• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
शनिबार, भदौ २७, २०८३
☰
शनिबार, भदौ २७, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • १० घण्टा 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ६ दिन 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • १ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • १ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • २ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • २ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • ३ हप्ता 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • ३ हप्ता 

रेडियोग्राफी पढ्नेलाई सरकारीदेखि निजी अस्पतालसम्म रोजगारीको अवसर छ : प्रमुख बुडा
  • १ महिना 

लोकप्रिय समाचार

  • १. विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी गर्दै हेमन्त खरेल

  • २. अत्तरियाबाट २४ वर्षीय अनिश बम सम्पर्कविहीन, खोजी गरिदिन परिवारको आग्रह

  • ३. एक दशकपछि चैनपुर खानेपानी उपभोक्ता समितिको निर्वाचन, अध्यक्षमा लोकेन्द्र विष्ट विजयी

  • ४. बझाङ जिल्ला अस्पताल ५० शय्यामा स्तरोन्नति गर्न माग

  • ५. मुक्त हलियाका समस्या समाधान गर्न प्रदेश सरकार प्रतिवद्ध : मुख्यमन्त्री भट्ट

  • ६. बझाङको विकासमा दलगत स्वार्थ त्याग्न सांसद महरको आग्रह

  • ७. धनगढीमा ‘भलमन्सा प्रथा संरक्षण तथा विकास ऐन २०८३’ बारे अभिमुखीकरण

  • ८. हलिया मुक्तिका १८ वर्ष पूरा : पुनःस्थापनाका काम अझै अधुरा

  • ९. कैलालीका तीन पालिकामा जापानिज इन्सेफलाइटिसविरुद्ध खोप अभियान सञ्चालन हुने

  • १०. विश्व हिन्दू परिषद्को रक्तदान कार्यक्रममा ५० जनाले गरे रक्तदान

सिकलसेल एनिमियाबारे सचेतनाका लागि स्वास्थ्यकर्मी गाउँमा

  •   बुधबार, माघ ३०, २०८१ मा प्रकाशित

कञ्चनपुर । सिकलसेल एनिमिया र थालेसिमियासम्बन्धी पैरवी कार्यक्रम सञ्चालन गरी स्वास्थ्य कार्यालयले सर्वसाधारणलाई जनचेतना जगाउने कार्य अगाडि बढाएको छ । जिल्लाका कृष्णपुर, शुक्लाफाँटा र बेदकोट नगरपालिकामा स्वास्थ्य कार्यालयले पैरवी कार्यक्रम सञ्चालन गरेको छ ।

तीन वटै स्थानिय तहका वडामा पुगेर भद्रभलादमी, भलमन्सा, महिला स्वास्थ्य स्वयंसेविका, शिक्षक, विद्यार्थीलाई सहभागी गराइ सिकलसेल एनिमिया र थालेसिमिया रोगबारे जानकारी गराउने कार्य भइरहेको स्वास्थ्य कार्यालयका जनस्वास्थ्य अधिकृत सिद्धराज भट्टले बताए । सिकलसेल रोगको पहिचान गर्नका लागि तीन वटै पालिकाका छ हजार जनाको शिविर सञ्चालन गरी रगत परीक्षण गर्ने कार्यक्रम रहेको उनले बताए ।
त्यसमध्ये शुक्लाफाँटामा मात्रै एक हजार पाँच जनाको रगत परीक्षणको कार्य गरिने छ । उनका अनुसार कञ्चनपुरमा मात्रै १८ देखि २० हजार जनामा अर्धदोषयुक्त जिन रहेको अनुमान रहेको छ । त्यसमा तीन सय ५० को हाराहारीमा सिकलसेलका बिरामी हुनसक्ने उनले उल्लेख गरे । “सिकलसेल एनिमिया थारु समुदायमा बढी देखिए पनि अन्य समुदायका व्यक्तिहरुमा पनि देखिन थालेको छ”, उनले भने, “चुनौतीका रुपमा यो रोग आउन थालेकाले समुदायमै पुगेर सचेत पार्ने कार्यमा लागेका छौँ ।”

मानव रगतमा पाइने रातो गोलाकार रक्तकणिकाको स्वरुप परिवर्तन भई हँसियाजस्तै आकारमा रुपान्तरण हुने रक्तअल्पतासम्बन्धी रोगलाई सिकलसेल रोग भन्ने गरिएको उनले जानकारी दिए । त्यसले गर्दा बिरामीको रगतमा अक्सिजनको कमी हुनेसँगै शरीरका विभिन्न भित्री अङ्गहरुमा नोक्सानी पुग्दछ । सिकलसेल रोगका बिरामीहरुमा फरक–फरक किसिमका लक्षण देखापर्ने भएकाले चिकित्सकलाई समयमै बिरामीको रोग पहिचान गर्न कठिनाइ पर्ने गरेको उनी बताउँछन् ।
मानव शरीरमा रहेको तीन अर्बभन्दा बढी डिएनएमध्ये एउटा डिएनएको संरचनामा परिवर्तन हुँदा सिकलसेल देखा पर्दछ । सिकलसेल एनिमियाको अर्धदोषयुक्त जिनलाई हेटेरोजाइगोस ट्रेट भन्ने गरिन्छ । “यस्ता अर्धदोषयुक्त ट्रेट बोकेका व्यक्तिहरुमा सिकलसेल रोगका लक्षणहरु देखा पर्दैनन”, भट्टले भने, “यस्ता व्यक्तिहरुको साधारण व्यक्तिभन्दा १० गुणा बढी मलेरियासँग लडन सक्ने क्षमता राख्द छ ।”
उनका अनुसार सिकलसेल एनिमिया रोग एक प्रकारको वंशाणुगत रोग भएकाले बुबाआमाबाट बालबालिकामा सर्ने गर्दछ । यो रोग जीनमा हुने खराबीले गर्दा हुन्छ । त्यसले गर्दा रातो रक्तकोष गोलो आकार हुनको साटो हँसिया आकारको हुन्छ । सिकलसेल रोगीको शरिरमा हँसिया आकारको रक्तकोष हुने भएकाले रगत सजिलोसँग बग्न सक्दैन ।
“यो रोग एक पुस्ताबाट अर्को पुस्तामा स्थानान्तरण हुँदै जाने भएकाले यदि दम्पती दुवै जनामा सिकलसेल हेटेरोजाइगोस ट्रेट छ भने त्यस्ता दम्पतीबाट जन्मने चार सन्तानमध्ये एक जनामा सिकलसेल हुन्छ”, अधिकृत भट्टले भने, “सिकलसेल दोषयुक्त जीन भएका दम्पतीले सन्तान जन्माउन चाहेमा जेनेटिक परामर्शदातासँग अनिवार्य सन्तान जन्माउन मिल्ने वा नमिल्ने र सिकलसेल भएको सन्तान जन्मिहाले कसरी उपचार पद्धति अपनाउने भन्नेबारे परामर्श लिन जरुरी हुन्छ ।”
सिकलसेल भएमा छिटो–छिटो थकाई लाग्ने, स्वास फेर्न गाह्रो हुने, छाती दुख्ने, छाती, हात खुट्टा तथा ढाडमा अचानक र कडा खालको दुखाइ हुने लक्षण देखा पर्नेसँगै कमलपित्त हुने, आँखाका समस्या देखापर्ने, संक्रमण भइरहने, ज्वरो आउने, पक्षघात हुने, वाकवाकी लाग्ने, बान्ता हुने, खोकी लाग्नेलगायतका लक्षण पनि देखा पर्ने अधिकृत भट्ट बताउँछन् । रगत बग्न नसक्दा शरीरका भित्री अङ्गमा अक्सिजनको मात्रा कम भई ती अङ्गहरुमा खराबी भई ती अङ्गहरुमा कडा खालको दुखाइ हुने गरेको उनले उल्लेख गरे ।

सामान्यतया राता रक्तकोषहरुको आयु एक सय २० दिनसम्म हुन्छ तर सिकलसेल भएका रक्तकोषको आयु १० देखि २० दिनसम्मको हुने भएकाले बिरामीलाई रक्तअल्पता हुन्छ । यस रोगको मुख्य उपचार भनेको नै तालिमप्राप्त स्वास्थ्यकर्मीबाट दुखाइको तत्काल समाधान र लक्षणको आधारमा उपचार गराउनु रहेको स्वास्थ्य कार्यालयका अर्का जनस्वास्थ्य अधिकृत गणेश भण्डारीले बताए ।

यस रोगका बिरामीहरुले जीवनभर औषधि सेवन गर्नुपर्ने तथा रगत चढाउनुपर्ने उल्लेख गर्दै उनले सिकलसेल एनिमिया र बिटा थालेसिमिया रोग नभएका छोराछोरी जन्माउनका लागि बिहेवारी गर्दा ध्यान दिनुपर्ने बताए । उनका अनुसार विवाहपूर्व यो रोग जाँच गरी सिकलसिल थालमेसिया भएअनुसार विवाह गर्ने निर्णय गरेमा जीवन उपचार चाहिने खर्चिलो रोगबाट बच्न र बचाउन सकिन्छ । विश्वमा करिब पाँच प्रतिशत मानिसमा हेमोग्लोविनको समस्या रहेका वाहक रहेको अनुमान विश्व स्वास्थ्य संगठनले गरेको छ ।

त्यसमा सिकलसेल र थालेसिमिया पर्दछन् । तीन लाखभन्दा बढी नयाँ जन्मने बच्चाहरुमा हेमोग्लोविनको समस्या भएको बताइन्छ । सिकलसेलका बिरामीलाई स्वस्थ राख्नका लागि दैनिक फोलिक एसिडको प्रयो गर्नुपर्ने स्वास्थ्यर्मी बताउँछन् ।
बिरामीले प्रशस्त मात्रामा दिनको १० देखि १५ गिलास पानी पिउनुपर्दछ । बढी गर्मी र जाडोबाट बच्नुका साथै कडा परिश्रम र तनावबाट बच्नुपर्दछ । सिकलसेल जीन वाहक युवायुवती बिरामीले विवाह गर्नुअघि डिएनए परीक्षण गरी सिकलसेल भए नभएको यकिन गर्नु उत्तम हुने स्वास्थ्यकर्मी परमानन्द भट्ट बताउँछन् ।

स्वास्थ्य अनुसन्धान परिषद्सँग त्रिभुवन विश्वविद्यालय ट्रफल अनुसन्धान प्रयोगशालाले हालै गरेको अनुसन्धानमा पश्चिम नेपालका अविवाहित थारु समुदायका महिलाको डिएनए परीक्षण गर्दा १८ प्रतिशत व्यक्तिमा सिकलसेल हेटेरोजाइगोस ट्रेट पाइएको छ । राजेन्द्रप्रसाद पनेरु/ रासस

बुधबार, माघ ३०, २०८१ मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
बजेट निर्माण प्रक्रियालाई द्रुत गतिमा अघि बढाउने प्रदेश सरकारको निर्णय
यस्ता छन् लौकाको जुस खानुका फाइदा
विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी गर्दै हेमन्त खरेल
एक जना फरार प्रतिवादी पक्राउ
अछाममा भरुवा बन्दुक बरामद

समाचार

सबै

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता

बजेट निर्माण प्रक्रियालाई द्रुत गतिमा अघि बढाउने प्रदेश सरकारको निर्णय

यस्ता छन् लौकाको जुस खानुका फाइदा

विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी गर्दै हेमन्त खरेल

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता

बजेट निर्माण प्रक्रियालाई द्रुत गतिमा अघि बढाउने प्रदेश सरकारको निर्णय

यस्ता छन् लौकाको जुस खानुका फाइदा

विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी गर्दै हेमन्त खरेल

विशेष

सबै
जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • १० घण्टा 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ६ दिन 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • १ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • १ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • २ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • २ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • ३ हप्ता 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • ३ हप्ता 

रेडियोग्राफी पढ्नेलाई सरकारीदेखि निजी अस्पतालसम्म रोजगारीको अवसर छ : प्रमुख बुडा
  • १ महिना 

कागजको झन्झट सकियो: धनगढी उपमहानगरका सबै सेवा अब अनलाइनबाट घरमै
  • १ महिना 

  • १.
    विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी

  • २.
    अत्तरियाबाट २४ वर्षीय अनिश बम सम्पर्कविहीन, खोजी

  • ३.
    एक दशकपछि चैनपुर खानेपानी उपभोक्ता समितिको निर्वाचन,

  • ४.
    बझाङ जिल्ला अस्पताल ५० शय्यामा स्तरोन्नति गर्न

  • ५.
    मुक्त हलियाका समस्या समाधान गर्न प्रदेश सरकार

  • ६.
    बझाङको विकासमा दलगत स्वार्थ त्याग्न सांसद महरको

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

संचालक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.