• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
शनिबार, भदौ २७, २०८३
☰
शनिबार, भदौ २७, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • ५ घण्टा 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ५ दिन 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • १ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • १ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • १ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • २ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • ३ हप्ता 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • ३ हप्ता 

रेडियोग्राफी पढ्नेलाई सरकारीदेखि निजी अस्पतालसम्म रोजगारीको अवसर छ : प्रमुख बुडा
  • १ महिना 

लोकप्रिय समाचार

  • १. अत्तरियाबाट २४ वर्षीय अनिश बम सम्पर्कविहीन, खोजी गरिदिन परिवारको आग्रह

  • २. विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी गर्दै हेमन्त खरेल

  • ३. एक दशकपछि चैनपुर खानेपानी उपभोक्ता समितिको निर्वाचन, अध्यक्षमा लोकेन्द्र विष्ट विजयी

  • ४. बझाङ जिल्ला अस्पताल ५० शय्यामा स्तरोन्नति गर्न माग

  • ५. मुक्त हलियाका समस्या समाधान गर्न प्रदेश सरकार प्रतिवद्ध : मुख्यमन्त्री भट्ट

  • ६. बझाङको विकासमा दलगत स्वार्थ त्याग्न सांसद महरको आग्रह

  • ७. चिसापानी–कुइने सडक तत्काल सञ्चालन गर्न प्रदेश सरकारसँग माग

  • ८. धनगढीमा ‘भलमन्सा प्रथा संरक्षण तथा विकास ऐन २०८३’ बारे अभिमुखीकरण

  • ९. हलिया मुक्तिका १८ वर्ष पूरा : पुनःस्थापनाका काम अझै अधुरा

  • १०. कैलालीका तीन पालिकामा जापानिज इन्सेफलाइटिसविरुद्ध खोप अभियान सञ्चालन हुने

अर्जुन ट्रफीको सेमिफाईनल समिकरण पुरा अत्तरिया समुह विजेता बन्दा बुटबल पनि क्वालिफायर

  •   शुक्रबार, माघ २५, २०८१ मा प्रकाशित

कैलाली ।क्रिकेटको शहर धनगढीमा भईरहेको अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगितामा क्रिकेट प्रतियोगिताको सेमिफाईनल पुरा भएको छ । शुक्रबार भएको लिग चरणको अन्तिम खेल सकिएसँगै सेमिफाईनल समिकरण पुरा भएको हो ।

गो ड्रिर्मसको आयोजनामा भईरहेको प्रतियोगिताको सातौं दिन भएको समुह बी अन्तर्गत भएको लिग चरणको अन्तिम खेलमा सिवाईसी अत्तरियाले न्यु होराईजन बुटवललाई ७८ रनले हराउँदै अत्तरिया समुह विजेता बनेसँगै अन्तिम चार पुग्ने टीमहरुको टुङगो लागेको हो । समुह बी मा लगातार तीन जित हासिल गर्दै सिवाईसी अत्तरिया समुह विजेता बनेको छ ।

अत्तरियालाई जिताउनका लागि कप्तान भीम सार्की र विवेक यादवको अर्धशतकीय पारी महत्वपुर्ण रह्यो । हारका बाबजुत पनि बुटवल पनि सेमिफाईनलका लागि क्वालिफायर भएको छ ।

समान दुई अंक रहेका दशरथ चन्द एकेडेमी बैतडी र क्रिकेट एक्सीलेन्स सेन्टर काठमाण्डौलाई रनरेटमा पछाडी पार्दै बुटवल अन्तिम चारमा पुगेको हो । सो समुहमा समान दुई अंक रहेका दशरथ चन्द एकेडेमी र क्रिकेट एक्सीलेन्स सेन्टर काठमाण्डौं रनरेटमा पछाडी रहदैं प्रतियोगितबाट बाहिरिएका छन् ।
समुह ए बाट फेण्ड्स युथ क्लब समुह विजेता बनेर अन्तिम चारमा पुगेको हो । तीन खेलमा दुईमा जित हात पारेका डडेल्धुरा र डिसिए धनगढीको समान चार अंक रहेपनि रनरेटमा माथि रहदैं डडेल्धुरा समुह विजेता बन्दा डिसिए धनगढी उपविजेता बनेर सेमिफाईनल पुगेको छ । समुह ए मा समान दुई अंक रहेका घोडाघोडी–११ सुख्खड र बोष्टन क्रिकेट झापा तेस्रो र चौथो स्थानमा रहदैं प्रतियोगितबाट बाहिरिएका छन् ।
फाप्ला अन्तराष्ट्रिय क्रिकेट मैदानमा शुक्रबार भएको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको अत्तरियाले निर्धारित २० ओभरमा ८ विकेट क्षतिमा एक सय ८८ रन बनायो ।

अत्तरियालाई प्रतियोगिताको सर्वाधिक रन बनाउने क्रममा कप्तान भीम सार्की र विवेक यादवले अर्धतशकीय पारी खेले । भीमले ३९ बलमा ५८ रन बनाए । प्रतियोगितामा भीम दुई अर्धशतक बनाउने पहिलो खेलाडी पनि हुन् । विवेकले ३८ बलमा ५१ रन बनाए । उनीहरु बीचमा चौथो विकेटका लागि ७७ रनको साझेदारी पनि रह्यो ।

यस्तै भीमले तेस्रो विकेटका लागि शंकर रानासँग पनि ५१ रनको साझेदारी गरे । शंकरले २० बलमा ३१ रन बनाए । कप्तान सन्तोष कार्कीले २३ रन बनाए । बुटवलका लागि निर्मल गुरुङले दुई विकेट लिए ।

वीर मगर, विप्रोसन केसी र तुलवहादुर थापाले एक एक विकेट लिए । एक सय ८९ रनको लक्ष्य बोकेर मैदान उत्र्रिएको न्यु होराईजन बुटवलले निर्धारित २० ओभरमा ८ विकेट क्षतिमा एक सय १० रन मात्रै बनाउन सक्यो ।

बुटवलका लागि प्रतिक श्रेष्ठले सर्वाधिक १८ रन बनाए । टीमका लागि तुलवहादुर थापाले १७ रन, बीरवहादुर मगरले १५ रन र निश्चल ज्ञवालीले १२ रन बनाए । अत्तरियाको सानदार जितमा विवेक यादव, साहव आलम र रसिद खानले समान दुई विकेट लिए । कमल गुप्ता र दिपेश कँडेलले एक एक विकेट लिए ।

खेलमा ५१ रनको अर्धशतकीय पारी खेल्दै दुई विकेट लिएका विवेक यादव नवजीवन सहकारी संस्था प्लेयर अफ द म्याच भए । उनले नगद १० हजार सहित ट्रफी पाए ।
प्रतियोगिता अन्तर्गत भोलीदेखि सेमिफाईनलका खेलहरु हुनेछन् । भोली हुने पहिले सेमिफाईनलमा समुह एक को विजेता फेण्ड्स युथ क्लब डडेल्धुरा र समुह बी को उपविजेता न्यु होराईजन बुटवल बीच प्रतिस्पर्धा हुनेछ ।

पर्सि हुने दोस्रो सेमिफाईनल खेलमा समुह बी को विजेता सिवाईसी अत्तरिया र समुह ए को उपविजेता डिसिए धनगढी फाईनल प्रवेशका लागि खेल्नेछन् । नेपाल क्रिकेट संघको बार्षिक क्यालेण्डरमा समावेश भएको प्रतियोगिताको विजेताले नगद १० लाख र उपविजेताले नगद ५ लाख सहित ट्रफी पाउनेछन् ।

धनगढी र सुदुरपश्चिम प्रदेशको क्रिकेटका सारथी रहेका स्वर्गीय अर्जुन खड्कालाई समर्पित गर्दै आयोजना गरिएको प्रतियोगिताको सर्वोकृष्ट खेलाडीलाई नगद एक लाख प्रदान गरिनेछ । उत्कृष्ट ब्याट्सम्यान, उत्कृष्ट बलर र उदयमान खेलाडीले जनही ५०÷५० हजार पाउनेछन । प्रत्येक खेलका म्यान अफ द म्याचलाई नगद १० हजार प्रदान गरिनेछ ।

  • क्वालिफायर
शुक्रबार, माघ २५, २०८१ मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
बजेट निर्माण प्रक्रियालाई द्रुत गतिमा अघि बढाउने प्रदेश सरकारको निर्णय
यस्ता छन् लौकाको जुस खानुका फाइदा
विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी गर्दै हेमन्त खरेल
एक जना फरार प्रतिवादी पक्राउ
अछाममा भरुवा बन्दुक बरामद

समाचार

सबै

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता

बजेट निर्माण प्रक्रियालाई द्रुत गतिमा अघि बढाउने प्रदेश सरकारको निर्णय

यस्ता छन् लौकाको जुस खानुका फाइदा

विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी गर्दै हेमन्त खरेल

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता

बजेट निर्माण प्रक्रियालाई द्रुत गतिमा अघि बढाउने प्रदेश सरकारको निर्णय

यस्ता छन् लौकाको जुस खानुका फाइदा

विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी गर्दै हेमन्त खरेल

विशेष

सबै
जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • ५ घण्टा 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ५ दिन 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • १ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • १ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • १ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • २ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • ३ हप्ता 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • ३ हप्ता 

रेडियोग्राफी पढ्नेलाई सरकारीदेखि निजी अस्पतालसम्म रोजगारीको अवसर छ : प्रमुख बुडा
  • १ महिना 

कागजको झन्झट सकियो: धनगढी उपमहानगरका सबै सेवा अब अनलाइनबाट घरमै
  • १ महिना 

  • १.
    अत्तरियाबाट २४ वर्षीय अनिश बम सम्पर्कविहीन, खोजी

  • २.
    विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी

  • ३.
    एक दशकपछि चैनपुर खानेपानी उपभोक्ता समितिको निर्वाचन,

  • ४.
    बझाङ जिल्ला अस्पताल ५० शय्यामा स्तरोन्नति गर्न

  • ५.
    मुक्त हलियाका समस्या समाधान गर्न प्रदेश सरकार

  • ६.
    बझाङको विकासमा दलगत स्वार्थ त्याग्न सांसद महरको

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

संचालक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.