पर्सा । वीरगंज महानगरपालिका-८ स्थित लिंक रोडबाट स्रोत नखुलेको नगद १० लाख रूपैयाँ सहित भारत बिहार मोतिहारी थाना रक्सौल ग्राम रक्सौल-१७ बस्ने २२ वर्षीय नेहाल कुमारलाई आइतबार प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरीले खटिएको प्रहरीले उनलाई उक्त नगद सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।














