• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
शनिबार, भदौ २७, २०८३
☰
शनिबार, भदौ २७, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • १२ घण्टा 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ६ दिन 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • १ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • १ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • २ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • २ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • ३ हप्ता 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • ३ हप्ता 

रेडियोग्राफी पढ्नेलाई सरकारीदेखि निजी अस्पतालसम्म रोजगारीको अवसर छ : प्रमुख बुडा
  • १ महिना 

लोकप्रिय समाचार

  • १. विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी गर्दै हेमन्त खरेल

  • २. अत्तरियाबाट २४ वर्षीय अनिश बम सम्पर्कविहीन, खोजी गरिदिन परिवारको आग्रह

  • ३. एक दशकपछि चैनपुर खानेपानी उपभोक्ता समितिको निर्वाचन, अध्यक्षमा लोकेन्द्र विष्ट विजयी

  • ४. बझाङ जिल्ला अस्पताल ५० शय्यामा स्तरोन्नति गर्न माग

  • ५. मुक्त हलियाका समस्या समाधान गर्न प्रदेश सरकार प्रतिवद्ध : मुख्यमन्त्री भट्ट

  • ६. बझाङको विकासमा दलगत स्वार्थ त्याग्न सांसद महरको आग्रह

  • ७. धनगढीमा ‘भलमन्सा प्रथा संरक्षण तथा विकास ऐन २०८३’ बारे अभिमुखीकरण

  • ८. हलिया मुक्तिका १८ वर्ष पूरा : पुनःस्थापनाका काम अझै अधुरा

  • ९. कैलालीका तीन पालिकामा जापानिज इन्सेफलाइटिसविरुद्ध खोप अभियान सञ्चालन हुने

  • १०. विश्व हिन्दू परिषद्को रक्तदान कार्यक्रममा ५० जनाले गरे रक्तदान

गेटा अस्पतालमा बिरामी आएनन्

  •   शुक्रबार, भदौ ०७, २०८१ मा प्रकाशित

धनगढी- ओपिडीमा आएका विरामीलाई भर्ना गरी उपचार गर्नका लागि गेटा अस्पतालमा साउन ३२ गतेदेखि इन्डोर सेवा शुरु गरिएपनि भर्ना गर्नुपर्ने विरामी आएका छैनन् ।

अस्पताल प्रशासनले इन्डोर सेवा शुरु गरेको एक साता हुँदा पनि भर्ना गरी उपचार गर्नुपर्ने विरामी एक जना पनि नआएको अस्पताललले जनाएका छ । अस्पतालका सूचना अधिकारी नैनसिंह कार्कीले बिहिबारसम्म भर्ना गरी उपचार गर्नुपर्ने विरामी नआएको बताए । ‘बहिरंग सेवा लिन आएका विरामीलाई भर्ना गरी उपचार गर्न पर्ने अवस्थामा भर्ना गरी उपचार गर्ने गरी अन्तरंग सेवा शुरु गरिएको छ,’ उनले भने, ‘तर, भर्ना गरी उपचार गर्नुपर्ने विरामी नआएको हुँदा हालसम्म अन्तरंग सेवा लिने विरामी संख्या शुन्य छ ।’

२०८० कात्तिक १ गतेदेखि बहिरंग सेवा शुरु गरी गेटा अस्पतालले सेवा दिन शुरु गरेको थियो । अस्पतालमा सुविधा सम्पन्न ल्याब, अप्रेसन थियटर र विशेषज्ञ सेवा उपलब्ध छ । हाल बहिरंग सेवा लिन दैनिक ४० देखि ४५ जना विरामी आउने गरेको अपस्तालका मेडिकल सुपरिन्टेन्डेन्ट विल्पल सापकोटाले बताए । उनले विरामीहरुलाई हाडजोर्नी, स्त्रीरोग, फिजिसियन, जनरल सर्जरी, रेडियोलोजी लगायतका विशेषज्ञ सेवा दिइरेको बताए । गेटा अस्पतालमा दुई जना अर्थोपेडिक सर्जन, एक जना स्त्रीरोग विशेषज्ञ, एक जना जनरल फिजिसियन, एक जना जनरल सर्जन, दुई जना रेडियोलोजिष्ट र एक जना एनेष्थेसियोलोजिष्ट डाक्टर कार्यरत छन् । सूचना अधिकारी कार्कीका अनुसार गेटा अस्पतालमा अहिले सबै क्षेत्रका गरी ७१ जना कर्मचारी मध्ये १३ जना विशेषज्ञ डाक्टर र मेडिकल अफिसर कार्यरत छन् ।

हाल सञ्चालित सेवाहरु दिनका लागि अस्पतालमा पर्याप्त चिकित्सक र उपकरण भएपनि विरामी नआएको अस्पतालले जनाएको छ । ‘हाललाई सञ्चालन गरिएको सेवा दिनका लागि पर्याप्त जनशक्ति छ,’ सूचना अधिकारी कार्कीले भने, ‘विरामी आएपछि हामीले सेवा दिन सक्छौं । अहिलेलाई सामान्य अप्रेसन गर्नको लागि ओटी पनि तयारी अवस्थामा छ । ठूलो अप्रेसन गर्न नपर्ने तर भर्ना गरी उपचार गर्नुपर्ने विरामी आए भर्ना गरेर उपचार गर्नका लागि वार्डहरु रेडी छन् ।’

अस्पतालले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसंग थप १४१ जना जनशक्ति माग गरेको छ । विरामी आउन थालेपछि आकस्मिक सेवा समेत सञ्चालन गर्ने तयारी रहेको अस्पतालका सुपरिन्टेन्डेन्ट डा. सापकोटाले बताए । उनले छिट्टै स्तन क्यानसरको जाँच गर्नका लागिका मेमोग्राफी सेवा पनि शुरु गरिने बताए । उनले मेसिन आएर जडान गर्ने कार्य भइरहेको बताए । अस्पतालमा एमर्जेन्सी वार्ड समेत तयारी अवस्थामा छ ।
गेटा अस्पतालले फिजियोथेरापी, अल्ट्रासाउन्ड, इन्डोस्कोपी, एक्स रे, इको, ईसिजि, कार्डियोग्राफी लगायतका प्रयोगशाला सेवा दिइरहेको छ । तर, विरामी संख्या कम भएकोले पनि गेटा अस्पतालमा अहिले सेवा लिन छिटो छरिटो रहेको अस्पतालका सूचना अधिकारी कार्कीले बताए ।

गेटामा विश्वविद्यालय सञ्चालनका लागि नेपाल सरकारले करिब आठ अर्ब रुपैयाँ खर्च गरेर अस्पताल, कलेज, अडिटोरियम, क्वाटर, फोहोर व्यवस्थापन केन्द्र, खानेपानी, ढल निकास लगायतका भव्य संरचना निर्माण गरेको छ । विश्वविद्यालय सञ्चालनका लागि राष्ट्रिय सभाबाट शहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय सञ्चालन सम्बन्धी व्यवस्था गर्न बनेको विधेयक पारित भइसकेको छ भने प्रतिनिधि सभामा छलफलकै क्रममा छ ।

  • गेटा अस्पताल
शुक्रबार, भदौ ०७, २०८१ मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
बजेट निर्माण प्रक्रियालाई द्रुत गतिमा अघि बढाउने प्रदेश सरकारको निर्णय
यस्ता छन् लौकाको जुस खानुका फाइदा
विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी गर्दै हेमन्त खरेल
एक जना फरार प्रतिवादी पक्राउ
अछाममा भरुवा बन्दुक बरामद

समाचार

सबै

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता

बजेट निर्माण प्रक्रियालाई द्रुत गतिमा अघि बढाउने प्रदेश सरकारको निर्णय

यस्ता छन् लौकाको जुस खानुका फाइदा

विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी गर्दै हेमन्त खरेल

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता

बजेट निर्माण प्रक्रियालाई द्रुत गतिमा अघि बढाउने प्रदेश सरकारको निर्णय

यस्ता छन् लौकाको जुस खानुका फाइदा

विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी गर्दै हेमन्त खरेल

विशेष

सबै
जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • १२ घण्टा 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ६ दिन 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • १ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • १ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • २ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • २ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • ३ हप्ता 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • ३ हप्ता 

रेडियोग्राफी पढ्नेलाई सरकारीदेखि निजी अस्पतालसम्म रोजगारीको अवसर छ : प्रमुख बुडा
  • १ महिना 

कागजको झन्झट सकियो: धनगढी उपमहानगरका सबै सेवा अब अनलाइनबाट घरमै
  • १ महिना 

  • १.
    विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी

  • २.
    अत्तरियाबाट २४ वर्षीय अनिश बम सम्पर्कविहीन, खोजी

  • ३.
    एक दशकपछि चैनपुर खानेपानी उपभोक्ता समितिको निर्वाचन,

  • ४.
    बझाङ जिल्ला अस्पताल ५० शय्यामा स्तरोन्नति गर्न

  • ५.
    मुक्त हलियाका समस्या समाधान गर्न प्रदेश सरकार

  • ६.
    बझाङको विकासमा दलगत स्वार्थ त्याग्न सांसद महरको

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

संचालक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.