• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
बुधबार, कार्तिक ११, २०८३
☰
बुधबार, कार्तिक ११, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै
  • १ दिन 

सहारा होटल म्यानेजमेन्ट र शैलेश्वरीका विद्यार्थीलाई स्वागत, पर्यटन क्षेत्रको व्यावहारिक अनुभव
  • २ हप्ता 

पत्रकार एवम् कथाकार यज्ञराज जोशीसहित दुई श्रष्टा सम्मानित
  • २ हप्ता 

हाम्रो सुदूरपश्चिम, हामी चिनाउँछौं’ अभियानअन्तर्गत २१ वटा बुकलेट विमोचन
  • २ हप्ता 

सीप सिकाउँदै साहरा ट्रेनिङ इन्स्टिच्युट,युवालाई आत्मनिर्भर बनाउने लक्ष्य
  • २ हप्ता 

धनगढीमा जेई खाेप अभियान :५९ हजार ३२५ जनाले लगाए खोप
  • ४ हप्ता 

‘समानता सिकाउने’ विद्यालयमै जातीय विभेदको आरोप, तीन शिक्षक पक्राउ
  • ४ हप्ता 

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • १ महिना 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • १ महिना 

लोकप्रिय समाचार

  • १. धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै

  • २. वाणिज्य कार्यालयद्वारा २ सय ८७ वटा व्यावसायिक फर्मको अनुगमन

  • ३. बझाङमा भिरबाट लडेर वडाध्यक्षको मृत्यु

  • ४. बडादसैँको तेस्रो दिन आज पनि टीका लगाउने क्रम जारी

  • ५. निङ्लासैनी देवी मन्दिरको १९औँ साधारण सभा सम्पन्न, पर्यटन गन्तव्य बनाउने प्रतिबद्धता

  • ६. एक महिनामा लागूऔषधसहित ४१ जना पक्राउ

  • ७. तिब्बतमा ७ म्याग्निच्यूडको भूकम्प : १६ जनाको मृत्यु

  • ८. लागूऔषध मुद्दाका फरार प्रतिवादी पक्राउ

  • ९. टिकटक लाइभबाट मासिक ६ लाखसम्म कमाइ

  • १०. आईसीसीको मान्यता र डीआरएससहित एनपीएल सिजन–३, टुर्नामेन्ट डाइरेक्टरको जिम्मेवारीमा धीरेन्द्र साउद

‘हाउस पेन्टिङ’बाट एक लाख कमाइ

  •   शुक्रबार, मङि्सर ०७, २०८१ मा प्रकाशित

कञ्चनपुर- शुक्लाफाँटा नगरपालिका–९ नौखरीका ३५ वर्षीय सुरेश चौधरी हाउस पेन्टिङ(घर रङरोगन) को कार्यबाट गतिलो आम्दानी गर्दै आएका छन् ।

घरमा रङरोगनको काम गरेर चौधरीले महिनामै एक लाखभन्दा बढी कमाइ गर्दै आएका छन् । नयाँ पुराना घरमा रङरोगनको कामका लागि उनले ठेक्का लिन्छन् । महिनामा चार, पाँच घर जतिमा रङरोगनका लागि ठेक्का लिने गरेको चौधरीले बताए। ‘घरमा रङरोगनको काम गर्नका लागि घर हेरेर मजदुर लगाउने गर्छु’, उनले भने, ‘मजदुर थोरै पाइएका बेला आफैँ काम गर्ने गर्छु।’

तालिम लिएर रङरोगनको काम गर्न थालेको उल्लेख गर्दै चौधरीले पाँच जना मजदुरलाई काम गर्न सिकाएकाले काम गर्न सहज हुने गरेको बताए । लगनशील भएर इमान्दारीपूर्वक काम गर्ने भएकाले विनाझन्झट काम पाइने गरेको उनको भनाइ छ। ‘तिहार, दसैँलगायत चाडपर्व आउनुअगावै घरमा रङरोगन गर्नेको सङ्ख्या निकै बढी हुने गर्दछ’, उनले भने, ‘त्यसबेला आम्दानी पनि दोब्बर हुन्छ, बिहानको ६ बजेदेखि राति ११ बजेसम्म पनि काम गर्दै आएका छौँ।’

घरमा रङरोगनका लागि रु २५ हजारदेखि तीन लाखसम्मको ठेक्का चौधरीले लिने गरेका छन्। जति ठूलो काम त्यति नै बढी ठेक्काको रकम हुने गरेको उनी बताउछन् । पुटिङ गर्ने, घिसाइ गर्ने, प्राइमर लगाउने, पेन्ट लगाउने र पेन्ट लगाइएको ठाउमा बुट्टा भर्ने काममा ‘फिनिसिङ’ राम्रो दिने भएकाले पालो पर्खेर घरमालिक बस्ने गरेको चौधरीको भनाइ छ।

घरमालिकलाई पनि मर्का नपर्ने र आफूलाई घाटा नहुने गरी ठेक्का लिने भएकाले गुनासो कुनै ठाउँबाट नआउने गरेको सुरेशले बताए । रङ, प्राइमर पुटिङ, ब्रसलगायत सामग्री घर मालिकले उपलब्ध गराउने गरेका छन् । पेन्टिङ गर्ने कामको मात्रै उनले ठेक्का लिन्छन् । कमैया मुक्तिको घोषणासँगै पुनःस्थापन गर्दा पाइएको पाँच कट्ठा जग्गा मात्रै सुरेशको सम्पत्तीका रुपमा रहेको छ।

सात जनाको परिवारको घरखर्च, बालबालिकाको विद्यालयको खर्च, लुगाफाटो सबै रङरोगन गरी आएको रकमले व्यहोरिने गरिन्छ । कमाइको रकमले उनले पक्की घर बनाउने योजना बनाएका छन् । भविष्यका लागि केही रकम बैंकमा जम्मा गरेका छन् ।

‘तालिम लिएर दक्ष बनेपछि पैसाका लागि भौतारिँदै हिँड्नुपरेको छैन’ उनले भने, ‘बैंकमा पैसा जम्मा गर्ने भएकाले अप्ठ्यारो परेका बेला झिकेर काम चलाउने गरिएको छ।’ निरन्तर काम पाइए मजदुरलाई ज्याला दिएर एक लाखजति महिनाको बचत हुने गरेको उनले उल्लेख गरे। ‘पैसा कमाउनका लागि भारत, खाडीमुलुकसहित अन्य देशमा गइरहनु पर्दैन’, उनी भन्छन्, ‘जुनसुकै काममा निपूर्ण भए इमान्दारीपूर्वक काम गरे विदेशकोभन्दा बढी नै कमाउन सकिन्छ।’

मजदुरलाई दिनको एक हजार ज्याला दिए पनि टिकाउन भने उनलाई मुश्किल छ। आय कामभन्दा अलि बढी खटेर काम गर्नुपर्ने भएकाले मजदुरलाई काम सिकाएपछि बीचमै छोड्दा अरु मजदुर खोज्न निकै गाह्रो हुने गरेको उनी बताउछन् । रासस

  • ‘हाउस पेन्टिङ
शुक्रबार, मङि्सर ०७, २०८१ मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
टीकापुर अस्पतालमा म्याद गुज्रिएका २४ रिएजेन्ट र १३ औषधी फेला
धनगढीको ‘गौशाला मोडल’ : सडकमा चौपाया घटे, किसानलाई राहत
काठ ओसारपसार मुद्दाका एक फरार प्रतिवादी पक्राउ
जबरजस्ती करणीको आरोपमा युवक पक्राउ
चरेशसहित दुई जना पक्राउ
Ambika Prasad Ghimire: A Dedicated Taekwondo Athlete from Nepal

समाचार

सबै

टीकापुर अस्पतालमा म्याद गुज्रिएका २४ रिएजेन्ट र १३ औषधी फेला

धनगढीको ‘गौशाला मोडल’ : सडकमा चौपाया घटे, किसानलाई राहत

काठ ओसारपसार मुद्दाका एक फरार प्रतिवादी पक्राउ

जबरजस्ती करणीको आरोपमा युवक पक्राउ

टीकापुर अस्पतालमा म्याद गुज्रिएका २४ रिएजेन्ट र १३ औषधी फेला

धनगढीको ‘गौशाला मोडल’ : सडकमा चौपाया घटे, किसानलाई राहत

काठ ओसारपसार मुद्दाका एक फरार प्रतिवादी पक्राउ

जबरजस्ती करणीको आरोपमा युवक पक्राउ

विशेष

सबै
धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै
  • १ दिन 

सहारा होटल म्यानेजमेन्ट र शैलेश्वरीका विद्यार्थीलाई स्वागत, पर्यटन क्षेत्रको व्यावहारिक अनुभव
  • २ हप्ता 

पत्रकार एवम् कथाकार यज्ञराज जोशीसहित दुई श्रष्टा सम्मानित
  • २ हप्ता 

हाम्रो सुदूरपश्चिम, हामी चिनाउँछौं’ अभियानअन्तर्गत २१ वटा बुकलेट विमोचन
  • २ हप्ता 

सीप सिकाउँदै साहरा ट्रेनिङ इन्स्टिच्युट,युवालाई आत्मनिर्भर बनाउने लक्ष्य
  • २ हप्ता 

धनगढीमा जेई खाेप अभियान :५९ हजार ३२५ जनाले लगाए खोप
  • ४ हप्ता 

‘समानता सिकाउने’ विद्यालयमै जातीय विभेदको आरोप, तीन शिक्षक पक्राउ
  • ४ हप्ता 

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • १ महिना 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • १ महिना 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • २ महिना 

  • १.
    धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै

  • २.
    वाणिज्य कार्यालयद्वारा २ सय ८७ वटा व्यावसायिक

  • ३.
    बझाङमा भिरबाट लडेर वडाध्यक्षको मृत्यु

  • ४.
    बडादसैँको तेस्रो दिन आज पनि टीका लगाउने

  • ५.
    निङ्लासैनी देवी मन्दिरको १९औँ साधारण सभा सम्पन्न,

  • ६.
    एक महिनामा लागूऔषधसहित ४१ जना पक्राउ

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

सञ्चालक/ कार्यकारी सम्पादक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.