• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
शनिबार, भदौ २७, २०८३
☰
शनिबार, भदौ २७, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • ११ घण्टा 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ६ दिन 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • १ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • १ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • २ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • २ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • ३ हप्ता 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • ३ हप्ता 

रेडियोग्राफी पढ्नेलाई सरकारीदेखि निजी अस्पतालसम्म रोजगारीको अवसर छ : प्रमुख बुडा
  • १ महिना 

लोकप्रिय समाचार

  • १. विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी गर्दै हेमन्त खरेल

  • २. अत्तरियाबाट २४ वर्षीय अनिश बम सम्पर्कविहीन, खोजी गरिदिन परिवारको आग्रह

  • ३. एक दशकपछि चैनपुर खानेपानी उपभोक्ता समितिको निर्वाचन, अध्यक्षमा लोकेन्द्र विष्ट विजयी

  • ४. बझाङ जिल्ला अस्पताल ५० शय्यामा स्तरोन्नति गर्न माग

  • ५. मुक्त हलियाका समस्या समाधान गर्न प्रदेश सरकार प्रतिवद्ध : मुख्यमन्त्री भट्ट

  • ६. बझाङको विकासमा दलगत स्वार्थ त्याग्न सांसद महरको आग्रह

  • ७. धनगढीमा ‘भलमन्सा प्रथा संरक्षण तथा विकास ऐन २०८३’ बारे अभिमुखीकरण

  • ८. हलिया मुक्तिका १८ वर्ष पूरा : पुनःस्थापनाका काम अझै अधुरा

  • ९. कैलालीका तीन पालिकामा जापानिज इन्सेफलाइटिसविरुद्ध खोप अभियान सञ्चालन हुने

  • १०. विश्व हिन्दू परिषद्को रक्तदान कार्यक्रममा ५० जनाले गरे रक्तदान

स्वास्थ्य चौकीमा एमबिबिएस डाक्टर

  •   बिहिबार, पुष १८, २०८१ मा प्रकाशित

बैतडी । स्वास्थ्य चौकीमा एमबिबिएस डाक्टर, स्वास्थ्य परीक्षणका लागि ल्याब, एक्स–रे, अल्ट्रासाउण्ड, इसिजी र गर्भवतीलाई निःशुल्क एम्बुलेन्सको व्यवस्था गरेपछि स्थानीयले गाउँमै स्वास्थ्य सेवा पाउन थालेका छन् ।

१५ शय्याको अस्पतालले दिने सेवा स्वास्थ्य चौकीमै उपलब्ध हुन थालेपछि स्थानीय खुसी भएका छन् । पुर्चौडी नगरपालिकाले हाट स्वास्थ्य चौकीमा अस्पताल जतिकै सुविधा उपलब्ध गराएपछि जटिल रोगको उपचार बाहेकको सेवा गाउँमै प्राप्त हुन थालेको छ ।

मासिक एक लाख ५० हजार रुपियाँ तलब भत्ता दिनेगरी डाक्टर नियुक्त गरिएको पुर्चौडी नगरपालिका प्रमुख दीपकबहादुर बमले बताए । नगरपालिकाले चिकित्सकको व्यवस्था गरेपछि यस वर्षदेखि स्वास्थ्य संस्थामा जिडिटल एक्स–रे मेशिन जडान भएको पुर्चौडी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत जगदीशप्रसाद जोशीले बताए ।

स्वास्थ्य संस्थामा १५ दिनअघि मात्र डिजिटल एक्स–रे मेशिन जडान भएको उनले बताए । उनले भने, “स्वास्थ्य संस्थामा ९८ प्रकारका निःशुल्क औषधीको पूर्णरुपमा व्यवस्था गरेका छौंं । जनशक्तिका हिसाबले हाट स्वास्थ्य चौकीमा अस्पताल जतिकै सुविधा उपलब्ध गराउने लक्ष्य पूरा गरेका छौं ।”

कुल १० वटा वडा रहेको पुर्चौडी नगरपालिकामा ४० हजार जनसङ्ख्या छ । वडास्तरमा स्वास्थ्य चौकी भए पनि नगरपालिकाको केन्द्र हाटमा रहेको स्वास्थ्य चौकीमा एमबिबिएस डाक्टर, जिडिटल एक्स–रे मेशिन, अत्याधुनिक ल्याब सेवा, गर्भवतीलाई निःशुल्क एम्बुलेन्स उपलब्ध गराएपछि नागरिक खुसी भएको उपप्रमुख मीना धानुकले बताइन् ।

स्वास्थ्य संस्थामा औषधी अभाव हुन नदिन बेला–बेला अनुगमन हुने गरेको पुर्चौडी नगरपालिका स्वास्थ्य शाखा संयोजक सुरेन्द्रप्रसाद अवस्थीले बताए । स्थानीय तहका स्वास्थ्य संस्थाको अनुगमनका क्रममा पुर्चौडी पुग्नुभएका स्वास्थ्य कार्यालय बैतडीका खोप निरीक्षक हरिश भट्टले हाट स्वास्थ्य चौकीले गुणस्तरीय सेवा दिएको जानकारी दिए ।

स्वास्थ्य संस्था अनुगमनको क्रममा पुर्चौडी हाट स्वास्थ्य चौकी र कोटिला स्वास्थ्य चौकीको सेवा राम्रो देखिएको उनले बताए । कोटिला स्वास्थ्य चौकीले प्रसूति सेवा र ल्याब सेवा सञ्चालन गर्दै आइरहेको स्वास्थ्य चौकी इन्चार्ज सुमन लोहारले बताए ।

स्वास्थ्य चौकीमा सबै किसिमका सेवा उपलब्ध भएपछि बिरामीको चाप बढेको डा. अनमोल थापाले बताए । ग्रामीण भेगबाट आउने अधिकांश पाका उमेरका बिरामीमा दम रोग र बालबालिकामा निमोनियाको समस्या बढी देखिने गरेको उनले बताए । धूमपान र सुधारिएको चुलो नभएका कारण यस्तो समस्या भएको हुन सक्ने उनले बताए ।

हाट स्वास्थ्य चौकीमा चालु आर्थिक वर्षको साउनदेखि मङ्सिरसम्म चार हजारभन्दा बढी बिरामीले सेवा लिएको डा. थापाले बताए । तथ्याङ्कअनुसार गत वर्ष नौ हजार पाँचसय बिरामीले सेवा लिएको पाइएको छ । ओपीडी सेवा सेवातर्फ पाँच सय र आकस्मिक सेवा छसय जनाले लिएको नगरपालिकाको स्वास्थ्य शाखाको तथ्याङ्क छ ।

हाट स्वास्थ्य चौकीमा ल्याव सेवा, एक्स–रे, अल्ट्रासाउण्ड, इसिजी र एम्बुलेन्स लगायत जिल्ला अस्पताल बराबरको सुविधा भएपछि पालिकास्तरीय अस्पताल घोषणा गर्ने तयारी भइरहेको नगर प्रमुख दिपकबहादुर बमले बताए । गोरखापत्रबाट

बिहिबार, पुष १८, २०८१ मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
बजेट निर्माण प्रक्रियालाई द्रुत गतिमा अघि बढाउने प्रदेश सरकारको निर्णय
यस्ता छन् लौकाको जुस खानुका फाइदा
विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी गर्दै हेमन्त खरेल
एक जना फरार प्रतिवादी पक्राउ
अछाममा भरुवा बन्दुक बरामद

समाचार

सबै

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता

बजेट निर्माण प्रक्रियालाई द्रुत गतिमा अघि बढाउने प्रदेश सरकारको निर्णय

यस्ता छन् लौकाको जुस खानुका फाइदा

विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी गर्दै हेमन्त खरेल

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता

बजेट निर्माण प्रक्रियालाई द्रुत गतिमा अघि बढाउने प्रदेश सरकारको निर्णय

यस्ता छन् लौकाको जुस खानुका फाइदा

विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी गर्दै हेमन्त खरेल

विशेष

सबै
जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • ११ घण्टा 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ६ दिन 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • १ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • १ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • २ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • २ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • ३ हप्ता 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • ३ हप्ता 

रेडियोग्राफी पढ्नेलाई सरकारीदेखि निजी अस्पतालसम्म रोजगारीको अवसर छ : प्रमुख बुडा
  • १ महिना 

कागजको झन्झट सकियो: धनगढी उपमहानगरका सबै सेवा अब अनलाइनबाट घरमै
  • १ महिना 

  • १.
    विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी

  • २.
    अत्तरियाबाट २४ वर्षीय अनिश बम सम्पर्कविहीन, खोजी

  • ३.
    एक दशकपछि चैनपुर खानेपानी उपभोक्ता समितिको निर्वाचन,

  • ४.
    बझाङ जिल्ला अस्पताल ५० शय्यामा स्तरोन्नति गर्न

  • ५.
    मुक्त हलियाका समस्या समाधान गर्न प्रदेश सरकार

  • ६.
    बझाङको विकासमा दलगत स्वार्थ त्याग्न सांसद महरको

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

संचालक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.