• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
शनिबार, भदौ २७, २०८३
☰
शनिबार, भदौ २७, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • ११ घण्टा 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ६ दिन 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • १ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • १ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • २ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • २ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • ३ हप्ता 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • ३ हप्ता 

रेडियोग्राफी पढ्नेलाई सरकारीदेखि निजी अस्पतालसम्म रोजगारीको अवसर छ : प्रमुख बुडा
  • १ महिना 

लोकप्रिय समाचार

  • १. विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी गर्दै हेमन्त खरेल

  • २. अत्तरियाबाट २४ वर्षीय अनिश बम सम्पर्कविहीन, खोजी गरिदिन परिवारको आग्रह

  • ३. एक दशकपछि चैनपुर खानेपानी उपभोक्ता समितिको निर्वाचन, अध्यक्षमा लोकेन्द्र विष्ट विजयी

  • ४. बझाङ जिल्ला अस्पताल ५० शय्यामा स्तरोन्नति गर्न माग

  • ५. मुक्त हलियाका समस्या समाधान गर्न प्रदेश सरकार प्रतिवद्ध : मुख्यमन्त्री भट्ट

  • ६. बझाङको विकासमा दलगत स्वार्थ त्याग्न सांसद महरको आग्रह

  • ७. धनगढीमा ‘भलमन्सा प्रथा संरक्षण तथा विकास ऐन २०८३’ बारे अभिमुखीकरण

  • ८. हलिया मुक्तिका १८ वर्ष पूरा : पुनःस्थापनाका काम अझै अधुरा

  • ९. कैलालीका तीन पालिकामा जापानिज इन्सेफलाइटिसविरुद्ध खोप अभियान सञ्चालन हुने

  • १०. विश्व हिन्दू परिषद्को रक्तदान कार्यक्रममा ५० जनाले गरे रक्तदान

थारु समुदायबाट सुदूरपश्चिमकै पहिलो स्पाइन सर्जन बन्न सफल डा.ललित चौधरी

"धनगढीकाे नाेभा हस्पिटलबाट सेवा दिँदै "
  •   बुधबार, असोज ०९, २०८१ मा प्रकाशित

धनगढी- संघर्ष गरे सफलता हासिल गर्न बाहिर जानु पर्देन भन्ने उदाहरणीय बनेका छन डा.ललित चौधरी । सानै उमेरदेखि चञ्चल सोभावका उनी बुवा समरबहादुर चौधरी र आमा कमला चौधरीका माईला छोरा हुन । खेलकुदका शोखिन उनी क्रिकेटमा जिल्ला स्तरीय अन्डर १९ प्रतियोगितामा समेत सहभागी भएका थिए ।

उनका दाजु प्रेम चौधरी क्रिकेटका राष्ट्रिय खेलाडी भएकाले पनि आफ्नो रुची खेलकुदमा भएको उनी बताउँछन् । धनगढी उपमहानगरपालिका–२ रातोपुलमा बस्दै आएका उनले २०६१ सालमा प्रथम श्रेणीमा ऐश्वर्य बिद्या निकेतनबाट एसएलसी पास गरे । मध्यम परिवारमा जन्मेका उनको एउटै लक्ष्य थियो डक्टर बन्ने । संघर्ष गर्दै जाँदा प्लस २ पास हिमालय ह्वाईट हाउसबाट गरेका उनले  एमविविएस नेपालगञ्ज मेडिकल कलेजबाट गरे । हाडजोर्नी  तथा नसारोग बिषयमा एमडी नेपाल मेडिकल कलेज र फेलोसिप मेरुदण्ड सम्बन्धी डा. विनोद बिदुक्षको अण्डरमा ग्राण्डी ईन्टरनेशनल हस्पिटलबाट गरेको उनी बताउँछन् । उनी बिगत डेढ बर्षदेखि हाडजोर्नी र मेरुदण्डको जटिल अप्रेशन गर्दै आएका डा. चौधरी हाल पाँच महिनादेखि नोभा अस्पतालमा मेरुदण्ड अप्रेशन,मेरुदण्ड खस्केको,भाँचिएको सफल अप्रेशन गर्दै आएका छन् ।

उनी कैलालीमै जन्मेका स्थानीय एशोसियशन अफ स्पाइन सर्जरी अफ नेपाल,नेपाल मेडिकल रिकोग्नाइज पहिलो स्पाइन सर्जन हुन भने थारु समुदायको सुदूरपश्चिमकै पहिलो स्पाइन सर्जन हुन् ।

‘हाम्रो चौधरी समुदायमा धेरै कमले पढेलेखेका हुन्छन्’ उनी भन्छन् ‘मलाई मेरा बुवाआमाले सहयोग गरेर हाडजोर्नीको डक्टरसम्म बनाउनुभयो । मेरो प्रगतिमा बुवाआमा पनि सन्तुष्ट हुनुहुन्छ । म आमा बुवालाई धन्यवाद दिन चाहान्छु ।’

उनी भन्छन् ‘मैले एमविविएस सकिएपछि जीवनमा ठूलो संघर्ष गरे । मैले हाडजोर्नी सम्बन्धी पढ्दा १८ महिना कोठा भित्र पढे । जेलजस्तै भित्र बसेर पढियो । त्यतिबेला मेराे मेडम डा.रेनुका चाैधरीले ठूलाे साथ र सहयाेग गरिन् । अहिले उनी नेपालगञ्ज मेडिकल कलेजमा गाइनाेक्लाेजिष्ट र ओविएस पढ्दैछिन ।  हाडजोर्नी सम्बन्धी पढेर मेरुदण्डको बारेमा नै पढे । मेरो मनमा सोचेका कुरा १६ वर्षपछि पूरा भए ।’

डा. चौधरी भन्छन् ‘म कहाँ आएका बिरामी ठीक भएर जाने गरेका छन् । यहाँ सम्भव नहुने हाडजाेर्नीकाे अप्रेशन  पनि गरेँ । मैले अनावश्यक खर्च पनि गराउँदैन आवश्यक भएको मात्रै चेकजाँच गर्ने गरेको छु । कम पैँसामै सरल र सहज तरिकाले उपचार गर्ने मेरो इच्छा छ त्यही किसिमले गरिरहेको छु । उहाँहरुले पनि एकदमै सकारात्मक रुपमा लिइरहनुभएको छ ।’

धनगढीमा पहिलो पटक हाडजोर्नीको बिशेषज्ञ डाक्टर भएर आउँदा आफूले समस्या भोग्नु परेको उनी बताउँछन् ।
उनले भने ‘पहिलो पटक धनगढीमा आउँदा मेरुदण्डको अप्रेशन गर्ने सामान नहुने अहिले सामान मगाएर यहाँ उपचार सुरुवात गरेको छु । केही समय मलाई गाह्रो भयो । संघर्ष गर्दै गए । स्पाइनल ट्यूमर को पनि अप्रेशन गरेँ । फ्युजन सर्जरी,मेरुदण्डको हड्डीहरु भाँचिएको पनि सर्जरी गरियो ।’

उनले भने ‘मैले पढिसकेपछि फेलोसिप सकिएपछि मैले काम काठमाण्डौँ मै पाइरहेको थिए । विदेश पनि नजाने काठमाण्डौँ पनि नबस्ने आफ्नै ठाउँमा फर्किन्छु भनेर यहाँ फर्केको हुँ । यहाँका मेरुदण्डका बिरामी टाढा लगेर उपचार गर्दा धेरै खर्च हुन्छ ।’
काठमाण्डौँ तथा भारतमा लगेर मेरुदण्डको अप्रेशन गर्दा खर्चिलो हुने र यहाँ सुरुवात गर्दा बिरामीलाई सहज भएको उनी बताउँछन् ।

  • .ललित चौधरी
बुधबार, असोज ०९, २०८१ मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
बजेट निर्माण प्रक्रियालाई द्रुत गतिमा अघि बढाउने प्रदेश सरकारको निर्णय
यस्ता छन् लौकाको जुस खानुका फाइदा
विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी गर्दै हेमन्त खरेल
एक जना फरार प्रतिवादी पक्राउ
अछाममा भरुवा बन्दुक बरामद

समाचार

सबै

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता

बजेट निर्माण प्रक्रियालाई द्रुत गतिमा अघि बढाउने प्रदेश सरकारको निर्णय

यस्ता छन् लौकाको जुस खानुका फाइदा

विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी गर्दै हेमन्त खरेल

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता

बजेट निर्माण प्रक्रियालाई द्रुत गतिमा अघि बढाउने प्रदेश सरकारको निर्णय

यस्ता छन् लौकाको जुस खानुका फाइदा

विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी गर्दै हेमन्त खरेल

विशेष

सबै
जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • ११ घण्टा 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ६ दिन 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • १ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • १ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • २ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • २ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • ३ हप्ता 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • ३ हप्ता 

रेडियोग्राफी पढ्नेलाई सरकारीदेखि निजी अस्पतालसम्म रोजगारीको अवसर छ : प्रमुख बुडा
  • १ महिना 

कागजको झन्झट सकियो: धनगढी उपमहानगरका सबै सेवा अब अनलाइनबाट घरमै
  • १ महिना 

  • १.
    विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी

  • २.
    अत्तरियाबाट २४ वर्षीय अनिश बम सम्पर्कविहीन, खोजी

  • ३.
    एक दशकपछि चैनपुर खानेपानी उपभोक्ता समितिको निर्वाचन,

  • ४.
    बझाङ जिल्ला अस्पताल ५० शय्यामा स्तरोन्नति गर्न

  • ५.
    मुक्त हलियाका समस्या समाधान गर्न प्रदेश सरकार

  • ६.
    बझाङको विकासमा दलगत स्वार्थ त्याग्न सांसद महरको

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

संचालक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.