कैलाली । क्रिकेटको शहर धनगढीमा जारी अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगिताको दोस्रो सेमिफाइनल खेल आज हुँदैछ। दिउँसो सवा १२ बजेदेखि फाईनल प्रवेशका लागि सिवाईसी अत्तरिया र डिसिए धनगढी भिड्ने भएका हुन् ।
यसअघि शनिवार भएको पहिलो फाईनल खेलमा न्यू होराइजन बुटवललाई पाँच विकेटले हराउँदै डडेल्धुरा फाईनलमा पुगेको छ। आजको विजेता टिमले सोमवार फाईनलमा डडेल्धुरासँग भिड्ने छ।
अत्तरिया सँगको सेमिफाइनल खेल खेल्नका लागि धनगढीले नेपाली अलराउण्डर दिपेन्द्र सिह ऐरीलाई नयाँ खेलाडिका रुपमा भित्र्याएको छ। जसले खेललाई झन रोचकता प्रदान गरेको छ।
धनगढीबाट दिपेन्द्र सिंह ऐरी सहित ललीत राजवंशी, लोकेश बम, नारायण जोशी लगायतका खेलाडीहरु रहेका छन भने अत्तरियाबाट भीम सार्की, विवेक यादव, साहव आलम, रसिद खान लगायतका खेलाडीहरु रहेका छन् ।
गो ड्रिर्मसको आयोजनामा भईरहेको प्रतियोगिताको विजेताले नगद १० लाख र उपविजेताले नगद ५ लाख सहित ट्रफी पाउनेछन् । धनगढी र सुदुरपश्चिम प्रदेशको क्रिकेटका सारथी रहेका स्वर्गीय अर्जुन खड्कालाई समर्पित गर्दै आयोजना गरिएको प्रतियोगिताको सर्वोकृष्ट खेलाडीलाई नगद एक लाख प्रदान गरिनेछ ।
उत्कृष्ट ब्याट्सम्यान, उत्कृष्ट बलर र उदयमान खेलाडीले जनही ५०÷५० हजार पाउनेछन । प्रत्येक खेलका म्यान अफ द म्याचलाई नगद १० हजार प्रदान गरिनेछ ।














