• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
बिहिबार, साउन १४, २०८३
☰
बिहिबार, साउन १४, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

सरकार–डा. गोविन्द केसीबीच ७ बुँदे सहमति, केसीद्वारा सत्याग्रह अन्त्य
  • ३ दिन 

डा. केसी र सरकारबिचको ७ बुँदे सहमतिपत्रमा के छ ? (पत्रसहित)
  • ३ दिन 

गेटामा यसै वर्ष एमबीबीएस सुरु नभए म अनशन बस्छु’ : मेयर हमाल
  • ३ दिन 

सरकारद्वारा शिक्षा र स्वाथ्यमा लगाएको कर फिर्ता
  • १ हप्ता 

बेलौरीमा चार विद्यालय समायोजन
  • २ हप्ता 

भानु जयन्तीको अवसरमा चैतन्यद्वारा कविता वाचन प्रतियोगिता आयोजना
  • ३ हप्ता 

शुक्लाफाँटाको दश वर्षे नगर शिक्षा योजना : मस्यौदामाथि छलफल
  • ४ हप्ता 

अत्यधिक गर्मीका कारण धनगढीका सबै विद्यालय ४ दिन बन्द हुने
  • १ महिना 

कक्षा १२ को नतिजा सार्वजनिक
  • १ महिना 

लोकप्रिय समाचार

  • १. वनको अवरोधले सडक निर्माण रोकियो : हिलाम्मे बाटोले चुरेवासीलाई सास्ती

  • २. गेटामा यसै शैक्षिक सत्रबाट एमबीबीएस पढाइ सुरु हुनुपर्छ : नगरप्रमुख हमाल

  • ३. नगर प्रमुख हमालको नेतृत्वमा शहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा सरसफाइ

  • ४. स्थगित भएको ‘कोरा धनगढी २०२६’, अब साउन ९ गते हुने

  • ५. धर्म मन्दिरमा होइन, निस्वार्थ सेवामा छ’ सरसफाइ अभियानकर्ता खड्का

  • ६. कैलालीमा एक वर्षमा ५ सय ५८ नयाँ उद्योग थपिए

  • ७. एक महिनामा ११० जना फरार प्रतिवादी पक्राउ

  • ८. स्वास्थ्य बिग्रिएपछि डा. गोविन्द केसी सेती अस्पतालको आईसीयूमा भर्ना

  • ९. धनगढीमा ‘राष्ट्रपति होइन, राजा चाहिन्छ’ भन्दै हस्ताक्षर अभियान सुरु

  • १०. गेटामा यसै वर्ष एमबीबीएस सुरु नभए म अनशन बस्छु’ : मेयर हमाल

अर्जुन ट्रफी राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगिताको ट्रफी टुर भिडियो सार्वजनिक

  •   सोमबार, माघ १४, २०८१ मा प्रकाशित

धनगढी । अर्जुन ट्रफी राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगिताको ट्रफी टुरको आधिकारिक भिडियो सार्वजनिक गरिएको छ । आयोजक समितिले अर्जुन ट्रपीको आधिकारिक फेसबुक पेजबाट उक्त प्रतियोगिताको महत्त्व, उत्साह र यसको उद्देश्य लाई उजागर गर्ने भिडियो सार्वजनिक गरेको छ।

भिडियोमा प्रतियोगिताको ट्रफी कैलाली र कञ्चनपुरका चिसापानी, टीकापुर पार्क, घोडाघोडी, गोदावरी, क्रिकेटको सहर धनगढी, फाप्ला, वेदकोट र महाकाली लगायतका विभिन्न स्थानमा प्रदर्शन गरिएको दृश्यहरू देखाइएको छ । जसले देशभर क्रिकेट प्रेमीहरूलाई उत्साहित पार्ने अपेक्षा गरिएको छ। साथै, भिडियोमा प्रतियोगितासँग सम्बन्धित खेलाडी, प्रशंसक र आयोजकहरूको भावनात्मक संलग्नता झल्काइएको छ।

अर्जुन ट्रफी टी–२० राष्ट्रिय प्रतियोगिता यही माघ १९ गते देखी २८ गते सम्म क्रिकेटको धनगढीमा अवस्थित फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सञ्चालन हुन गइरहेको छ ।

धनगढी र सुदूरपश्चिम प्रदेशको क्रिकेटका अग्रज स्वर्गीय अर्जुन खड्काको स्मृतिमा आयोजना गरिने अर्जुन ट्रफी टी–२० फर्म्याटको प्रतियोगिता हो। प्रतियोगितामा ८ वटा क्लबले सहभागिता जनाउँदै छन्। टोलीहरूलाई दुई समूहमा विभाजन गरिएको छ।

समूह ‘ए’ मा डिसिए धनगढी, फेन्ड्स युवा क्लब डडेल्धुरा, घोडाघोडी–११ सुख्खड कैलाली, र बोष्टन क्रिकेट झापा छन्। समूह ‘बी’ मा सिवाईसी अत्तरिया, दशरथ चन्द एकेडेमी बैतडी, क्रिकेट एक्सिलेन्स सेन्टर काठमाडौँ, र न्यु होराइजन बुटवल रहेका छन्। उद्घाटन खेल माघ १९ गते डिसिए धनगढी र फेन्ड्स युवा क्लब डडेल्धुराबीच हुनेछ।

झण्डै २० लाख नगद पुरस्कार राशिको प्रतियोगिताको विजेताले १० लाख नगद र ट्रफी प्राप्त गर्नेछन् भने उपविजेताले ५ लाख नगद पाउनेछन्। उत्कृष्ट खेलाडीलाई १ लाख नगद र उत्कृष्ट ब्याट्सम्यान, बलर, तथा उदयमान खेलाडीलाई जनही ५०–५० हजार रुपैयाँ प्रदान गरिनेछ। हरेक खेलका म्यान अफ द म्याचलाई १० हजार नगद पुरस्कार दिइनेछ।

प्रतियोगितामा ए, बी, र सी तीन वटा क्याटेगोरीका खेलाडीहरू समावेश गरिने छन्। ए क्याटेगोरीमा नेपाली राष्ट्रिय टिमका खेलाडी, बी क्याटेगोरीमा यु–१९ टिम, राष्ट्रिय टिम ‘ए’, र प्रदेशस्तरीय सिनियर खेलाडी तथा सी क्याटेगोरीमा यु–१६, प्रदेश यु–१९ र यु–१६ टिमका खेलाडी समावेश हुनेछन्।

धनगढीको फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हालै निर्माण गरिएको अस्थायी प्यारा फिट पनि दर्शकहरूको सुविधाका लागि जडान गरिएको छ। प्रतियोगिताले धनगढीलाई क्रिकेटको राजधानीका रूपमा अझ सशक्त बनाउने अपेक्षा गरिएको छ।

प्रतियोगिताको टिकट डिजिटल वालेट खल्ती एपमार्फत उपलब्ध हुने भएको छ भने प्रत्यक्ष प्रसारण एक्सन स्पोर्ट्स एचडी वानमा हेर्न पाइनेछ।

गो ड्रिमर्सको आयोजनामा यस वर्षदेखि नेपाल क्रिकेट संघको वार्षिक क्यालेन्डरमा समावेश भएको यो प्रतियोगिता डिजिटल प्रविधिको माध्यमबाट अझ सहज र व्यापक बनाउनका लागि खल्ती एप टिकेटिङ पार्टनर बनेको हो।

खल्ती एपबाट टिकट काट्ने दर्शकलाई टिकट बराबरको आकर्षक उपहार प्रदान गरिनेछ। फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा खेल हेर्नका लागि भिआइपी टिकटको दर दुई सय र साधारण टिकटको दर एक सय रुपैयाँ तोकिएको छ।

प्रतियोगिताका सबै खेलहरू एक्सन स्पोर्ट्स एचडी वान टेलिभिजनमा प्रत्यक्ष प्रसारण गरिने छन्।

  • टुर भिडियो सार्वजनिक
सोमबार, माघ १४, २०८१ मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
बिचौलियाका कारण केरा उत्पादक र उपभोक्ता मारमा
कुटपिटबाट श्रीमतिको मृत्यु,श्रीमान पक्राउ
सुदूरपश्चिम सरकार गठनअघि नेकपाभित्र किन बढ्दैछ शक्ति परीक्षण?
राष्ट्रिय परिचयपत्र बनाउनेको चाप : सेवाग्राहीलाई सास्ती
यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना
सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीमा कार्यरत प्रहरी जवानले मृत फेला

समाचार

सबै

बिचौलियाका कारण केरा उत्पादक र उपभोक्ता मारमा

कुटपिटबाट श्रीमतिको मृत्यु,श्रीमान पक्राउ

सुदूरपश्चिम सरकार गठनअघि नेकपाभित्र किन बढ्दैछ शक्ति परीक्षण?

राष्ट्रिय परिचयपत्र बनाउनेको चाप : सेवाग्राहीलाई सास्ती

बिचौलियाका कारण केरा उत्पादक र उपभोक्ता मारमा

कुटपिटबाट श्रीमतिको मृत्यु,श्रीमान पक्राउ

सुदूरपश्चिम सरकार गठनअघि नेकपाभित्र किन बढ्दैछ शक्ति परीक्षण?

राष्ट्रिय परिचयपत्र बनाउनेको चाप : सेवाग्राहीलाई सास्ती

विशेष

सबै
सरकार–डा. गोविन्द केसीबीच ७ बुँदे सहमति, केसीद्वारा सत्याग्रह अन्त्य
  • ३ दिन 

डा. केसी र सरकारबिचको ७ बुँदे सहमतिपत्रमा के छ ? (पत्रसहित)
  • ३ दिन 

गेटामा यसै वर्ष एमबीबीएस सुरु नभए म अनशन बस्छु’ : मेयर हमाल
  • ३ दिन 

सरकारद्वारा शिक्षा र स्वाथ्यमा लगाएको कर फिर्ता
  • १ हप्ता 

बेलौरीमा चार विद्यालय समायोजन
  • २ हप्ता 

भानु जयन्तीको अवसरमा चैतन्यद्वारा कविता वाचन प्रतियोगिता आयोजना
  • ३ हप्ता 

शुक्लाफाँटाको दश वर्षे नगर शिक्षा योजना : मस्यौदामाथि छलफल
  • ४ हप्ता 

अत्यधिक गर्मीका कारण धनगढीका सबै विद्यालय ४ दिन बन्द हुने
  • १ महिना 

कक्षा १२ को नतिजा सार्वजनिक
  • १ महिना 

माछापुच्छ्रे बैंकद्वारा शैक्षिक सामग्री सहयोग
  • २ महिना 

  • १.
    वनको अवरोधले सडक निर्माण रोकियो : हिलाम्मे

  • २.
    गेटामा यसै शैक्षिक सत्रबाट एमबीबीएस पढाइ सुरु

  • ३.
    नगर प्रमुख हमालको नेतृत्वमा शहिद दशरथ चन्द

  • ४.
    स्थगित भएको ‘कोरा धनगढी २०२६’, अब साउन

  • ५.
    धर्म मन्दिरमा होइन, निस्वार्थ सेवामा छ’ सरसफाइ

  • ६.
    कैलालीमा एक वर्षमा ५ सय ५८ नयाँ

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

संचालक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.