• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
बुधबार, कार्तिक ११, २०८३
☰
बुधबार, कार्तिक ११, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै
  • १ दिन 

सहारा होटल म्यानेजमेन्ट र शैलेश्वरीका विद्यार्थीलाई स्वागत, पर्यटन क्षेत्रको व्यावहारिक अनुभव
  • २ हप्ता 

पत्रकार एवम् कथाकार यज्ञराज जोशीसहित दुई श्रष्टा सम्मानित
  • २ हप्ता 

हाम्रो सुदूरपश्चिम, हामी चिनाउँछौं’ अभियानअन्तर्गत २१ वटा बुकलेट विमोचन
  • २ हप्ता 

सीप सिकाउँदै साहरा ट्रेनिङ इन्स्टिच्युट,युवालाई आत्मनिर्भर बनाउने लक्ष्य
  • २ हप्ता 

धनगढीमा जेई खाेप अभियान :५९ हजार ३२५ जनाले लगाए खोप
  • ४ हप्ता 

‘समानता सिकाउने’ विद्यालयमै जातीय विभेदको आरोप, तीन शिक्षक पक्राउ
  • ४ हप्ता 

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • १ महिना 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • १ महिना 

लोकप्रिय समाचार

  • १. धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै

  • २. वाणिज्य कार्यालयद्वारा २ सय ८७ वटा व्यावसायिक फर्मको अनुगमन

  • ३. बझाङमा भिरबाट लडेर वडाध्यक्षको मृत्यु

  • ४. बडादसैँको तेस्रो दिन आज पनि टीका लगाउने क्रम जारी

  • ५. निङ्लासैनी देवी मन्दिरको १९औँ साधारण सभा सम्पन्न, पर्यटन गन्तव्य बनाउने प्रतिबद्धता

  • ६. एक महिनामा लागूऔषधसहित ४१ जना पक्राउ

  • ७. तिब्बतमा ७ म्याग्निच्यूडको भूकम्प : १६ जनाको मृत्यु

  • ८. लागूऔषध मुद्दाका फरार प्रतिवादी पक्राउ

  • ९. टिकटक लाइभबाट मासिक ६ लाखसम्म कमाइ

  • १०. आईसीसीको मान्यता र डीआरएससहित एनपीएल सिजन–३, टुर्नामेन्ट डाइरेक्टरको जिम्मेवारीमा धीरेन्द्र साउद

स्वास्थ्य चौकीमा न पानीको धारा न बिजुलीबत्ती

  •   बुधबार, माघ ०२, २०८१ मा प्रकाशित

बैतडी । स्वास्थ्य चौकी जस्तो संवेदनशील क्षेत्रमा पानीको धारा र बिजुलीबत्ती छैन । दुई कोठाको भुइँतले टिनको छानामुनि स्वास्थ्यकर्मीले विगत सात वर्षदेखि जर्किनमा पानी बोक्दै टर्च बालेर प्रसूतिलगायत अन्य सेवा दिँदै आएका छन् ।

स्वास्थ्य कार्यालय बैतडीका प्रतिनिधि हरिश भट्टलगायतको टिम स्वास्थ्य संस्थाको अनुगमनमा जाँदा सिगास गाउँपालिका–१, जुकेपानीस्थित आधारभूत स्वास्थ्य चौकीमा देखिएको समस्या हो यो । स्थानीय तहको पुनर्संरचनापछि जङ्गलमा निर्माण भएको यो आधारभूत स्वास्थ्य चौकी वरिपरि बस्ती नहुँदा दिउँसै पनि डर लाग्ने गरेको अनमी सबिना कार्कीले बताइन् ।

पूर्वको भोजपुर घर भएकी सबिनाले सुदूरपश्चिमको बैतडी जस्तो दुर्गममा बसेर स्वास्थ्य सेवा गर्ने आफ्नो रहर करमा बदलिएको बताइन् । उनी भन्छिन्, “स्वास्थ्य चौकीमा बत्ती र पानीको धारा छैन । सोलार बिग्रेपछि टर्च बालेर स्वास्थ्य सेवा दिनुपर्ने बाध्यता रहेको छ ।” बिग्रेको सोलार देखाउँदै अनमी कार्कीले स्वास्थ्य चौकीको दयनीय अवस्था देखेर सेवाग्राही नै कम आउने गरेको बताइन् ।

उनले भनिन्, “गत वर्ष जम्मा तीन जना मात्रै प्रसूति सेवा लिने महिला आए । दुई कोठाको भुइँतले टिनको भवनमा प्रसूति गराउने ठाउँ छैन । ओपिडी सेवा लिने कोठासँगै जोडिएको प्रसूति कक्षको झ्याल ढोका बन्द गर्नुपर्ने अवस्था छ । उज्यालोको साधन छैन । यस्तो अवस्थामा टर्च बाल्नुपर्ने हुन्छ ।”

पानीको धारा नहुँदा प्रसूति सेवा दिन जर्किनमा पानी बोकेर ल्याउने गरेको स्वास्थ्य चौकी इन्चार्ज नरेन्द्र ऐरीले बताए । उनले भने, “पानी र बिजुलीको माग गरेका छौँ । बिजुली आउने आसामा स्वास्थ्य चौकीमा वाइरिङ गराएर तयार गरेको छु । बिजुलीका पोल र तार आए पनि बत्ती आएको छैन ।” स्वास्थ्य चौकीको दराजमा पर्याप्त औषधि भए पनि सेवाग्राही नै कम देखिएको अनुगमनमा खटिएका स्वास्थ्य कार्यालय बैतडीका प्रतिनिधि हरिश भट्टले बताए ।

उनले भने, “बस्तीनजिक हुनुपर्ने स्वास्थ्य चौकी जनप्रतिनिधिले किन जङ्गलमा राखे ? बुझ्न सकिएको छैन । बिच जङ्गलमा एउटा मात्रै स्वास्थ्य चौकीको भवन छ । त्यहाँ बिजुली, पानी र अन्य कुनै सुविधा छैन । वरिपरि कुनै घर वा क्यान्टिन नहुँदा बिरामीले तातोपानी र खाना खान पाउने अवस्था छैन ।” स्थानीय तहको पुनर्संरचनापछि पाँच रोपनी जग्गा उपलब्ध भएकाले वडा कार्यालयनजिकै आधारभूत स्वास्थ्य चौकी निर्माण गरिएको सिगास गाउँपालिका–१ का वडाध्यक्ष रामचन्द्र ऐरीले बताए ।

उनले भने, “भवन मुख्य समस्या हो । बिजुलीको तार र पोल तयार गरे पनि विद्युत्ले लाइन चार्ज गर्न ढिलो गरेको छ । बत्ती आए पानी तानेर पनि व्यवस्था गर्न सकिन्छ । पुनर्संरचनापछि नयाँ वडा बनेकाले गतिलो संरचना अभाव छ । बजेट कतैबाट आउँदैन । गाउँपालिकामा बजेट छैन । प्रदेशसम्म पहुँच पुग्दैन । साह्रै समस्यामा छौँ ।”

स्थानीय प्रसूति सेवा केन्द्रमा गुणस्तरीय सेवा नपाउँदा यो वर्ष मात्रै वडाका २२ जना सुत्केरी महिला स्वास्थ्य सेवा लिन छिमेकी जिल्ला डडेलधुरा जान बाध्य भएको सिगास गाउँपालिका–१ का स्थानीय पवन चन्दले बताए । उनले प्रसूति हुन डडेलधुरा जानुपर्दा एम्बुलेन्सको एकतर्फी भाडा मात्रै १० हजार रुपियाँ तिर्नु परेको पीडा सुनाए ।

सिगास गाउँपालिका–१ को जुकेपानी आधारभूत स्वास्थ्य चौकी मात्र होइन, जयपृथ्वीमार्गमै रहेको दुदिलाखान सुरक्षित प्रसूति केन्द्रको अवस्था झन् दयनीय रहेको पाइएको छ । भाडाको जीर्ण घरमा सेवा दिनुपर्दा भत्किने डर भएको स्वास्थ्यकर्मी निर्मला सार्कीले बताइन् । गोरखापत्रबाट

बुधबार, माघ ०२, २०८१ मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
धनगढीको ‘गौशाला मोडल’ : सडकमा चौपाया घटे, किसानलाई राहत
काठ ओसारपसार मुद्दाका एक फरार प्रतिवादी पक्राउ
जबरजस्ती करणीको आरोपमा युवक पक्राउ
चरेशसहित दुई जना पक्राउ
Ambika Prasad Ghimire: A Dedicated Taekwondo Athlete from Nepal
कैलालीमा भन्सार छलीको सामानसहित एक जना पक्राउ

समाचार

सबै

धनगढीको ‘गौशाला मोडल’ : सडकमा चौपाया घटे, किसानलाई राहत

काठ ओसारपसार मुद्दाका एक फरार प्रतिवादी पक्राउ

जबरजस्ती करणीको आरोपमा युवक पक्राउ

चरेशसहित दुई जना पक्राउ

धनगढीको ‘गौशाला मोडल’ : सडकमा चौपाया घटे, किसानलाई राहत

काठ ओसारपसार मुद्दाका एक फरार प्रतिवादी पक्राउ

जबरजस्ती करणीको आरोपमा युवक पक्राउ

चरेशसहित दुई जना पक्राउ

विशेष

सबै
धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै
  • १ दिन 

सहारा होटल म्यानेजमेन्ट र शैलेश्वरीका विद्यार्थीलाई स्वागत, पर्यटन क्षेत्रको व्यावहारिक अनुभव
  • २ हप्ता 

पत्रकार एवम् कथाकार यज्ञराज जोशीसहित दुई श्रष्टा सम्मानित
  • २ हप्ता 

हाम्रो सुदूरपश्चिम, हामी चिनाउँछौं’ अभियानअन्तर्गत २१ वटा बुकलेट विमोचन
  • २ हप्ता 

सीप सिकाउँदै साहरा ट्रेनिङ इन्स्टिच्युट,युवालाई आत्मनिर्भर बनाउने लक्ष्य
  • २ हप्ता 

धनगढीमा जेई खाेप अभियान :५९ हजार ३२५ जनाले लगाए खोप
  • ४ हप्ता 

‘समानता सिकाउने’ विद्यालयमै जातीय विभेदको आरोप, तीन शिक्षक पक्राउ
  • ४ हप्ता 

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • १ महिना 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • १ महिना 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • २ महिना 

  • १.
    धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै

  • २.
    वाणिज्य कार्यालयद्वारा २ सय ८७ वटा व्यावसायिक

  • ३.
    बझाङमा भिरबाट लडेर वडाध्यक्षको मृत्यु

  • ४.
    बडादसैँको तेस्रो दिन आज पनि टीका लगाउने

  • ५.
    निङ्लासैनी देवी मन्दिरको १९औँ साधारण सभा सम्पन्न,

  • ६.
    एक महिनामा लागूऔषधसहित ४१ जना पक्राउ

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

सञ्चालक/ कार्यकारी सम्पादक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.