धनगढी । कैलाली र कंञ्चनपुरका बिभिन्न स्थानहरुबाट भन्सार छलीको ७ लाख बढी सामान प्रहरीले पक्राउ गरेको छ । कैलालीको धनगढी उपमहानगरपालिका ३ त्रिनगर रिङरोड, ७ कम्पनि टोल, ९ त्रीवेणीघाट, भजनी ३ जसबहादुर घाट, ७ हिम्मतपुर र ९ सयपत्रि सामुदायीक बन भित्रको बाटोबाट भारतबाट छलि गरि ल्याएका अन्दाजी मूल्य रु१,९४,१३१।– बराबरको प्याज, चिनी,बदाम, सुर्ती, बिडी, डाल्डा तेल, अचार, सरप, सुटपिस, साडी, प्लाष्टिक झिल्ली, किरानाका सामान, घरेलु मदिरा, माछा, सिद्रा माछा लगायतका सामानहरु जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत कार्यालयहरुबाट खटिएको प्रहरी गस्ती टोलीले बेबारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको जनाएको छ ।
त्यस्तै कञ्चनपुर जिल्लाको भिमदत्त २ भासी र बाणीबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु।५,८१,७४०।– बराबरको बिडी, सुर्ती, पावर वोर्ड, स्वीच, बिभिन्न किसिमका मोबाईल कभर, गद्दा लगायतका सामानहरु सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी र जिल्ला प्रहरी कार्यालय कञ्चनपुर मातहत कार्यालयहरुबाट संयुक्त खटिएको प्रहरी गस्ती टोलीले बेबारिसे अवस्थामा फेला पारी आवश्यक कार्बाहीको लागी भन्सार कार्यालय गड्डाचौकी पठाएको बताईएको छ ।














