धनगढी- कैलालीमा एकजना फरार प्रतिवादी पक्राउ परेका छन्।
आज (मंगलबार) विहान जिल्ला प्रहरी कार्यालय कैलालीको अपराध अनुसन्धान समुहबाट खटिएको प्रहरी टोलीले अपराधिक उपद्र मुद्दामा १८ दिन कैद र २० हजार जरिवाना तोकिएका गोदावरी नगरपालिका–१२ का २६ वर्षीय लक्ष्मण भन्ने लालबहादुर कडायतलाई पक्राउ गरेको हो। उनलाई घरबाटै पक्राउ गरेर जिल्ला अदालत कैलालीमा पेश गर्ने तयारी भइरहेको प्रहरीले जनाएको छ।














