• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
बुधबार, कार्तिक ११, २०८३
☰
बुधबार, कार्तिक ११, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै
  • २३ घण्टा 

सहारा होटल म्यानेजमेन्ट र शैलेश्वरीका विद्यार्थीलाई स्वागत, पर्यटन क्षेत्रको व्यावहारिक अनुभव
  • २ हप्ता 

पत्रकार एवम् कथाकार यज्ञराज जोशीसहित दुई श्रष्टा सम्मानित
  • २ हप्ता 

हाम्रो सुदूरपश्चिम, हामी चिनाउँछौं’ अभियानअन्तर्गत २१ वटा बुकलेट विमोचन
  • २ हप्ता 

सीप सिकाउँदै साहरा ट्रेनिङ इन्स्टिच्युट,युवालाई आत्मनिर्भर बनाउने लक्ष्य
  • २ हप्ता 

धनगढीमा जेई खाेप अभियान :५९ हजार ३२५ जनाले लगाए खोप
  • ४ हप्ता 

‘समानता सिकाउने’ विद्यालयमै जातीय विभेदको आरोप, तीन शिक्षक पक्राउ
  • ४ हप्ता 

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • १ महिना 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • १ महिना 

लोकप्रिय समाचार

  • १. धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै

  • २. वाणिज्य कार्यालयद्वारा २ सय ८७ वटा व्यावसायिक फर्मको अनुगमन

  • ३. बझाङमा भिरबाट लडेर वडाध्यक्षको मृत्यु

  • ४. बडादसैँको तेस्रो दिन आज पनि टीका लगाउने क्रम जारी

  • ५. निङ्लासैनी देवी मन्दिरको १९औँ साधारण सभा सम्पन्न, पर्यटन गन्तव्य बनाउने प्रतिबद्धता

  • ६. तिब्बतमा ७ म्याग्निच्यूडको भूकम्प : १६ जनाको मृत्यु

  • ७. एक महिनामा लागूऔषधसहित ४१ जना पक्राउ

  • ८. लागूऔषध मुद्दाका फरार प्रतिवादी पक्राउ

  • ९. टिकटक लाइभबाट मासिक ६ लाखसम्म कमाइ

  • १०. यी चार प्रदेशमा हल्का वर्षाको सम्भावना

उत्कृष्ट खेलाडी सम्मानित हुदैं

  •   सोमबार, असोज १४, २०८१ मा प्रकाशित

धनगढी । कैलाली जिल्लाका उत्कृष्ट खेलाडीहरु सम्मानित हुने भएका छन् । कैलाली जिल्ला खेलकुद समितिको आयोजनामा पछिल्लो आर्थिक बर्षमा उत्कृष्ट प्रदर्शन गरेका विभिन्न खेलका खेलाडीहरुलाई नगद सहित सम्मान गर्न लागिएको हो ।

आर्थिक बर्ष २०८०÷८१ सालमा राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागीता जनाएर पदक जित्न सफल खेलाडीहरुलाई भोली मंगलबार सम्मान कार्यक्रम आयोजना गरी सम्मानित गर्न लागेको कैलाली जिल्ला खेलकुद समितिका कार्यालय प्रमुख तथा कार्यक्रमका संयोजक आश्रम केसीले जानकारी दिए ।
उनका अनुसार बर्ष खेलाडी महिला र पुरुष तथा युवा खेलाडी महिला र पुरुष गरी ४ विधाका उत्कृष्ट खेलाडीहरुलाई नगद सहित सम्मान गरिन लगेको हो ।

‘कैलाली जिल्लामा क्रियासिल सम्पुर्ण खेल संघहरुलाई सक्रिय बनाउनका लागि कार्यक्रम गर्न लागेका हौं ।’ कार्यक्रम संयोजक केसीले भने–‘यो कार्यक्रमले खेलाडी, प्रशिक्षक र खेल संघलाई उत्प्रेरित गर्न र कैलाली जिल्लामा खेलकुदको विकासको गति बढ्ने अपेक्षा लिएका छौं ।’

कैलाली जिल्ला खेलकुद समितिमा आयोजना हुने सम्मान कार्यक्रमका प्रमुख अतिथि सुदुरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री कमलबहादुर शाह रहेका छन् ।

त्यस्तै सुदुरपश्चिम प्रदेश सरकारका उद्योग पर्यटन वन तथा वातारण मन्त्री लक्ष्मणकिशोर चौधरी र नेपाल कराँते महासंघका महसचिव तथा नेपाल सितोरियो कराँते संघका अध्यक्ष दावा गुरुङ विशिष्ठ अतिथि रहनेछन् । कार्यक्रमभन्दा अगाडी धनगढीको चौराहदेखि कभर्डहलसम्म प्रभातफेरीको आयोजना गरिएको छ ।

कैलालीमा पहिलो पटक खेलाडी सम्मान कार्यक्रमको आयोजना गरेको कैलाली जिल्ला खेलकुद समितिका अध्यक्ष ललीत खत्रीले जानकारी दिए ।

उनका अनुसार उत्कृष्ट चार विधाका खेलाडीसँगै जिल्लाको एउटा उत्कृष्ट पालिकालाई पनि सम्मान गरिनेछ । ‘यो पहिलो प्रयास हो । आगामी बर्षहरुमा यसलाई परिस्कृत गर्दै लैजानेछौं ।’ अध्यक्ष खत्रीले भने ।

कराँते खेलाडी एरिका गुरुङलाई नगद दुई लाख सहित सम्मान गरिने
सुदुरपश्चिम प्रदेश कराँते महासंघले पनि उत्कृष्ट कराँते खेलाडीलाई कार्यक्रममा सम्मान गर्ने भएको छ । १९ औं एसियाली खेलकुदमा नेपालका लागि ऐतिहासिक रजत पदक जिताउने कराँते खेलाडी एरिका गुरुङलाई नगद दुई लाख सहित सम्मान गरिने भएको हो ।

यस कार्यका लागि सुदुरपश्चिम प्रदेशका अन्तराष्ट्रिय कराँते खेलाडी जनक खड्काले नगद दुई लाख दिएका छन् । उनले १९ औं एसियाली खेलकुद प्रतियोगिता अघि नै एसियाडमा कराँते खेल तर्फ स्वर्ण रजत र कास्य पदक जित्ने कराँते खेलाडीलाई क्रमशः तीन लाख, दुई लाख र एक लाख पुरस्कार प्रदान गर्ने घोषणा गरेकोमा सोही अनुसार रजत पदक विजेता एरिकालाई नगद दुई लाख सहित सम्मान गर्न लागिएको हो ।

८ औं दक्षिण एसियाली कराँते प्रतियोगिताका खेलाडीलाई पनि नगद प्रदान गरिने

८ औं दक्षिण एसियाली कराँते प्रतियोगिताका खेलाडीलाई पनि नगद प्रदान गरिने भएको छ । भुटानमा भएको प्रतियोगिताको सुदुरपश्चिम छनोट प्रतियोगितामा सुदुरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री कमलबहादुर शाहले पुर्व घोषणा गरे अनुसार नगद एक लाख सहित सम्मान गरिने भएको हो ।

सो प्रतियोगितामा सुदुरपश्चिम प्रदेशका ६ खेलाडी सहभागी भएकोमा यस प्रदेशका खेलाडीहरुले एक स्वर्ण र चार कास्य पदक जितेका थिए ।

पदक विजेता र सहभागी खेलाडीहरुलाई पदक अनुसार नगद पुरस्कार प्रदान गरिने सुदुरपश्चिम प्रदेश कराँते महासंघका अध्यक्ष त्रिलोक पाण्डेयले जानकारी दिए । उनका अनुसार सोही कार्यक्रममा सुदुरपश्चिममा कराँते खेलको विकास र विस्तारमा योगदान दिएका व्यक्तित्वलाई पनि सम्मान गरिनेछ ।

प्रथम प्रदेश स्तरीय रेफ्री तथा कोच सेमिनार हुने
सुदुरपश्चिम प्रदेश कराँते महासंघको आयोजनामा सुदुरपश्चिम प्रदेश स्तरीय रेफ्री तथा कोच सेमिनार पनि आयोजना हुने भएको छ । कार्यक्रममा प्रदेशका विभिन्न जिल्लाहरुका २ सयभन्दा वढी प्रशिक्षक र रेफ्रीहरुको रहभागीता रहने भएको छ । प्रदेशमा कराँतेको स्तरलाई अझ माथि उठाउनका लागि कार्यक्रम गर्न लागेको सुदुरपश्चिम प्रदेश कराँते महासंघका सचिव वहादुर सिंह ओडले बताए ।

  • सम्मानित हुदैं
सोमबार, असोज १४, २०८१ मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
काठ ओसारपसार मुद्दाका एक फरार प्रतिवादी पक्राउ
जबरजस्ती करणीको आरोपमा युवक पक्राउ
चरेशसहित दुई जना पक्राउ
Ambika Prasad Ghimire: A Dedicated Taekwondo Athlete from Nepal
कैलालीमा भन्सार छलीको सामानसहित एक जना पक्राउ
कस्तो रहनेछ आजको मौसम ?

समाचार

सबै

काठ ओसारपसार मुद्दाका एक फरार प्रतिवादी पक्राउ

जबरजस्ती करणीको आरोपमा युवक पक्राउ

चरेशसहित दुई जना पक्राउ

Ambika Prasad Ghimire: A Dedicated Taekwondo Athlete from Nepal

काठ ओसारपसार मुद्दाका एक फरार प्रतिवादी पक्राउ

जबरजस्ती करणीको आरोपमा युवक पक्राउ

चरेशसहित दुई जना पक्राउ

Ambika Prasad Ghimire: A Dedicated Taekwondo Athlete from Nepal

विशेष

सबै
धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै
  • २३ घण्टा 

सहारा होटल म्यानेजमेन्ट र शैलेश्वरीका विद्यार्थीलाई स्वागत, पर्यटन क्षेत्रको व्यावहारिक अनुभव
  • २ हप्ता 

पत्रकार एवम् कथाकार यज्ञराज जोशीसहित दुई श्रष्टा सम्मानित
  • २ हप्ता 

हाम्रो सुदूरपश्चिम, हामी चिनाउँछौं’ अभियानअन्तर्गत २१ वटा बुकलेट विमोचन
  • २ हप्ता 

सीप सिकाउँदै साहरा ट्रेनिङ इन्स्टिच्युट,युवालाई आत्मनिर्भर बनाउने लक्ष्य
  • २ हप्ता 

धनगढीमा जेई खाेप अभियान :५९ हजार ३२५ जनाले लगाए खोप
  • ४ हप्ता 

‘समानता सिकाउने’ विद्यालयमै जातीय विभेदको आरोप, तीन शिक्षक पक्राउ
  • ४ हप्ता 

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • १ महिना 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • १ महिना 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • २ महिना 

  • १.
    धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै

  • २.
    वाणिज्य कार्यालयद्वारा २ सय ८७ वटा व्यावसायिक

  • ३.
    बझाङमा भिरबाट लडेर वडाध्यक्षको मृत्यु

  • ४.
    बडादसैँको तेस्रो दिन आज पनि टीका लगाउने

  • ५.
    निङ्लासैनी देवी मन्दिरको १९औँ साधारण सभा सम्पन्न,

  • ६.
    तिब्बतमा ७ म्याग्निच्यूडको भूकम्प : १६ जनाको

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

सञ्चालक/ कार्यकारी सम्पादक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.