कैलाली । कैलाली र कञ्चनपुरमा प्रहरीले ७ लाख बढी बेवारिसे भन्सार छलीका सामान पक्राउ गरेको छ । उतm सामान कोलेबेवारीसे छोडेर गयो भन्ने कुरा प्रहरीलाई जानकारी नभएको जनाएको छ ।
कैलालीको धनगढी १ शान्तीनगर, २ आदर्श चोक, १० जुगेडा, गोदावरी ४ गोदावरी हनुमान मन्दिर नजिक, भजनी ३ कांडापुल र टिकापुर ९ वालुवाटारबाट भन्सार छलि गरि ल्याएका मूल्य रु।३,५९,१३०।– बराबरको प्याज, चिनी, बदाम, हरियो खुर्सानी, आलु, सरप, बिडी, सुर्ती, काजु, मख्खन, प्लाष्टिक झिल्ली, डिस्पोजल गिलास, टोकरी, वाटर पम्प, मास्टर पिल्लर, मोटरसाईकलका बिभिन्न पाटपुर्जा, बिभिन्न कम्पनिका मोबायलका डिस्प्ले, सिद्रा माछा, किराना लगायतका सामानहरु जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत कार्यालयबाट खटिएको प्रहरी गस्ती टोलीले बेबारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको हो ।
त्यस्तै कञ्चनपुर भिमदत्त न.पा.१० जिमुवा जाने बाटो र बेलौरी २ दिनापुरबाट ३,७४,०००।–मुल्य बराबरको मोबाईलका टेम्पर ग्लास, मोबाईल कभर, डिस्प्ले, बोईलर कुखुरा, माछा लगायतका सामानहरु जिल्ला प्रहरी कार्यालय कञ्चनपुर मातहत कार्यालयबाट खटिएको प्रहरी गस्ती टोलीले बेबारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको जनाएको छ ।













