षिक सत्रबाट एमबीबीएस पढाइ सुरु हुनुपर्छ : नगरप्रमुख हमाल

  • ३. नगर प्रमुख हमालको नेतृत्वमा शहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा सरसफाइ

  • ४. स्थगित भएको ‘कोरा धनगढी २०२६’, अब साउन ९ गते हुने

  • ५. कैलालीमा एक वर्षमा ५ सय ५८ नयाँ उद्योग थपिए

  • ६. धर्म मन्दिरमा होइन, निस्वार्थ सेवामा छ’ सरसफाइ अभियानकर्ता खड्का

  • ७. एक महिनामा ११० जना फरार प्रतिवादी पक्राउ

  • ८. स्वास्थ्य बिग्रिएपछि डा. गोविन्द केसी सेती अस्पतालको आईसीयूमा भर्ना

  • ९. धनगढीमा ‘राष्ट्रपति होइन, राजा चाहिन्छ’ भन्दै हस्ताक्षर अभियान सुरु

  • १०. गेटामा यसै वर्ष एमबीबीएस सुरु नभए म अनशन बस्छु’ : मेयर हमाल

टीकापुर अस्पतालमा जनशक्ति व्यवस्थापन भएसँगै उपचारमा थप सहज

  •   शुक्रबार, साउन १८, २०८१ मा प्रकाशित

भजनी- कैलालीको टीकापुर अस्पतालमा स्वास्थ्य उपचार सेवामा विस्तार भएसँगै उपचारका लागि अन्यत्र गएर स्वास्थ्य उपचार गर्नुपर्ने बाध्यता कम हुँदै गएको छ । अस्पतालमा विशेषज्ञ सेवा विस्तारसँगै उपचारका लागि नेपालगञ्ज, धनगढीलगायत जानुपर्ने बाध्यता कम हुँदै गएको हो ।

टीकापुरका खुशीराम चौधरीले विगतमा जस्तो सामान्य उपचारका लागि बाहिर जानुपर्ने बाध्यता कम भएको बताउँछन् । “पहिला उपचारका लागि जाँदा राम्रोसँग उपचार हुन्थेन । अस्पतालको फार्मेसीमा औषधि पाउने कुरा त धेरै परको कुरा थियो”, उनी भन्छन्, “अहिले उपचार पनि छ । फार्मेसीमा औषधि पनि । नागरिकहरुलाई ठूलो राहत भएको छ ।”

बर्दिया गेरुवा गाउँपालिकाका जङ्गबहादुर चौधरी बुवाको उपचारका लागि टीकापुर अस्पतालमा आए । उनले बाहिर गएर पाउने सेवा टीकापुरमा पाउँदा यातायातमा लाग्ने ठूलो रकम बचत भएको बताए । अस्पतालमा स्वास्थ्य जनशक्ति व्यवस्थापनसहित उपचारमा सहजता हुँदा दैनिक बर्दियाबाट उपचारका लागि आउनेको स¬ङ्ख्या बढेको बताए । “पहिले छिमेकीहरुमा उपचारका लागि नेपालगञ्ज जाने कुरा चल्थ्यो भने आजकाल टीकापुर जाने कुरा चलेको बढी सुनिन्छ”, उनी भन्छन्, “म आफैँ पनि नेपालगञ्ज जाने गर्थे, आजभोलि सामान्य समस्या आयो भने पनि टीकापुर पुग्छौँ ।”

क्षमता भएको व्यक्ति नेतृत्वमा हुँदा काम गर्न समस्या छैन भन्ने कुराको उदाहरण यतिबेला टीकापुर अस्पताल बनेको छ । डेढ वर्ष पहिले अस्पतालमा दुई तीन जना विशेषज्ञले सेवा दिँदै आएको देख्न पाइन्थ्यो । त्यतिमात्र होइन सामान्य बिरामी भएर अस्पताल पुग्दा चिकित्सक भन्दा अगाडि एम्बुलेन्स पुग्ने टीकापुर अस्पतालमा यतिबेला अधिकांश समस्याको उपचार सम्भव भएको छ । अस्पतालले अहिले १० प्रकारको विशेषज्ञ सेवा प्रदान गर्दै आएको छ । अस्पतालसँग १७ जना विशेषज्ञ चिकित्सक छन् ।

अस्पतालमा दुई जना बालरोग विशेषज्ञ, प्रसुति तथा स्त्रीरोग विशेषज्ञ तीनजना, एम डी।जि। पि। एक जना, जनरल सर्जरी दुई जना, ऐनेस्थेसिया दुई जना,फिजिसियन दुई जना, नाक, कान, घाँटीको एक जना विशेषज्ञ चिकित्सकले अस्पतालमा सेवा दिँदै आएका छन् । त्यसैगरी हाडजोर्नीको तीन जना, रेडियोलोजिष्ट एक जना विशेषज्ञ चिकित्सक अस्पतालमा कार्यरत रहेको अस्पताल विकास समितिका अध्यक्ष झपटबहादुर सोडारीले बताएका छन् ।

उनका अनुसार अस्पतालमा आठ जना मेडिकल अधिकृत र दुईजना डेन्टल सर्जनले काम गरिरहेको छ । त्यसमध्ये एक जना बालरोग विशेषज्ञ र एकजना प्रसुति तथा स्त्रीरोग विशेषज्ञ टीकापुर नगरपालिकाले व्यवस्थापन गर्दै आएको छ ।

चिकित्सकहरुको व्यवस्थापनसँगै संरचनागत रुपमा पनि अस्पताल बलियो बन्दै गएको छ । सुदूरपश्चिम प्रदेश सरकार र कोइकाको अस्पतालमा ठूलो सहयोग रहेको अध्यक्ष सोडारीको भनाइ छ । “अस्पतालमा सघन उपचार कक्ष साथै भेन्टिलेटर पनि प्रयोगमा ल्याएका छौँ । उपचारका लागि चिकित्सकको व्यवस्थापनसँगै आवश्यक उपकरणको पनि व्यवस्था गर्न सफल भएका छौँ ।“ अध्यक्ष सोडारीले भने, “अब अस्पतालमा सिटिस्क्यान सेवा जोड्न बाँकी छ । त्यसका लागि प्रदेश सरकारसँग समन्वय भइरहेको छ ।”

अस्पतालको आकस्मिक कक्षमा सेवाग्राहीलाई लक्षित गर्दै एसी जडान गरिएको छ । अस्पतालको ओपिडी सेवा ८ बजेदेखि सञ्चालन हुँदै आएको छ । ज्येष्ठ नागरिकलाई लक्षित गरेर शनिबार पनि ओपिडी सञ्चालन अस्पतालले गर्दै आएको छ । “अस्पतालले विकासको एउटा चरण पार गरेको छ । अब भएको जनशक्तिलाई व्यवस्थापन गरेर स्वस्थ्य सेवा दिनसक्यो भने अस्पताल सफल भएको मान्न सकिनेछ”, अध्यक्ष सोडारी भन्छन्, “अब सिटिस्क्यान र छाला रोग विशेषज्ञ सेवाका लागि अस्पतालले समन्वय गर्दै आएको छ ।”

चिकित्सकलाई सहज रुपमा काम गर्ने वातावरण बनाउनसके जनशक्तिको समस्या नहुने अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा रेमकुमार राई बताउँछन् । उनले छोटो समयमा अस्पताल व्यवस्थापन समितिको इच्छाशक्तिले स्वस्थ्य क्षेत्रमा अस्पतालले ठूलो सफलता हासिल गरेको बताए ।

टीकापुरलगायत आसपासमा छिमेकी पालिका र लुम्बिनी प्रदेशको बर्दिया जिल्लाका र कर्णाली प्रदेशको सुर्खेतबाट पनि अस्पतालमा उपचारका लागि आउने बिरामीको सङ्ख्यामा वृद्धि भएको छ । स्थानीय छिमेकी पालिकाले सहयोग गर्नसके अझै अस्पतालको स्तर वृद्धिमा सहज हुने अस्पताल प्रशासनको भनाइ छ । रासस

शुक्रबार, साउन १८, २०८१ मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट
बिचौलियाका कारण केरा उत्पादक र उपभोक्ता मारमा
कुटपिटबाट श्रीमतिको मृत्यु,श्रीमान पक्राउ
सुदूरपश्चिम सरकार गठनअघि नेकपाभित्र किन बढ्दैछ शक्ति परीक्षण?
राष्ट्रिय परिचयपत्र बनाउनेको चाप : सेवाग्राहीलाई सास्ती
यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना

समाचार

सबै

आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट

बिचौलियाका कारण केरा उत्पादक र उपभोक्ता मारमा

कुटपिटबाट श्रीमतिको मृत्यु,श्रीमान पक्राउ

सुदूरपश्चिम सरकार गठनअघि नेकपाभित्र किन बढ्दैछ शक्ति परीक्षण?

आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट

बिचौलियाका कारण केरा उत्पादक र उपभोक्ता मारमा

कुटपिटबाट श्रीमतिको मृत्यु,श्रीमान पक्राउ

सुदूरपश्चिम सरकार गठनअघि नेकपाभित्र किन बढ्दैछ शक्ति परीक्षण?

विशेष

सबै
सरकार–डा. गोविन्द केसीबीच ७ बुँदे सहमति, केसीद्वारा सत्याग्रह अन्त्य
  • ३ दिन 

डा. केसी र सरकारबिचको ७ बुँदे सहमतिपत्रमा के छ ? (पत्रसहित)
  • ३ दिन 

गेटामा यसै वर्ष एमबीबीएस सुरु नभए म अनशन बस्छु’ : मेयर हमाल
  • ३ दिन 

सरकारद्वारा शिक्षा र स्वाथ्यमा लगाएको कर फिर्ता
  • १ हप्ता 

बेलौरीमा चार विद्यालय समायोजन
  • २ हप्ता 

भानु जयन्तीको अवसरमा चैतन्यद्वारा कविता वाचन प्रतियोगिता आयोजना
  • ३ हप्ता 

शुक्लाफाँटाको दश वर्षे नगर शिक्षा योजना : मस्यौदामाथि छलफल
  • ४ हप्ता 

अत्यधिक गर्मीका कारण धनगढीका सबै विद्यालय ४ दिन बन्द हुने
  • १ महिना 

कक्षा १२ को नतिजा सार्वजनिक
  • १ महिना 

माछापुच्छ्रे बैंकद्वारा शैक्षिक सामग्री सहयोग
  • २ महिना 

  • १.
    वनको अवरोधले सडक निर्माण रोकियो : हिलाम्मे

  • २.
    गेटामा यसै शैक्षिक सत्रबाट एमबीबीएस पढाइ सुरु

  • ३.
    नगर प्रमुख हमालको नेतृत्वमा शहिद दशरथ चन्द

  • ४.
    स्थगित भएको ‘कोरा धनगढी २०२६’, अब साउन

  • ५.
    कैलालीमा एक वर्षमा ५ सय ५८ नयाँ

  • ६.
    धर्म मन्दिरमा होइन, निस्वार्थ सेवामा छ’ सरसफाइ

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

संचालक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.