धनगढी । कैलालीको धनगढीमा दिगो विकास तथा राष्ट्रिय सदाचार नीति र सङ्कल्प प्रस्ताव सम्बन्धी प्रदेश स्तरीय अन्तरक्रिया कार्यक्रम गरिएको छ ।
राष्ट्रिय सभाको विकास, आर्थिक मामिला तथा राष्ट्रिय सदाचार नीति र सुशासन समितिद्वारा आयोजित उक्त कार्यक्रमको सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहले उद्घाटन गरेका थिए । उद्घाटन कार्यक्रममा वोल्दै मुख्यमन्त्री शाहले यो छलफल कार्यक्रम प्रदेश सरकारका लागि पनि सहयोगी रहेको बताए । उनले भने – सुदूरपश्चिम प्रदेश सरकारले सदाचार नीति लागू गर्ने समिति बनाएको छ, यसमा प्रदेश सरकारको एक्येबद्दता छ ।
संसद सहयोग परियोजना संयुक्त राष्ट्रसंघिय विकास कार्यक्रमको सहकार्यमा गरिएको छलफल कार्यक्रममा राष्ट्रिय सभा सदस्य एवं समितिकी सभापति कमला पन्तले सांसदहरुको काम कानुन बनाउने हो भन्ने बुझाउन नसकिएकाले संघिय तथा प्रदेश सांसदलाई काम गर्न समस्या भएको बताईन । उनले संघिय सरकार पनि दिगो विकासका लक्ष्य प्रति संवेदनसिल नभएको बताईन ।
कार्यक्रममा सुदूरपश्चिम प्रदेश सभाका सांसद, प्रदेस मन्त्रालयका सचिव, सामाजिक क्षेत्रका अगुवाहरुको सहभागिता रहेको थियो । सहभागीहरुले सदाचार नीति लागू गर्न सबैले आफ्नो काममा प्रतिबद्द हुनुपर्ने सुझाब दिए । उनिहरुले सबैले स्व मुल्यांकन गर्नुपर्ने अनि मात्र सुधार हुने बताए । कार्यक्रममा संघिय संसदका सचिव डा। रोजनाथ पाण्डेले सुशासन प्रबर्धनका लागि राष्ट्रिय सदाचार नीतिको आवश्यकता बारे प्रस्तुती राखेका थिए । राष्ट्रिय सभा सदस्य नारायणदत्त भट्टले कार्यक्रमको उदेश्य संगै स्वागत गरेका थिए ।
अन्तरक्रिया कार्यक्रम मार्फत सङ्कल्प प्रस्तावका सम्बन्धमा राय सुझाव सङ्कलन गरिएको सचिव डा।रोजनाथ पाण्डेले बताए
सदाचार नीति र संकल्प प्रस्ताव समन्धि प्रदेश स्तरिय अन्तरक्रिया
सदाचार नीति र संकल्प प्रस्ताव समन्धि प्रदेश स्तरिय अन्तरक्रिया
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार














