धनगढी- कैलालीमा नदीमा डुबेर एक बालिका बेपत्ता भएकी छन् भने अर्की बालिका गम्भीर घाइते भएकी छन् । आज धनगढी उपमहानगरपालिका–१५ र वडा नम्बर ७ को बीचमा पर्ने बेली पुल नजिकै खुटिया नदीमा वडा नं. १४ ‘जी’ गाउँकी १४ वर्षीया सवि अवस्थी नदीमा डुबेर गम्भीर घाइते भएकी र १६ वर्षीया जेनिशा अवस्थी बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता कविन्द्रसिंह बोहराले जानकारी दिए ।
प्रहरीका अनुसार दुई बालिका नदीमा डुबेको खबर प्राप्त भएपछि प्रहरी सहायक निरीक्षक जनकराज पन्तको कमाण्डमा पाँच जना प्रहरी टोली खटिएर प्रहरी र स्थानीयको सहयोगमा सवि अवस्थीलाई नदीबाट निकालेर उपचारका लागि धनगढीतर्फ पठाइएको तथा उनको अवस्था गम्भीर रहेकाे छ । बेपत्ता जेनिशाको खोजीकार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय कैलाली जनाएको छ ।
















