धनगढी- क्यान्सर रोगबाट पीडित डोटीको शिखर नगरपालिका–१ डाँडागुमका ६७ वर्षीय मनीराम दमाईको उपचारमा समस्या भएको छ । आर्थिक अभावका कारण मनीरामको उपचारमा समस्या भएको हो ।
एक वर्ष पहिले चितवनको वीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा चेकजाँचबाट क्यान्सर भएको थाहा मनीरामका भाइ लालबहादुर दमाईले बताए ।
मनीरामको घाँटीमा क्यान्सर भएको उनले बताए । उनले भने–‘हाम्रो पारिवारको आर्थिक अवस्था एकदमै कमजोर छ । क्यान्सर जस्तो रोगको उपचार गर्न पैँसा पनि धेरै लाग्ने भयो । त्यसैले उपचारमा समस्या भएको छ ।’
लालबहादुरले उपचारमा सहयोगका लागि मनकारी महानुभावहरुमा अपील गरेका छन् । उनले भने ‘आर्थिक अभावले उपचार गर्न नसक्ने भएका छौँ । त्यसैले सहयोगको अपील गरेका हौँ ।
उपचारमा सहयोग गर्न चाहने महानुभावहरुले लालबहादुर दमाईको नाममा एभरेष्ट बैंक लिमिटेड दिपायल डोटीमा रहेको खाता नं. ०७७००५२५२००१२१ मा पैँसा जम्मा गर्न वा ९८०६४६३६८६ मा सम्पर्क गर्न सकिने उनले बताए ।













